English

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता

स्वदेश फर्किदै क्रिकेट टोली


आईसीसी क्रिकेट विश्वकप लिग अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टिम आज (बुधबार) स्वदेश फर्कंदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी गराएको छ । 

नेपाली टिमले संयुक्त अरब इमिरेट्स (यूएई)मा चार अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कन लागेको हो । शृंखलामा नेपालले चार खेल खेल्दा दुईमा हार बेहोरेको थियो भने दुईमा जित निकालेको हो । 

नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेट तथा अन्तिम खेलमा सात विकेटले पराजित गरेको थियो । नेपाल घरेलु टोली यूएईसँग भने दुवै खेलमा हार बेहोर्‍याे । पहिलो खेलमा ४८ रनले पराजित नेपाल दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । 

लिग-२ मा नेपालले १२ खेल खेलेको छ । जसमा ६ खेलमा जित निकाल्दै १२ अंक सहित छैटाैं स्थानमा छ । सात टिम सहभागी तालिकामा ओमान २८ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा छ । 

नेपाली टिमले संयुक्त अरब इमिरेट्स (यूएई)मा चार अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कन लागेको हो । शृंखलामा नेपालले चार खेल खेल्दा दुईमा हार बेहोरेको थियो भने दुईमा जित निकालेको हो । 

नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेट तथा अन्तिम खेलमा सात विकेटले पराजित गरेको थियो । नेपाल घरेलु टोली यूएईसँग भने दुवै खेलमा हार बेहोर्‍याे ।

लिग-२ मा नेपालले १२ खेल खेलेको छ । जसमा ६ खेलमा जित निकाल्दै १२ अंक सहित छैटाैं स्थानमा छ । सात टिम सहभागी तालिकामा ओमान २८ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा छ । 

बिर्सनलायक त्रिकोणात्मक ओडीआई श्रृंखला

यसै साता नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई श्रृंखला खेल्यो । आयोजक यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी लिगमा नेपालले दुई खेल जित्दा दुईमै हार व्यहाेर्याे ।

नेपालले पीएनजीविरुद्ध दुवै खेलमा जित निकाल्यो भने युएईविरुद्ध हार व्यहाेर्याे । दुवै खेलमा नेपाल खराब ब्याटिङको सिकार भयो । खेलाडीले धैर्यता गुमाउँदा टिमले ठूलो साझेदारी पाउन सकेन र यो श्रृंखला समग्रमा बिर्सनलायक नै रह्यो ।

पहिलो खेलमा नेपालले पीएनजीलाई संघर्षपूर्ण खेलमा चार बल बाँकी रहँदा दुई विकेटको हरायो । जितका लागि २०४ रनको लक्ष्य पाएको नेपालले ४९ ओभर दुई बलमा आठ विकेट भेट्याएर पूरा गर्याे ।

दोस्रो खेलमा नेपाल यूएईसँगै ४८ रनले पराजित भयो । नेपाली बलरसामु चल्न नसक्दा यूएईले १६८ रनको मात्र लक्ष्य प्रस्तुत गर्याे । तर, नेपालका खेलाडीले धैर्यता गुमाउँदा ३५ ओभर एक बलमा मात्र १ सय २० रन बनाउँदा सबै विकेट गुमायो । रोहित पौडेलले सर्वाधिक ४६ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा पेभिलियन फर्किए ।

तेस्रो खेलमा समेत नेपाल पुनः घरेलु टोली यूएईसँग ९९ रनले पराजित भयो । २०२ रनको लक्ष्य पछ्याएको नेपाल कुनै पनि समय खेलमा आफ्नो प्रभाव जमाउन सकेन । ३५ ओभर एक बलमा नेपालले सबै विकेट गुमाउनुअघि जम्मा १०३ रन जोड्यो ।

प्रशिक्षक र कप्तानको असन्तुष्टि

यस खेलको हारपछि भने प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप छामिछानेले पूरा प्रदर्शनबाट असन्तुष्टि जनाउँदै टोलीमा ठूलो परिवर्तनको खाँचो भएको जनाए ।

श्रृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालले पीएनजीलाई सात विकेटले पराजित गर्याे । १७३ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ३७ ओभरमा जम्मा तीन विकेट गुमाई सो लक्ष्य पूरा गर्याे ।

यूएईविरुद्ध पराजित भएपछि नेपाली टोलीका कप्तान सन्दीपले खेलाडीले धैयर्ता राखेर नखेलेको र रन बनाउन आत्तिएको प्रतिक्रिया दिए ।

‘ब्याटिङमा हतारिरहेका छौं । रन बनाउन आत्तिरहेको छौंँ । धैर्यता राखेर खेल्नुपर्छ । मलाई लाग्छ दुई सय रन कुनै ठूलो लक्ष्य छैन ।’ २१ वर्षीय कप्तान सन्दीपले भने ।

यता, प्रशिक्षक पुबुदुसमेत पहिलोपटक हेरेको टिम र अहिलेको टिमको प्रदर्शनमा धेरै फरक भएको र केही परिवर्तनको खाँचो भएको जनाउँछन् । ‘पहिलेको टिमको प्रदर्शन र अहिलेको टिमको प्रदर्शन एकै छैन । धेरै फरक छ ।’ दोस्रोपटक नेपाली टिम हेरिरहेका पुबुदुले भने ।

यसपटक श्रृंखलामा नेपालका ओपनरदेखि शीर्ष क्रमका ब्याटर नै चल्न सकेनन् । यस्तै, मध्यक्रमका ब्याटरले समेत टोलीलाई सहायता प्रदान गर्न सकेनन् । युवा खेलाडी कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ज्ञानेन्द्र मल्लजस्ता खेलाडी नचल्दा नेपाली टिमले खराब प्रदर्शन बेहोर्नुपर्याे ।

धैर्यताको कमी, गैरजिम्मेवारी ब्याटिङ, तालमेलको कमी, साझेदारीमा कमजोर, शीर्ष ब्याटर नचल्नु जस्ता गल्तीका कारण नेपाली टिमले यूएईविरुद्ध दुबै खेल हार्नुपर्याे ।

टिमको प्लानमा परिवर्तन

कप्तान सन्दीप टिमको प्लानमा धेरे चेन्ज गर्नुपर्ने र केही कुरा सार्वजनिक गर्नु पनि उपयुक्त नहुने बताउँछन् । यस्तै, उनी नयाँ श्रृंखलाका लागि टिमको ब्याटिङ लाइनमा परिवर्तन गर्नुपर्ने बताउँछन् ।

‘हामीले जानि जानि गल्ती गरेका छैनौँ । तर, भइरहेको छ । हामीले जति चाँडो यो समस्या ठीक गर्याैं र बुझ्न सक्यौं त्यति नै चाडो रिजल्ट निस्कन्छ ।’

‘सबैले राम्रो खेल्नुपर्छ र सबैले टिमको लागि सोच्नुपर्छ । टिमको बलिङ धेरै राम्रो छ । ब्याटिङमा धेरै परिवर्तन हुनुपर्छ । आउने श्रृंखलामा केही चेन्ज हुनुपर्छ ।’ सन्दीप भन्छन् ।

खराब प्रदर्शन बाबजुद नेपाली टिम आज (बुधबार) स्वदेश फर्कंदै छ । यसपछि, नेपालले घरेलु मैदानमा पीएनजीसँग एकदिवसीय शृंखला र त्रिदेशीय टी–२० शृंखला खेल्दै छ । जसको लागि प्रशिक्षक पुबुदुले टोलीमा केही परिवर्तनसमेत गरेका छन् ।

उनले केही नयाँ खेलाडीलाई स्थान दिँदै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विकेट किपर विनोद भण्डारीलाई टिम बाहिर राखेका छन् । अब, पुबुदुको लक्ष्य फेरि एकपटक धर्मराएको नेपालको ब्याटिङ लयलाई फर्काउँदै घरेलु मैदानमा दुवै श्रृंखला जित्नु हुनेछ ।

यो पनि…
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन