English

११ महिनामा साढे चार लाखभन्दा बढीले लिए श्रम स्वीकृति 



अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् २०७८ वैशाख १ गतेदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट ४ लाख ५१ हजार ६६ जनाले श्रम स्वीकृति लिइसकेका छन् ।

बितेका ११ महिनामा प्रत्येक महिना औसतमा ४१ हजार ६ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । यही अनुपातमा चैत महिनामा पनि श्रम स्वीकृति लिनेको संख्या बढे वर्ष २०७८ मा करिब ५ लाख जनाले श्रम लिनेछन् । 

विभागका अनुसार २०७८ शुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६ सय ५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७० र फागुनमा ५३ हजार ४५७ जनाले श्रम स्वीकृति लिएका छन् । 

कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्कन खोजेको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ । 

कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्कन खोजेको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ । 

वैदेशिक रोजगार विभागका सूचना अधिकतृ कृष्णप्रसाद भुसालका अनुसार गत आर्थिक वर्ष ०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या करिब ३ लाख रहेको छ । 

वैदेशिक रोजगार विभागका सूचना अधिकतृ कृष्णप्रसाद भुसालका अनुसार गत आर्थिक वर्ष ०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या करिब ३ लाख रहेको छ । 

वैदेशिक रोजगार विभागका सूचना अधिकतृ कृष्णप्रसाद भुसालका अनुसार गत आर्थिक वर्ष ०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या करिब ३ लाख रहेको छ । 

श्रम स्वीकृति लिनेको संख्या पुन: उकालो

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो । 

कोरोना महामारी सुरु भएको वर्ष २०७६-७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए ।

कोरोना महामारी सुरु भएको वर्ष २०७६-७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।

यस वर्ष भने श्रम स्वीकृति लिनेको संख्या पुरानै अवस्थामा फर्कन लागेको छ । चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयताको आठ महिनामा (साउनदेखि फागुनसम्म) ४ लाख ४ हजार ९६३ जनाले श्रम स्वीकृति लिइसकेका छन् । अर्थात चालु आर्थिक वर्षमा प्रत्येक महिना औसतमा ५० हजार ६२० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिन्छ । 

यही गतिमा श्रम स्वीकृति लिनेको संख्याले आउँदा चार महिनासम्म निरन्तरता पाए चालु आर्थिक वर्षमा ६ लाखभन्दा बढीले श्रम स्वीकृति लिने देखिन्छ । 

घट्यो रेमिट्यान्स

अघिल्लो दुई वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा त्यसको असर नेपाल भित्रने रेमिट्यान्समा परेको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष  ०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो । 

यो पनि
माथिल्लो तामाकोसी : आर्थिक विकासमा नयाँ आशा
दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।