English

मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ



अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् ।

अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीबाट राजनीति शुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् ।

पार्टी प्रवेश गर्नुको पहिलो कारणको रुपमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाइन् ।

‘ओलीजीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।

एमालेले मुलुकको परिवर्तन र समृद्धिको सही एजेन्डा बोकेकाले आफूले पार्टी प्रवेश गर्ने निर्णय लिएको उनले बताइन् । तेस्रो कारणमा अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने भन्दै उनले यो पार्टी रोजेको बताइन् ।

करिश्माले अगाडि भनिन्, ‘अब एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु । यही अठोट लिएर मुलुकको समृद्धिको दिशामा अघि बढ्छु ।’ आफू नितान्त एमालेको कार्यकर्ता भएर कार्यकर्तासँग जोडिन आइपुगेको उनले बताइन् ।

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

यो पनि
राजनीतिमा हाम्रा कलाकार
आखिर करिश्माले किन छानिन् एमाले ?



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested