English

प्रियंका कार्की जिम्मा जमानीमा रिहा



क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रिहा गरेको छ । उनलाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ ।

नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी उनलाई त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको थियो ।

क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा उनलाई सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा जमानीमा छाडिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए ।

‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका थियौं,’ उनले भने । अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको उनले बताए ।

क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ । फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो ।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैर–कानूनी छ । यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो ।

यो पनि…
प्रियंका कार्कीलाई अनुसन्धानका लागि बोलायो सीआईबीले
राजनीतिमा हाम्रा कलाकार
उत्तर कोरिया, मैले जे देखेँ



...
icodose

priligy dapoxetine review However, we could not estimate the bone formation rate because of rapid resorption of tetracycline labeled bone in the ovariectomized rat

...
taindisse

2011 reanalyzed data from two randomized controlled drug trials, the ONgoing Telmisartan Alone and in combination with Ramipril Global Endpoint Trial ONTARGET and the Telmisartan Randomized AssessmeNt Study in aCe iNtolerant subjects with cardiovascular Disease TRANSCEND online cialis

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग सार्वजनिक गरेकी छन् । यसमा उनलाई चर्चित

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना शनिबार राति ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका

जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर, पाईलट, इन्जिनियर इत्यादि ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत