English

गायक प्रशान्त र रविनको ‘बिरानो सहर’ आउँदै



गायक प्रशान्त मिस्ट र रविन बरालको नयाँ सांगीतिक कोसेली ‘बिरानो सहर… ’, छिट्टै दर्शकश्रोता माँझ आउँने भएको छ । रक ब्लुज शैलीको गीत हालै समीट होटल तथा पाटन दरबार स्क्वायर क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियोमा आदित्य सिंह ठकुरी र सुप्रिया थापाको मुख्य अभिनय छ । शीतल बस्नेत, मनिसा चित्रकार, काजोल चौधरी, युनिसा खत्री र रनिसा खड्गी समेत भिडियोमा देखिनेछन् । गायक बरालको शब्द रहेको भिडियो सम्पादन तथा निर्देशन प्रशान्त मिस्टले गरेका हुन् । त्यस्तै गीतको व्यवस्थापन दीपेश सिंहले गरेका हुन् भने मेकअप राजु वाइबाले गरेका हुन् ।

डेढदसकअघि ‘चोखो माया… ’, बोलको गीतबाट सांगीतिक कदम चालेका मिस्टका अहिलेसम्म दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

यिनका ‘छैन ’, ‘जति टाढा ’, ‘चाहेको मैले ’, ‘स्पर्श ’, ‘टुगेदर फर द नेशन ’, ‘खोजी हेर ’, लगायतका गीत सार्वजनिक छन् । गायक बरालका पनि आधा दर्जनबढी गीत बजारमा आइसकेको छ ।



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested