English

‘पारिश्रमिक लिइसकेका प्रियंका, दीपिका र विल्सन फिल्मको प्रचारमा आएनन्’



फिल्मी निर्देशक एभरेष्ट सूर्य बोहोराले आफूलाई कलाकारहरूले दुःख दिएको बताएका छन् । ‘मेरो फिल्मका केही कलाकारहरूले समयभन्दा अगाडि नै विभिन्न समस्या देखाएर पैसा लगे । तर, प्रचारप्रसारमा नआएर समस्या भयो,’ निर्देशक बोहोराले भने । उनी निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा समावेश गीत ’अनौठो प्रेम’को सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाकै क्रममा उनले दुखेसो पोखेका हुन् ।

‘आफ्नो फिल्मलाई प्रमोसन गर्न कलाकार आफैँ आउनु पर्ने हो । तर, पारिश्रमिक पाएपछि सम्पर्कविहीन छन्,’ उनले भने । बारम्बार सम्पर्क गर्दा पनि प्रियंका कार्की, दीपिका प्रसाईं र विल्सन विक्रम राई फिल्मको प्रचारप्रसारमा नआएको र विभिन्न बहाना बनाएको निर्देशक बोहोराको आरोप छ ।

‘राम्रा कलाकार नभएका होइनन् तर केही अनप्रोफेसनल कलाकार पनि छन्,’ उनले भने । निर्देशक बोहोराले कलाकारहरूलाई बारम्बार म्यासेज र फोन गरेर सम्पर्क गर्ने कोसिस गरेको ताए । ’प्रियकाजी बच्चा भएको कारण नआउनु भएको हो कि ? दीपिकाजीलाई पनि सम्पर्क गर्दा विभिन्न बहाना बनाउनु भएको छ,’ उनले भने । दीपिकाजीको श्रीमान दिवाकर भट्टराई आफै निर्देशक भए पनि फिल्म निर्देशकको पीडा नबुझेको उनको गुनासो छ ।

दिवाकरजीले मेरो पीडा बुझ्नु पर्ने हो, तर बुझ्नुभएन । फिल्म रिलिजको संघारमा रहँदा कलाकार पब्लिसिटीमा नआउँदा के हुन्छ र त्यो कसरी व्यक्त गरौँ ।

‘दिवाकरजीले मेरो पीडा बुझ्नु पर्ने हो, तर बुझ्नुभएन । फिल्म रिलिजको संघारमा रहँदा कलाकार पब्लिसिटीमा नआउँदा के हुन्छ र त्यो कसरी व्यक्त गरौँ,’ निर्देशक बोहोराले भने ।

उनले आफुले पूरा पारिश्रमिक दिएकै कारण कलाकारको साथ नपाएको गुनासो गर्दै आउने फिल्ममा स–सर्त पब्लिसिटीको पाटो सम्झौतामा समेट्ने बताए । १८ चैतबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए ।


कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ‘हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ,’ उनले भनिन् ।

फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ ।

नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् ।

निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ भने प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि । गुरुङको सम्पादन छ ।

यो पनि
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
यसकारण हटाए प्रकाशले ‘पिर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।