English

विश्व इतिहासका यी घटना, जसलाई भुल्न सकिँदैन



आज २३ मार्च २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः
अन्तरिक्ष स्टेसन समुद्रमा
सन् २००१ मा रुसी अन्तरिक्ष स्टेसन मिर समुद्रमा डुबेको थियो । सो स्टेसनलाई अन्तरिक्षमा १५ वर्षपछि एक नियन्त्रित दुर्घटनामा डिस्पोज गरिएको थियो ।

एल साल्भाडोरका आर्कबिशपको हत्या
सन् १९८० मा आर्कबिशप ओस्कार रोमेरोले एल साल्भाडोरका सशस्त्र सेनाका सदस्यहरूलाई आफ्ना साथी साल्भाडोरियनहरूको हत्या रोक्न आह्वान गरेका थिए । उनको आह्वानको १ दिनपछि एउटा समूहले ओस्कारको हत्या गरेको थियो ।

पाकिस्तान विश्वकै पहिलो इस्लामिक गणतन्त्र
सन् १९५६ मा पाकिस्तान विश्वको पहिलो इस्लामिक गणतन्त्र घोषित भएको थियो । पाकिस्तानमा अहिलेको बंगलादेश वा पूर्वी पाकिस्तानको क्षेत्र पनि समावेश थियो, जुन सन् १९७१ मा अलग भयो ।

हिटलरलाइ असिमित शक्ति
सन् १९३३ मा जारी दी इनएबलिङ एक्ट अफ १९३३ ले एडोफ हिटलरलाई जर्मनीमा तानाशाही शक्ति प्रदान गरेको थियो ।

फुटबल लिगको पहिलो बैठक
सन् १८८८ मा फुटबल लिगको पहिलो बैठक भएको थियो । इङ्गल्याण्ड र वेल्सका टोलीहरू समावेश भएको लिग विश्वको सबैभन्दा पुरानो संघ फुटबल लिग थियो । सन् १९९२ मा शीर्ष २२ टिमले प्रिमियर लिग गठन गरेका थिए ।
यो पनि…
गर्मीमा खानुहोस् यी चीज
सधैं फुर्तिलो रहन यसरी गर्नुहोस् व्यायाम

रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?



सम्बन्धित खबरहरु

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested