English

अब हुइँकिनेछ सञ्जापुमा मोटर



सडक सञ्जालले नछोएको लमजुङकाे मर्स्याङदी गाउँपालिका-५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ । संसद् विकास कोषअन्तर्गतको बजेट र मर्स्याङदी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो ।

मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई मध्यनजर गर्दै गाउँमा मोटरबाटो पुर्‍याइएको हो । सञ्जापु मोटरबाटो निर्माण समितिका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार गत वर्षबाट मोटरबाटोको काम थालिएकोमा यस वर्ष सकिएको हो ।

गत वर्ष ०७७/०७८ मा गण्डकी प्रदेश सभा ‘क’ का सांसद धनञ्जय दवाडीको पहलमा संसद विकास कोष कार्यक्रमअन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङदी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो ।

यस वर्ष मर्स्याङदी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराएको हो । सञ्जापुमा मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्‍याइएकाे छ ।

मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले नागरिकलाई मोटरबाटोको अतिआवश्यक भएकाले यसमा बजेट व्यवस्था गरिएको बताए । सडकको सुविधा पुगेपछि सवारीसाधनमार्फत आवातजावत गर्न सहज हुने र गाउँमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सकिने बताए ।

मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सञ्जापु गाउँ सडक सञ्जालले जोडिएसँगै जमिनको अधिकतम उपयोग गरी व्यवसायिक उत्पादनमा जोडिनुपर्ने बताए ।

यो पनि…
विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा
गोलभेँडा खेतीले आत्मनिर्भर



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested