English

आज यी राशि हुनेलाई लाभैलाभ



आज चैत ७ सोमबार, २०७८ । तद्नुसार मार्च महिनाको २१ तारिक २०२२ । चैतकृष्णपक्ष तृतीया तिथि,विष्टि करण, स्वाती नक्षत्र, व्याघात योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः०९ मा भयो भने सूर्यास्त १८ः१५ मा हुनेछ ।

विहान ७ः३९ देखि ९ः१० सम्मको समय राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकार्य निषेध गरिएको छ । आजको देवता बायु, ग्रहदेव सूर्य रहेको छ । विहान ११ः४७ देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ ।

यो समयमा गरेको काम शुभ हुने देखिन्छ । सोमबारका दिन फलामका सामान खरिद गर्न शुभ बार मानिन्छ । सरकारी कामकाजको लागि पनि सोमबार शुभ बार हो । सोमबारको दिन काममा ध्यान दिनु उपयुक्त हुनेछ ।

सोमबारको दिन शिवालय यात्रा फलदायी मानिन्छ । शिवालयमा शुद्ध मन र जल अभिषेक मात्रले देवादिदेव महादेव प्रसन्न हुनुहुनेछ भन्ने शास्त्रीय वचन छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको लागि आजको दिन धनलाभ हुन सक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनका इच्छा पूरा हुँदै जानेछ । मौन रहेर आफनो काम गर्नु उत्तम हुनेछ ।   

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा  छाउने छ ।  पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंको लागि शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईंको आजको समय र दिन अनुकूल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईंलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईंलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुन सक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला । सोचपूर्वक दिनकार्य गर्नु उत्तम हुनेछ ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईंलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईंका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईंलाई फाइदा हुनेछ । मित्रको साथ र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईंमाथि नैं आरोप लाग्न सक्छ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ ।  तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । कुमारी कन्यालाई बस्त्र र भोजन दिनु उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नाले मनमा शान्ति हुनेछ ।  यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन यात्रा अवरोध आउनसक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईंको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईंको लागि आज अर्थलाभ हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन तपाईंले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईंमा आत्मबल वृद्धि हुँदै जानेछ ।

यो पनि…
बिहान सबेरै नगर्नुहोस् यी गल्ती
गलत कामको असर



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको