English

विलियम शेक्सपियरका १० महान भनाईहरू



कवि तथा नाटककार विलियम शेक्सपियरको जन्म २६ अप्रिल १५६४ मा भएको थियो । उनी अंग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । शेक्सपियरको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ । यस्ता महान व्यक्तित्वका १० महान भनाई यस प्रकार छन् ।

१. एउटा रित्तो भाँडोले नै ज्यादा आवाज निकाल्छ ।

२. हामी को हौं, यो हामीलाई थाहा छ । तर, हामी के बन्न सक्छौं ? यो थाहा छैन ।

३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर । कसैलाई पनि हानी नगर ।

५. साँचो प्रेमको चरण कहिल्यै लचकतासाथ हिँडेको छैन ।

६. प्रेम अन्धो हुन्छ ।

७. यहाँ न असल छ, न त खराब नै । असल–खराब त हाम्रो सोचाइको उपज हो ।

८. यदि सङ्गीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

९. कायरहरू मर्नुपूर्व धेरैपटक मरिसकेका हुन्छन् ।

१०. धेरै सुन, थोरै बोल ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार