English

८ अभिनेत्री जसले देखाए ‘बेबी बम्प’



‘यु क्यान स्टप आस्किङ नाउ, एस वि आर प्रेग्नेन्ट’ भन्दै अभिनेत्री प्रियंका कार्कीले केही दिन अघि ‘बेबी बम्प’को तस्विर फेसबुकमार्फत सार्वजनिक गरिन् । श्रीमान आयुष्मान देशराज जोशीसँगैको उक्त तस्विर एकाएक सामाजिक सञ्जालमा भाइरल बन्यो । श्यामश्वेत उनको त्यो तस्विर सार्वजनिक भएसँगै कतिले मजाक उडाए भने धेरैले प्रशंसा र उनलाई बधाईको ओइरो खन्याए ।

हलिउड र बलिउडमा बेबीबम्प देखाएर फोटोसुट गर्ने चलन पुरानो हो । तर, नेपाली समाजले भने यसलाई अझै स्वीकारीसकेको अवस्था छैन । गाउँघरका महिलाहरू अझै पनि गर्भावस्थाका बारेमा खुल्न हिच्किचाउँछन् । तर, बेबीबम्पको फोटो सुटको सोख नेपाली सिने क्षेत्रका अभिनेत्रीहरूमा देखिन थालेको छ । त्यसो त बेबी बम्पको फोटो सार्वजनिक गर्ने अभिनेत्री कार्की नै पहिलो होइनन् ।

प्रियंका अघि अभिनेत्री निशा अधिकारी पनि बेबी बम्प तस्विर सार्वजनिक गर्दै चर्चामा आएकी थिइन् । ०७४ असार १६ मा क्रिकेटर शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी थिइन् अधिकारी । उनले आफू आमा बन्न लागेको जानकारी ०७५ पुस १७ मा बेबी बम्प तस्विर अमेरिकाबाट सार्वजनिक गरेकी थिइन् । ‘जुन दिनदेखि मेरो पेटमा बच्चा बस्यो, सोही दिनदेखि म आमा भइसकेकी छु,’ भन्दै उनले त्यतिबेला फेसबुकमा स्टाटस लेख्दै फोटो सेयर गरेकी थिइन् । उनको छोरा निशाशरद अहिले २ वर्षका भइसकेका छन् ।

प्रियंका र निशाजस्तै बेबीबम्प तस्विर सार्वजनिक गर्ने अभिनेत्रीहरूको बारेमा यहाँ चर्चा गरिएको छ ः

सञ्चिता लुईंटेल

अभिनेत्री सञ्चिता लुईंटेलले अभिनेता निखिल उप्रेतीसँग सन् २००९ मा सुटुक्क विवाह गरेकी थिइन् । २०११ अगस्ट २१ मा उनले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिइन् । छोरा जन्मिनुभन्दा अघि उनले हर हर महादेव लेखिएको पहेंलो वस्त्र बेरेर बेबी बम्प तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । उनको छोरा अथर्व उप्रेती ११ वर्षका भएका छन् भने छोरी सानवी ९ वर्षकी भइन् ।

सिर्जना सुब्बा

रङमञ्चबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री सिर्जना सुब्बाले फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी हुन् । उनी पनि बेबी बम्प देखाउने अभिनेत्रीमा पर्छिन् । ०७६ कार्तिक १४ मा उनले प्रेगनेन्सी फोटोसुट गरेकी थिइन् । उनले विभिन्न पोजमा खिचिएको गर्भावस्थाको विशेष फोटो फेसबुकमा सार्वजनिक गर्दै ‘माया नै माया छ तिम्रो नाममा’ क्याप्सन लेखेकी थिइन् ।

युना उप्रेती

लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री युना उप्रेतीले पनि बेबी बम्प देखिएको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । उनले फोटो सेयर गर्दा लेखेकी थिइन् ‘मेरो बच्चाले मलाई आमाको रूपमा जन्म दिइसकेको छ । आमा बन्नु सौभाग्यको कुरा हो । म मा धेरै परिर्वतन आएको छ । म आफूलाई पहिलाको भन्दा सुन्दर, मायालु अझ बलियो र शक्तिले भरिपूर्ण पाइरहेकी छु ।’ ०७५ मा उनले छोरीलाई जन्म दिएकी थिइन् ।

ऋचा घिमिरे

निर्देशक शंकर घिमिरेसँग विवाह गरेकी अभिनेत्री ऋचा घिमिरे लामो समयदेखि अमेरिकामा छिन् । २ दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री घिमिरेले अमेरिकाबाटै बेबी बम्प तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । उनीे तीन सन्तानकी आमा भइसकेकी छिन् । उनले आफ्नो पहिलो सन्तानलाई नेपालमा नै जन्म दिएकी थिइन् भने अन्य दुई सन्तान अमेरिकामा जन्माएकी हुन् ।

जेनिशा मोक्तान

पूर्व मिस नेपाल तथा अभिनेत्री जेनिशा मोक्तानले ०७५ मा व्यवसायी डिकेश मलहोत्रासँग विवाह गरेकी हुन् । उनले पनि अन्य अभिनेत्रीहरूले जस्तै बेबी बम्पको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् । जेनिशाकी छोरी तीन वर्षकी भइसकिन् ।

क्षितिजा शाक्य

टेलिभिजनबाट अभिनय यात्रा सुरु गरेकी क्षितिजा शाक्य पनि बेबी बम्प देखाउने अभिनेत्रीमा पर्छिन् । उनी अहिले २ सन्तानको आमा भइसकेकी छिन् । अभिनेत्री तथा फेसन डिजाइनर शाक्य यतिबेला आफ्नै बुटिकमा व्यस्त छिन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।