English

यौन जीवनका लागि अपनाउनुपर्ने टिप्स



यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर यौन इच्छा विभिन्न माध्यमबाट पूरा गर्नुपर्छ ।

आफूमा सम्भोगको इच्छा जागेको छ र पार्टनरमा जागेको छैन भने आफूलाई धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

यौन सम्पर्क नराख्दा यौन शक्ति घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर, केही समय प्रबल इच्छा भए पनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने विस्तारै घट्दै जान्छ ।

बढी मात्रामा मदिरापन गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउँछ ।

गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुनः यौनइच्छा बढ्न जान्छ । कसैलाई मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ ।

चुस्त यौन जीवनका लागि यौनअंगलाई सधैँ सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । स्वास गह्नाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

धेरै मानिसलाई मुखमैथुन फोहोरी लाग्न सक्छ । तर, यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि, राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि, यौन रोग र सरसफाइ राम्रो नभएमा मुख मैथुन हानिकारक हुन्छ ।

अर्को कुरा सम्भोगपछि पनि पार्टनरप्रति माया व्यक्त गर्नुपर्छ । पार्टनर सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले