English

नेपाली सेनाले बनाइदियो बालविकास भवन



नेपाली सेनाले मंगलबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाँमा बालविकास भवन हस्तान्तरण गरेको छ । श्री राष्ट्रिय आधारभूत विद्यालयमा पूर्व–प्राथमिक भवनको स्तरोन्नतिपश्चात् भीम दल गणले भवन हस्तान्तरण गरेको हो ।

सैनिक–नागरिक सम्बन्धको जनहित कार्यक्रमअन्तर्गत श्री नं २७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी हेमराज केसीले उक्त भवन विद्यालय प्रशासनलाई हस्तान्तरण गरे । सो अवसरमा उनले नेपाली सेनाले मानवीय सहायताका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, प्रकृति तथा वातावरण संरक्षण आदि क्षेत्रहरूमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए ।

शिक्षा क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले शिक्षा प्रणालीको आवश्यकता तथा बालविकास भवनको अवस्था र विद्यालयको अनुरोधअनुसार विद्यालयको दुईकोठे बालविकास भवनको स्तरोन्नति गरेको गणपति निरज भण्डारीले जानकारी दिए ।

बालविकास कक्षामा सहभागी हुने बालबालिकाको पठनपाठनमा सुविधा पुर्‍याउन बालविकास भवनको स्तरोन्नति गरेर हस्तान्तरण गरिएको उनले बताए । प्रधानाध्यापक राजकिशोर साहका अनुसार बालविकास भवनमा भौतिक पूर्वाधारअन्तर्गत जमिनी सतहबाट भवनको बेस हाइटलाई १८ इन्च अग्लो पारिएको छ । भवनको अगाडि चार फिट पेटी र पछाडि दुई फिट पेटी निर्माण गरिएको छ ।

कक्षाकोठाहरूमा प्लास्टर मर्मत तथा रङरोगन गरिएको छ । सिलिङमा फल्स सिलिङ लगाई भित्ताहरूमा नेपाली वर्णमाला, अङ्ग्रेजी वर्णमाला तथा अङ्कहरूसहित अन्य उपयोगी चित्रहरूसमेत बनाइएको छ ।

कक्षाकोठाको भुइँमा फोम तथा कार्पेटिङ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादवले बताए । उनका अनुसार झ्यालहरूमा पर्दाको व्यवस्था, १२ वटा म्याट्रेस, दुईवटा ह्वाइट बोर्ड, दुईवटा स्टिल याक, दुईवटा लो टेबल, नौवटा साना डेस्क बेञ्च, १५ वटा ठूला डेस्क बेन्च, एक सेट टेबल, र्‍याक, कुर्सी तथा २० सेट लेगोस, दुईवटा प्लाष्टिक हर्स रकर राखिएको छ ।

त्यसैगरी भवनको बाहिर अगाडि र छतमा ज्ञानवद्र्धक चित्रहरू कोरिएका छन् । हस्तान्तरण कार्यक्रमा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी ६ नं गणका सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकाल, शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख विजय मण्डलको उपस्थिति रहेको थियो ।

यो पनि…
यस्तो पो सामुदायिक विद्यालय !
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन