English

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पार्टी विभाजनको पीडा

न कांग्रेसको साथ, न एमालेको विश्वास


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ।

निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली कांग्रेसले उनीहरूलाई छोडेर निकै अघि बढिसकेको छ । भन्नलाई माओवादी र एकीकृत समाजवादीका नेताहरुले गठबन्धन चिर्वाचनसम्म नै कायम रहने भन्दै आएका छन् । तर, व्यवहारमा त्यो देखिँदैन ।

माओवादी र एकीकृत समाजवादीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालले देख्न सकेको छैन । एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीका नेता र कुनै समय एउटै पार्टी बनाएर सँगै रहेका माआवोदी नेतालाई एमाले अध्यक्षले हरेक सभा सम्मेलनमा कटाक्ष गर्दै आएका छन् ।

वास्तवमा माओवादी र एकीकृत समाजवादीले न त सत्तारुढ दल कांग्रेसको नै साथ पाउन सकेका छन् न एमालेको विश्वास जित्न नै । एक्लै निर्वाचनमा गए पराजय व्यहोर्नुपर्ला भन्ने डरले निर्वाचनमा होमिन हच्किरहेका छन् ।

सबैलाई थाहा छ निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुनेछ । यी दुई दल तुलनात्मक रूपमा अरूभन्दा बलिया देखिन्छन् । सत्तामा सहकार्य गरिरहेका कारण बलिया देखिएकामध्ये कांग्रेससँग दुवै दल गठबन्धन गर्न चाहन्छन् । तर, गठबन्धनबारे सहमति भएको छैन ।

मधेसको ४/५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक-बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ । हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुन्छ भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।

गठबन्धन चाहनेमध्येका माओवादी त्यो दल हो, जुन २०६४ मा भएको संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको थियो । त्यसयताको दुई निर्वाचनमा भने माओवादी लगातार तेस्रो हैसियतमा सीमित छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचन शान्ति प्रक्रियामा आएपछि माओवादीले सामना गर्ने चौथो निर्वाचन हो ।

निर्वाचनमा माओवादी विभाजनको पीडासहित जाँदै छ, यसकारण पनि उ थप डराइरहेको छ ।

तर, उत्साहका साथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान कास्कीको पोखरामा भने, ‘मधेसको ४/५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक-बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ । हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुन्छ भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

प्रचण्डको कांग्रेससँग गठबन्धन गर्न चाहँदा चाहँदै उक्त पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायत नेताहरूले गठबन्धनविरोधी अभिव्यक्ति दिइरहेका छन् ।

यस्तो अवस्थामा प्रचण्डले कांग्रेसतर्फ लक्षित गर्दै भन्न थालेका छन्, ‘हामी कसैको वैशाखीमा टेकेर होइन, हाम्रो आफ्नै बलमा निर्वाचन लड्नुपर्छ । तालमेल होला र निर्वाचन जितौँला होइन, जनतासँग साँठगाँठ गरेर जित्नुपर्छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हालसम्म गठबन्धन गनुपर्ने पक्षमा छन् । गठबन्धनका दलहरूलाई भड्काउने गरि अभिव्यक्ति नदिन उनले निर्देशनसमेत दिएका छन् । तर, गठबन्धनविरोधी अभिव्यक्ति आउन रोकिएको छैन ।

यस्तो अवस्थामा प्रचण्डले कांग्रेसतर्फ लक्षित गर्दै भन्न थालेका छन्, ‘हामी कसैको वैशाखीमा टेकेर होइन, हाम्रो आफ्नै बलमा निर्वाचन लड्नुपर्छ । तालमेल होला र निर्वाचन जितौँला होइन, जनतासँग साँठगाँठ गरेर जित्नुपर्छ ।’

प्रचण्ड यसरी गठबन्धन नभए पनि हुने भन्न थालेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधप नेपालले गठबन्धनविरुद्धमा उभिएका कांग्रेसका नेताहरू र एमालेका नेताहरूलाई ‘खिसिट्युरी गर्नेको हरिबिजोग हुन्छ’ भन्ने गरेका छन् ।

उनले एक्लै निर्वाचनमा जाने चाहिँ भनेका छैनन् । पूर्वपार्टी एमालेका अध्यक्ष केपी ओलीको मात्र आलोचन गर्दै आएका छन् ।

एमसीसीको विपक्षमै रहेको भए एकखालको जनमत निर्माण हुन्थ्यो । त्यसलाई निर्वाचनमा उपयोग गर्न सकिन्थ्यो तर पछि पक्षमा उभिन पुगे ।

वाम राजनीतिक विश्लेषक भीम भूर्तेल माओवादी र एकीकृत समाजवादीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न असहज देख्छन् ।

‘एमसीसीको विपक्षमै रहेको भए एकखालको जनमत निर्माण हुन्थ्यो । त्यसलाई निर्वाचनमा उपयोग गर्न सकिन्थ्यो तर पछि पक्षमा उभिन पुगे’, भुर्तेलले भने, ‘अर्कोतिर माओवादीले विभाजनको क्षति बेहार्नुपर्यो र एकीकृत समाजवादीको त संगठन विस्तार सबै ठाउँमा छैन ।’

स्थानीय निर्वाचन आउन भने ५४ दिन बाँकी छ । माओवादी दोस्रोपटक स्थानीय निर्वाचनमा जाँदै छ । नेकपा एकीकृत समाजवादी भने पहिलोपटक निर्वाचनमा जान लागेको हो ।

यो पनि…
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न हुन्छ, के हुँदैन ?
स्थानीय निर्वाचन : ठूला दल रणनीति बनाउँदै, साना दललाई छटपटी



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन