दरबार र माओवादी कांग्रेस सिध्याउन चाहन्थे तर गिरिजाबाबु भने…
रोल्पाको होलेरी काण्डपश्चात गिरिजाप्रसाद कोइरालाले हठातमा प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय लिनुभयो । दरबार, आफ्नै पार्टी र प्रतिपक्षी एमालेले लाउडा काण्डमा संसद चल्न नदिएको ५६ दिन बितिसकेको थियो । अर्कोतिर माओवादीले जनयुद्धलाई झनै अराजक बनाउदै लगिरहेको थियो । ठिक यही बेला भारतले पनि उहाँलाई सहयोग गरिरहेको देखिदैनथ्यो । भारत र माओवादीको दोहोरो चेपमा परेका कारण गिरिजाबाबु निकै नै तनावमा देखिनहुन्थ्यो ।
शेरबहादुरको मन्त्रीपरिषद्मा रहेका मन्त्रीले पनि प्रधानमन्त्रीले अधिकांश निर्णय दरबारलाई सोधेर मात्र गर्न थालेको ब्रिफिङ गर्न थाले । त्यसपछि त गिरिजाबाबु झनै आत्तिन थाल्नुभयो ।
एकदिन मलाई बालुवाटारमा बोलाउनु भयो । र, ‘यस्तो परिस्थितिमा म सरकारमा बस्न मिल्दैन,त्यसैले आज या भोलि राजीनामा दिँदैछु, यो कुरा कसैलाई नभन्नु’ भन्नुभयो । यति भन्दाभन्र्दै गिरिजाबाबुले मलाई कानमा खुसुक्क भन्नुभयो ‘सुशिल (कोइराला) लाई चाहिँ भन्दै नभन्नु, कचकच गर्छ’ । तर, उहाँले राजीनामा दिनुभन्दा आधा घण्टा अघि मैले सुशिल दाईलाई गिरिजाबाबुले नभन्नु भनेको कुरा भन्दिए । गिरिजाबाबुले ‘कतै नभन’ भनेका धेरैजसो कुराहरु म सुशिल दाईलाई सेयर गर्थेँ ।
गिरिजाबाबुले राजीनामा दिएपछि शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । गिरिजाबाबु पार्टी सभापति हुनुहुन्थ्यो । माओवादी झनै अराजक हुँदै थियो । साथै, उनीहरुसँगका पटक–पटकको वार्ता असफल भइरहेका थिए । त्यसो भए अब राष्ट्रिय राजनीतिमा गिरिजाबाबुको भूमिका के ? यसको खोजी हुन थाल्यो ।
राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका गौण हुँदै गएको, कांग्रेस पार्टी कता–कता दरबारतर्फ लहसिएको र शेरबहादुरले पार्टीलाई दरबारीकरण गरेको अनि पार्टीको मूल पात्र डाइभर्ट हुँदै गइरहेको छ भन्ने उहाँलाई लाग्यो । साथै, शेरबहादुरको मन्त्रीपरिषद्मा रहेका मन्त्रीले पनि प्रधानमन्त्रीले अधिकांश निर्णय दरबारलाई सोधेर मात्र गर्न थालेको ब्रिफिङ गर्न थाले । त्यसपछि त गिरिजाबाबु झनै आत्तिन थाल्नुभयो ।
आफू प्रधानमन्त्री बने दरबार, सेना, पार्टी सबैले सहयोग गर्छ र माओवादीसँग हार्डवेयरमा डिल गर्न सकिन्छ भन्नेप्रति गिरिजाबाबुमा अटल विश्वास देखिन थाल्यो । तर, जब उहाँ प्रधानमन्त्री हुनुभयो अनि उहाँलाई नै खेद्न थाले ।
किसुनजीलाई हटाएको पछुतो !
२०५६ को चुनावपछि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर आफू पार्टीलाई ब्युँताउने अभियानमा गिरिजाबाबु लाग्नुभयो । साथै, कांग्रेस जगाएर माओवादी सिध्याउने रणनीति उहाँको थियो । यहीबीचमा किसुनजीले माओवादीसँग गरेका वार्ताहरु असफल हुँदै थिए । किसुनजीलाई माओवादीसँग वार्ताको जिम्मा दिँदा जुनैबेला माओवादीले देश कब्जामा लिन सक्छ भन्दै दरबारका मानिसहरुले नै गिरिजाबाबुलाई उचाल्न थाले । साथै, किसुनजीलाई प्रधानमन्त्रीबाट हटाएर गिरिजाबाबु प्रधानमन्त्री बने माओवादी सिध्याउन लागि सबै कुराबाट साथ दिने बचन समेत दिए ।
आफू प्रधानमन्त्री बने दरबार, सेना, पार्टी सबैले सहयोग गर्छ र माओवादीसँग हार्डवेयरमा डिल गर्न सकिन्छ भन्नेप्रति गिरिजाबाबुमा अटल विश्वास देखिन थाल्यो । तर, जब उहाँ प्रधानमन्त्री हुनुभयो अनि उहाँलाई नै खेद्न थाले । किसुनजीले प्रधानमन्त्रीबाट राजिनामा दिएसँगै भावनात्मक रुपमा पार्टी पनि टुक्रियो । आफूले राजीनामा दिइसकेपछि किसुनजीलाई प्रधानमन्त्रीबाट हटाउनु ठूलो गल्ती थियो भन्ने आत्मग्लानी गिरिजाबाबुलाई भयो ।
दरबार–माओवादीबीच पटक–पटक गोप्य वार्ता
यता कांग्रेसले माओवादीसँग गरेको वार्ता असफल भइरहेको थियो । किसुनजीदेखि गिरिजाबाबु हुँदै शेरबहादुरको नेतृत्वमा बनेको वार्ता समितिले ठोस निर्णय लिन सकिरहेको थिएन । दरबारले चाहेको पनि यही थियो । किनकी, देशमा आएको ठूलो संकटलाई कांग्रेसले सम्बोधन गर्न सकेन भन्ने कुरा दरबारलाई प्रमाणित गर्नु थियो । र, यता राजा वीरेन्द्रले माओवादीसँग भित्री रुपमा वार्ता गरिरहेका थिए ।
दरबार र माओवादीको मूल एजेण्डा नै कांग्रेस र तत्कालिन एमाले लगायतका पार्टी सिध्याउने थियो । यो कुरा गिरिजाबाबुले बुझ्नुभयो ।
यहीबीचमा दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । ज्ञानेन्द्र राजा भए । फेरि पनि दरबार र माओवादीबीच भित्री वार्ता हुन थाल्यो । त्यतिबेला दरबार र माओवादीको मूल एजेण्डा नै कांग्रेस र तत्कालिन एमाले लगायतका पार्टी सिध्याउने थियो । यो कुरा गिरिजाबाबुले बुझ्नुभयो ।
अनि माओवादीहरु गिरिजाबाबुसँग वार्ता गर्नुपर्यो भन्दै आए !
शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै गिरिजाबाबुको राष्ट्रिय राजनीतिमा भूमिका सिमित हुँदै थिए । यहीक्रममा एकदिन मेरा नजिकका मित्र गोविन्द न्यौपाने माओवादी र गिरिजाबाबुबीच वार्ता गराउनुपर्यो भन्दै आए । त्यतिबेला म बिजुलीबजारमा बस्थेँ । केहीदिनपछि गोविन्दमार्फत त्यतिबेलाका उच्च पदस्थ माओवादीहरु र केही पत्रकारहरु मेरो घरमै आए । अनि, माओवादीसँग गिरिजाबाबुले वार्ता गरेर हामी मिल्नुपर्छ भन्दै दबाब दिन थाले । मैले यो कुरा गिरिजाबाबुलाई पनि भनेको थिएँ । माओवादीले वार्ता गर्न चाहेको कुरा लिखित रुपमा पनि उहाँलाई दिएँ । तर, उहाँले ६ महिनासम्म मान्नु भएन ।
गिरिजाबाबुले करिव ६ महिना कुर्नुभयो । तर, त्यो दिन कहिल्यै आएन । यसैबीचमा उहाँ विराटनगर जान खोज्नुभयो । यद्यपि, विराटनगर जानेक्रममा विमानस्थलमै उहाँलाई रोकियो । त्यहीदिनदेखि गिरिजाबाबुलाई आफू चौतर्फी रुपमा घेराबन्दीमा परेको अनुभव भयो ।
त्यतिबेला माओवादीको संघीयता, गणतन्त्र लगायतका एजेण्डा नै थिएनन् । उनीहरुले त २०४७ को अन्तरिम संविधानको प्रस्तावनामा जसरी ०४६ को आन्दोलन भनेर लेखिएको छ । त्यो प्रस्तावनामा ०५२ मा नेपालमा सुरु भएको जनयुद्धलाई संस्थागत गरेर संविधानमा केही सुधार गर्दा माओवादीले मान्ने कुराहरु न्यौपानेलगायत माओवादी नेताले लेखेरै दिएका थिए । त्यतिबेलासम्म गिरिजाबाबु र माओवादीबीच कुराकानी हुन्छ भन्ने कुरा समेत कसैले पनि सोचेका थिएनन् ।
यहीबीचमा गिरिजाबाबुले राजासँग केही कुरा गर्न चाहनुभयो । त्यसो त दरबारका हर्ताकर्ता पशुपति महर्जनलाई राजासँगको भेट जुराइदिन पटकपटक आग्रह गर्नुभयो । तर, महर्जनले ‘राजालाई बिन्ती चढाएको छु समय मिलेपछि बोलाउँछु भन्नुभएको छ’ भन्ने जवाफ दिन्थे । गिरिजाबाबुले करिव ६ महिना कुर्नुभयो । तर, त्यो दिन कहिल्यै आएन । यसैबीचमा उहाँ विराटनगर जान खोज्नुभयो । यद्यपि, विराटनगर जानेक्रममा विमानस्थलमै उहाँलाई रोकियो । त्यहीदिनदेखि गिरिजाबाबुलाई आफू चौतर्फी रुपमा घेराबन्दीमा परेको अनुभव भयो ।
‘सान्दाजु (वीपी कोइराला)को राजनीति त्योबेलाको परिस्थिती जे थियो त्यहीअनुसार गर्नुभयो । म चाहिँ यसरी देश र कांग्रेस डुबेको हेर्न सक्दिनँ अब माओवादीसँग वार्ता गर्छु जसले तिमीसँग वार्ता गर्छु भनेका छन् तिनीहरुलाई मसँग भेटाउ’ भन्नुभयो ।
अनि तयार हुनुभयो गिरिजाबाबु
माओवादीले हामीसँग वार्ता गरिरहेका थिए । त्यो वार्ताका लागि प्रा. कृष्ण खनाल, नरहरी आचार्य, चक्र बास्तोलालगायत थियौं । हामी चारैजनाले तीन–चार चरण वार्ता गरिसकेका थियौं । तर, केही कांग्रेसीहरु राजाले नै माओवादीलाई ठेगान लगाउन्, कम्युनिष्टसँग वार्ता गर्नुहुन्न भन्ने पक्षमा थिए । तर, राजाले पनि माओवादीलाई पुलपुल्याएर राख्ने र, सेनाले पनि केही नगर्ने परिस्थिति बन्यो । त्यसैले एकदिन गिरिजाबाबुले मलाई चक्रपथस्थित शशांक कोइरालाको घरमा बोलाउनुभयो ।
त्यो दिन उहाँले ‘सान्दाजु (वीपी कोइराला)को राजनीति त्योबेलाको परिस्थिती जे थियो त्यहीअनुसार गर्नुभयो । म चाहिँ यसरी देश र कांग्रेस डुबेको हेर्न सक्दिनँ अब माओवादीसँग वार्ता गर्छु जसले तिमीसँग वार्ता गर्छु भनेका छन् तिनीहरुलाई मसँग भेटाउ’ भन्नुभयो । यसपछि माओवादीका केही नेता र गिरिजाबाबुबीच भेटघाट प्रारम्भ हुनथाल्यो । माओवादीसँगको कुराकानीका क्रममा गिरिजाबाबु निकै उदार देखिनुभयो । उहाँको उदारता देखेर म पनि छक्क परेँ । वार्ता अघि बढ्यो । कृष्ण खनाल र नरहरी आचार्य दुवैजना प्रचण्ड र बाबुराम भट्टराईलाई भेट्न दिल्ली जानुभयो ।
यस्तो थियो गिरिजाप्रसाद कोइरालाको लाइफस्टाइल
दिल्लीबाट फर्किएर उहाँहरुले एउटा रिपोर्ट गिरिजाबाबुलाई दिनुभयो । तर त्यो रिपोर्टलाई गिरिजाबाबुले गम्भिर रुपमा नलिएको संकेत हामीले पायौं । यसपछि नै हो,उहाँको टिममा पार्टीभित्रै नयाँ–नयाँ पात्रहरु भित्रिन थाले । म,कृष्ण खनाल,नरहरी लगायतका पुरानो टिमलाई उहाँले उपयोग गर्न छाड्नुभयो । यहीक्रममा माओवादीसंग वार्ताका लागि गिरिजाबाबु दिल्ली प्रस्थान गर्नुभयो,त्यतिबेला उहाँसँग बेग्लै टीम थियो ।
तर, उहाँले जुन टिम छान्नुभएको थियो त्यो टिममा कम्युनिष्ट आन्दोलनको आयाम बुझ्ने मान्छे कोही थिएनन् । यही कुरामा हामी चिन्तित थियौं । त्यसपछि नेपाली राजनीतिले कुन मोड लियो र त्यसले कस्तो परिणाम ल्यायो भन्नेकुरा सबैसामु जगजाहेरै छ ।
(राजनीतिक विश्लेषक आचार्यसँग मेरोलाइफस्टाइलका प्रमुख संवाददाता महेश तिमल्सिनाले गरेको कुराकानीमा आधारित)
तस्बिरहरु : विकास रौनियार
यो पनि
गिरिजाप्रसाद कोइराला : एक निर्भिक र निडर नेता
भिडियो :