बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा
दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बाेधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन् ।

दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई नेपालको तर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका हुन् ।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भू–भाग, पर्वतीय अर्थतन्त्र, पर्वतीय दिगो विकास, पर्वतीय संस्कृतिलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।



यो पनि
स्थानीय निर्वाचनको संघारमा वाम एकताको बहस, कांग्रेस तरंगित
आखिर करिश्माले किन छानिन् एमाले ?