English

हलिउड अभिनेत्री अमान्डा आमाको संरक्षकत्वबाट मुक्त



पूर्वअभिनेत्री अमान्डा बाइन्स नौ वर्षको संरक्षकत्वबाट मुक्त भएकी छन् । एक समयकी यी बालकलाकारलाई क्यालिफोर्नियाका न्यायाधीशले संरक्षकत्वबाट मुक्त गराउने आदेश दिएका हुन् ।

अमेरिकी गायिका ब्रिटनी स्पियर्सको जस्तै अमान्डा पनि सन् २०१३ देखि मनोचिकित्साले हेरचाह गर्ने गरी संरक्षकत्वमा थिइन् ।

बाइनस अहिले ३५ वर्षकी भइन् । उनी ‘द अमान्ड शो’ सँगै ‘ह्वाट ए गर्ल वान्ट्स’, ‘सीज द मेन’ र ‘इजी ए’ जस्ता फिल्मका कारण लोकप्रिय थिइन् । तर लागूऔषध तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएपछि उनी मनोचिकित्साको संरक्षणमा थिइन् ।

मंगलबार मात्र न्यायाधीश रोजर एल लन्डले उनलाई अब संरक्षकत्वको आवश्यकता नपर्ने आदेश दिएका थिए । ‘यति लामो समयावधिमा उनले अदालतले भनेका सबै कुराको पालना गरिन्’, न्यायाधीश लन्डले भनेका छन् ।

स्वनिर्णय गर्न नसक्नेन जोकोही व्यक्तिलाई अदालतले संरक्षणक तोकिदिन्छ । जसअनुसार अदालतले बाइन्सकी आमालाई छोरीको आर्थिक, व्यक्तिगतसँगै स्वास्थ्यका विषयमा निर्णय लिने अधिकार दिएको थियो ।

यो अवधिमा मैले आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन धेरै मिहिनेत गरें । म अब नयाँ जीवनलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।

बाइन्सले एक विज्ञप्ति जारी गर्दै उनले फ्यानहरूलाई आफूप्रति देखाएको माया र सदभावप्रति धन्यवाद दिएकी छन् । ‘म मेरो वकिल र अभिभावकलाई पनि नौ वर्षको यो अन्तरालमा गरेको सहयोग र समर्थनप्रति धन्यवाद दिन चाहन्छु । यो अवधिमा मैले आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन धेरै मिहिनेत गरें । म अब नयाँ जीवनलाई प्राथमिकतामा राखेर काम गर्नेछु’, उनले भनेकी छन् ।

बाइन्सले १६ वर्षको उमेरदेखि लागूऔषधको सेवन सुरु गरेकी थिइन् । तर एडिरल नामक औषधि सेवन गर्न सुरु गरेपछि उनको स्वास्थ्य अवस्था झन् खराब भएको थियो । उनले सन् २०१० देखि अभिनयबाट अवकाश लिइन् । त्यसपछि उनमा मानसिक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मानसिक स्वास्थ्य समस्याकै कारण उनले मदिरामा गाडी चलाउने, हिट एन्ड रन तथा निलम्बित लाइसन्सबाट गाडी चलाएकी थिइन् ।

यो पनि
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
यसकारण हटाए प्रकाशले ‘पिर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले