English

कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ



अभिनेत्री दीपाश्री निरौला, अभिनेता सरोज खनाल, गीतकार दयाराम पाण्डे लगायतका कलाकारहरूको फेसबुक ह्याक गर्ने बालक पक्राउ परेका छन् । फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग गर्ने पर्सा, बहुदरमाई नगरपालिकाका १४ वर्षीय बालकलाई प्रहरीले सोमबार पर्साबाट पक्राउ गरेको हो ।

ती बालकले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुर गरेको पाइएपछि जिल्ला अदालत काठमाडौंको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको साइबर ब्युरोका प्रमुख डिआइजी रामकृपाल साहले जानकारी दिए । ‘गत सोमबार साइबर ब्युरोमा सुरुमा फेसबुक ह्याक भयो भन्दै गीतकार दयाराम पाण्डे आउनुभयो । केही समयमै दीपाश्री र सरोज खनाल ह्याक भयो भन्दै आउनुभयो,’ साहले भने, ‘उहाँहरूको जाहेरीको आधारमा अनुसन्धान गर्दा १४ वर्षीय बालकले ह्याक गरेको पत्ता लागेपछि ती बालकलाई हिजो पक्राउ गरेर अनुसन्धान थालिएको छ ।’

पछिल्लो समय साइबर अपराधको क्रम बढ्दै गएको छ । ब्युरोमा मात्रै दैनिक ३० जनासम्म साइबर अपराधका निवेदन लिएर आउने गरेको साह बताउँछन् ।

No photo description available.



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested