English

हीराकाजी श्रेष्ठको ‘संसारा’ बजारमा



हीराकाजी श्रेष्ठको आत्मकथा पुस्तक ‘संसारा’ बजारमा आएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा कर्ण शाक्य र विशेष अतिथिका रूपमा पूर्वगभर्नर तथा पूर्वसचिव दीपेन्द्र पुरुष ढकालले पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा पुस्तकको समीक्षा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर काशीराज पाण्डेले गरेका थिए । पोखरेली दिदीबहिनीका संस्थापक अध्यक्ष शारदा वैद्य र पोखरेली दिदीबहिनीका वर्तमान अध्यक्ष विष्णु थकालीले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत भाषण लेखक श्रेष्ठका पत्नी रोमा श्रेष्ठले गरेकी थिइन् । प्रकाशकका तर्फबाट घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पनि कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा लेखक श्रेष्ठ बोल्दाबोल्दै भक्कानिएर रोएपछि माहोल नै भावुक बनेको थियो । ‘परिवारले आफ्नो नाम हीरा राखे पनि अँध्यारो कसरी बन्यो र फेरि जीवन प्रकाशमय कसरी बन्यो ?’ भन्दाभन्दै सानैमा टुहुरो भएका उनले आमाबाबु सम्झेर आँसु झार्दा कार्यक्रममा उपस्थित सबै नै भावुक भएका थिए ।

कार्यक्रमको सञ्चालन घोस्ट राइटिङ नेपालकी सिर्जना शर्माले गरेकी थिइन् ।

‘विश्व खाद्य कार्यक्रम’को कर्मचारीका रूपमा उत्तरकोरिया, अफगानिस्थानदेखि अफ्रिकाका विभिन्न मुलुकमा बसेर काम गरेका श्रेष्ठले आफ्नो पुस्तकमा ती देशहरूमा रहेर काम गर्दाको अनुभव उल्लेख गरेका छन् ।

कलिलै उमेरमा अभिभावक गुमाएका श्रेष्ठले पोखराबाट काठमाडौं आएर गरेको संघर्ष र वैवाहिक जीवनमा आएको आँधीबेहरीबारे पुस्तकमा उल्लेख गरेका छन् ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको यो पुस्तक ‘संसारा’ को सम्पादन पत्रकार सन्तोष आचार्यले गरेका हुन् ।

यो पनि…
‘पिर’को अर्को पक्ष : चरित्रलाई सुरक्षाको न्याय

राजनीतिक दललाई पिरोलेका यी गीतहरू
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।