English

सिंगो गाउँ नै आलुखेतीमा



गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाएका छन् । आलुखेती उनको पुख्र्यौली पेशा हो । गतवर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे । जसबाट डेढ लाख आम्दानी भयो ।

‘उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराईका जिल्लामा बिक्री हुन्छ’, उनले भने, ‘यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।’ टाहाटिमको जग्गा पनि आलुखेतीलाई उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उनी बताउँछन् ।

अहिलेको मौसममा आलु लगाए पनि अरू बेला मौसम अनुसारका तरकारी लगाउने उनले यसबाट वार्षिक ५० हजार आम्दानी गर्छन् । त्यस्तै उनले गाईपालन पनि गरेका छन् । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उनी बताउँछन् ।

‘अहिले आलु, त्यसपछि तरकारी र १२ महिना दूध बिक्रीबाट आम्दानी भइरहेको छ’, उनले भने, ‘आफ्नै गाउँमा स्वरोजगार भएको छु ।’ अहिले आलुखेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उनको हौसला बढेको छ ।

सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गरिन् । उत्पादन भएको आलु पैँचो पसलमा प्रतिकिलो २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ । यसले घरखर्च चलाउन सहयोग पुगेको उनको भनाइ छ ।

‘आलु र तरकारी खेतीले घरखर्च चलेको छ’, उनले भनिन्, ‘अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।’ गतवर्ष आलुको बीउ प्रतिकिलो १८० परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० मा पाइएको थियो ।

मूल्य र डढेलोको समस्या
मेघराज र राधिका त आलुखेती गर्ने यो गाउँका उदाहरणीय पात्र मात्रै हुन् । उनीहरूजस्तै बम्घाको सिंगो गाउँ नै आलुखेतीमा सक्रिय छ । बम्घामा आलुखेतीको लागि उपयुक्त जग्गा रहेकोले पनि किसान यसतर्फ आकर्षित भएका हुन् ।

स्मार्ट कृषि गाउँअन्तर्गत ६० परिवार व्यावसायिक आलु खेती मै जोडिएका छन् जसबाट उनीहरू मनग्य आम्दानीतर्फ उन्मुख भएको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।

बम्घाको सिंगो गाउँ नै आलुखेतीमा सक्रिय छ । बम्घामा आलुखेतीको लागि उपयुक्त जग्गा रहेकोले पनि किसान यसतर्फ आकर्षित भएका हुन् ।

व्यावसायिक आलुखेती गर्ने किसानमा आलुको मुख्य समस्या भनेको डढेलो रोगको हो । अनुदानले गर्दा आलुको बीउ कम मूल्यमा पाइए पनि खर्चअनुसारको उत्पादित आलुको मूल्य नपरेको कार्यक्रमका सचिव एवं किसान मेघराज गिरीले बताए ।

बजारमा एक सयसम्म आलुको मूल्य पर्छ’, उनले भने, ‘यहाँबाट औसतमा ३० प्रतिकिलोमा बिक्री हुन्छ, बीचको मूल्य व्यापारीको हातमा पर्छ ।’ त्यसका साथै डढेलोले आलुको उत्पादन घटेकोले सहयोग गरिदिन कार्यालयलाई अनुरोध गरे ।

रुरुक्षेत्र गाउँपालिकाको बम्घाबाट गत वर्ष मात्रै कूल ९८ मेट्रिक टन आलु बिक्री भएको छ । गत वर्षबाटै बम्घामा ६० लाखको लागतमा ‘स्मार्ट कृषि गाउँ बम्घा टाहाटिम आलु र तरकारी पकेट समूह’ कार्यक्रम लागू भएको छ ।

यस कार्यक्रममा ६० परिवारका चार सय नगारिक लाभान्वित छन् । जसमा गत वर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पालिकाको १० लाखमा आलु र तरकारी खेतीसम्बन्धी विभिन्न काम भएका छन् । यो वर्ष पनि कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारको ३७ लाख ५० हजार र पालिकाको ११ लाख २५ हजार विनियोजन भएको छ ।

विनियोजित रकमबाट किसानलाई बीउ, औजार, विषादी लगायतका सामग्रीमा ८५ प्रतिशतसम्म अनुदान दिइने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरि आचार्यले जानकारी दिए । त्यसका साथै बिक्री नभएको आलु सङ्कलनका लागि सङ्कलन केन्द्र पनि बनाइएको छ । जहाँ अहिले खनेको आलु असारसम्म भण्डारण गर्न सकिन्छ ।

‘बीउ मात्रै उत्पादन गर्नु’

कृषि अधिकृत आचार्यले किसानलाई आलुको बीउ मात्रै उत्पादन गर्न आग्रह गरिएको बताए । उनले भने, ‘बीउको लागि उत्पादित आलु ज्ञान केन्द्रले तोकेको मूल्यमा बिक्री हुन्छ ।’ गतवर्ष सोही ठाउँबाटै ५५ क्विन्टल बीउ खरिद गरेको उनले सुनाए । डढेलोको विषादीको लागि यो वर्ष कार्यक्रममा समेटिएको छ ।

यो पनि…
विश्व पानी दिवस : कुवा सुके, पोखरी पुरिए
खाना पकाउन पानी कुर्दै बस्ने गाउँ

विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा
गोलभेँडा खेतीले आत्मनिर्भर
जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा
दुबोधागो बनाउने पेसाले जीविका धानिदै



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।