बढ्यो फलफूल र तरकारीको मूल्य [सूचीसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज चैत ६ गते आइतबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६० रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ ६७ पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५० रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३२ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य १२ रूपैयाँ ३३ पैसा, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १५ रूपैयाँ, भन्टा ७५ रूपैयाँ, मटरकोशा ४५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२४ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १२५ रूपैयाँ तोकिएको छ ।



यो पनि…
तोकियो फलफूल र तरकारीको नयाँ मूल्य [सूचीसहित]
ग्रीन भेन्चर्सको आइपीओ आउँदै