English

यसकारण बढ्दै छ विश्वमा वायु प्रदूषण



राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टकाे सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ ।

तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित शहरहरुमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

देशका हिसाबले बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।

त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका शहरहरूमध्ये केबल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।

१ सय १७ देशका ६ हजार ४ सय ७५ शहरहरूको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।

कम्तिमा ९३ शहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन्’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।

‘चीनले केही धेरै ठूला संख्याहरूबाट शुरु गरेको थियो । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’,

‘चीनले केही धेरै ठूला संख्याहरूबाट शुरु गरेको थियो । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।

विश्वका १० प्रदूषित देश

१. बंगलादेश
२. चाड
३. पाकिस्तान
४. ताजकिस्तान
५. भारत
६. ओमन
७. किर्गिस्तान
८. बहराइन
९. इराक
१०. नेपाल

यी हुन् विश्वका १० प्रदूषित सहर

१) नयाँ दिल्ली (भारत)
२) ढाका (बंगलादेश)
३) एन डिजामिना (चाड)
४) दुसान्बे (ताजकिस्तान)
५) मस्कट (ओमान)
६) काठमाडौं (नेपाल)
७) मानामा (बहराइन)
८) बगदाद (इराक)
९) बिश्केक ( किर्गिस्तान)
१०) तासाकेन्ट (उज्वेकिस्तान)

वायुप्रदूषणले यसरी गर्छ स्वास्थ्यमा असर

वायु प्रदूषणको स्तर हावामा हुने हानिकारक कणको मापनमा आधारित हुन्छ । त्यसपछि नतिजा राम्रोदेखि खतरनाकको रूपमा वर्गीकृत गरिन्छ ।

विशेष गरी, पानी नपर्ने समयमा वायु प्रदूषणको खतरा बढी हुन्छ । यसको असर सबैभन्दा बढी बालबालिका र वृद्ध मानिसहरूमा पर्छ । श्वासप्रश्वास र मुटुको समस्या रहेका युवाहरूलाई पनि प्रदूषणले ठूलो असर पार्छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गराउँदछ । यसबाट उत्पन्न हुने मुख्य समस्यामा श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण, रुघाखोकी, ब्रोङ्काइटिस, निमोनिया, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी आदि हुन् ।

हावामा रहेका हाइड्रोजन सल्फाइट, फ्लोराइड, आर्सनिक आदि विषालु पदार्थले व्यक्तिको मृत्यु पनि हुन सक्दछ । हावामा रहेको विषालु मर्करी र सिसाका सुक्ष्म कणले स्नायु प्रणाली, मुत्रप्रणाली र पाचन प्रणालीमा असर गर्नुका साथै एनटिमोनी भन्ने तत्वले मुटुमा असर गर्दछ ।

यसका साथै हावामा रहेका हाइड्रोजन सल्फाइट, फ्लोराइड, आर्सनिक आदि विषालु पदार्थले व्यक्तिको मृत्यु पनि हुन सक्दछ । हावामा रहेको विषालु मर्करी र सिसाका सुक्ष्म कणले स्नायु प्रणाली, मुत्रप्रणाली र पाचन प्रणालीमा असर गर्नुका साथै एनटिमोनी भन्ने तत्वले मुटुमा असर गर्दछ ।

यस्तै, पेट्रोल, डिजेलबाट निस्कने धुँवामा रहेको अक्सिएसिटिन नाइट्रेड र फमेलडीहाइडले फोक्सो, आँखा आदिमा असर पार्नुका साथै खेती, बाली पनि नष्ट गराउँदछ । इन्धनबाट निस्कने पोली हाइड्रोकार्बनले क्यान्सर जस्तो भयानक रोग उत्पन्न गराउँदछ ।

दूषित ग्यासका कारण ओजन तहमा असर परी छाती, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, क्रोमोजोममा असामान्य अवस्था आउन सक्दछ। यदि वायुमण्लीय हावा दूषित भएमा सूर्यको किरणबाट आउने अल्ट्र भ्वाइलेट किरण र अम्लीय वषाका कारण छाला खुम्चने, छालाको क्यान्सर हुने, आँखा पाक्ने रोग लाग्ने हुने सम्भावना बढी रहन्छ।

वायु प्रदूषण बढ्दै गएमा हवाइ यातायातमा समस्या आउने, बाक्लो धुँवाका कारण सवारी साधनहरू दुर्घटनाग्रस्त अवस्थामा जाने, हरितगृहमा असर गरी पृथ्वीको तापक्रम बढ्ने, हिउँ पग्लने, वातावरणमा परिवर्तन भई कृषि उत्पादनमा ह्रास आउने आदि पनि हुन्छ।

यो पनि…
वायु प्रदूषण : विज्ञले दिए चेतावनी !
काठमाडौंमा वायूप्रदूषण हुनुको मुख्य कारण यस्तो (भिडियो सहित)



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन