English

स्थानीय निर्वाचनको संघारमा वाम एकताको बहस, कांग्रेस तरंगित



वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो । २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो । त्यतिबेला गठबन्धनलाई निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्राप्त भयो ।

यसपटक पनि स्थानीय तह निर्वाचनअघि वाम एकताको बहस चलेको छ । तर प्रमुख वामपन्थी दल एमाले र अन्य दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच राजनीतिक रूपमा भने शत्रूतापूर्ण सम्बन्ध छ । तैपनि यसबीचमा चलेको वाम एकताको बहसले सत्ता नेतृत्व दल नेपाली कांग्रेस तरंगित छ ।

मंगलबार विराटनगरमा नेता डा.शेखर कोइरालाले वामपन्थी दलहरू मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई भएको बताए । ‘सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ । तर यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ,’ उनले भने । कोइराला वामपन्थी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका नेता हुन् ।

यसरी कांग्रेस तरंगित हुने गरी वाम एकताको बहस छेड्ने एमाले नेता घनश्याम भुसाल हुन् । आइतबार पोलिटब्युरो बैठकमा उनले वाम एकता प्रक्रियाको नेतृत्व एमालेले लिनुपर्ने बताए । मंगलबार पनि काठमाडौंमा पत्रकारहरूसँग उनले भने, ‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन । हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?’

उनका अनुसार वामपन्थी शक्तिहरूबीचको वर्तमान विभाजन कृत्रिम हो । हुन पनि वामपन्थी दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘प्रवृत्तिगत’ मतभेद छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिनिधिसभा विघटनपछि ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्ने गरेका छन् ।

वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो । २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो ।

ओलीले बलियो कम्युनिस्ट सरकारलाई ढालेर दक्षिणपन्थी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचना गर्ने गरेका छन् ।

यसरी वामपन्थी दलहरूमा प्रवृत्तिगत मतभेद मात्र छ । वाम राजनीतिक विश्लेषक भीम भुर्तेल पनि भन्छन्, ‘एमाले-माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन नहोला भन्न सक्दिनँ । यिनीहरूमा प्रवृत्तिको बाहेक अन्य केहीको समस्या छैन । सैद्धान्तिक र वैचारिक पक्षमा समान बुझाइ छ ।’

स्थानीय निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरूले माओवादी र एकीकृत समाजवादीलाई होच्याउने अभिव्यक्ति दिँदै पनि आएका छन् । उपसभापति धनराज गुरुङले दुई दललाई भन्ने गरेका छन्, ‘कचौरे’ र ‘चमेरो’ जस्ता पार्टी । महामन्त्री गगन थापाले गठबन्धनविरोधी अभिव्यक्ति दिँदै आएका छन् । यसप्रति प्रचण्ड र नेपाल रुष्ट छन् ।

विश्लेषक भुर्तेल गठबन्धनविरोधी कांग्रेस नेताहरूको अभिव्यक्तिले पनि दुई दल र एमालेसँगै अन्य साना वाम घटकहरूबीच एकता हुने सक्ने सम्भावना देख्छन् । र यहीबेला नेता भुसालले एकताको बहस छेडेको हुन सक्छ ।

वामपन्थी नेता वामदेव गौतम त अझ गत वर्षको चैतदेखि नै वाम एकताको पक्षमा छन् । उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन् । समाजवादसम्मको राजनीतिक यात्राका लागि एकता आवश्यक रहेको उनको बुझाइ छ । तर उनको अभियान प्रभावकारी भने छैन ।

गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपाको आधिकारिकता दिएपछि ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा स्वतः खारेजमा परेको थियो । त्यसपछि कानुनी रूपमा दुई पार्टी अलग भएको हो । अलग हुँदाको राजनीतिक पृष्ठभूमि भने नेकपा हुँदा शक्ति बाँडफाँटलाई लिएर भएको तिक्तता र ओलीले ५ पुस २०७७ मा गरेको संसद् विघटन हो ।

यो पनि…
करिश्माले किन रोजिन् एमाले ?
आखिर करिश्माले किन छानिन् एमाले ?
अभिनय र राजनीतिपछि व्यवसायमा करिश्मा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।