English

खाना पकाउन पानी कुर्दै बस्ने गाउँ



स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन ।

बर्सातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपालिकाका-३ का आधा दर्जन गाउँ काकाकुल हुन्छन् । धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खेलाबाट पानी ल्याउनुपर्छ । खोलामा पनि पालो पाउन गाह्रो पर्छ ।

‘धारामा कहिले आउँछ, कहिले आउँदैन,’ अम्वास निवासी शशिकला विकले भनिन्, ‘धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ, त्यहाँ पनि पालो कुर्नुपर्छ ।’ सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो थियो ।

‘घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि मात्र खाना पकाउने तयारी हुन्छ,’ विकले भनिन्, ‘तर कहिले १२ बजेसम्म पनि पानी ल्याई नपुर्‍याउँदा त्यतिबेलासम्म खान पकाउन सकिँदैन ।’

गाउँका सबै मान्छे २/३ घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले मात्र पानी पाउँछन् तर पछि गएकाहरूले पानी पाउन पनि मुस्किल हुने गरेको अर्का स्थानीयवासी सावित्रा विकले बताइन् ।

‘पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ,’ उनले भनिन्, ‘पानी ल्याउनलाई राति नै उठ्नु पर्छ ।’

स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्सातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपालिकाका-३ का आधा दर्जन गाउँ काकाकुल हुन्छन् ।

पालो पाएपछि ६ बजे घर पुगिन्छ, नत्र भने १०/११ बज्ने गरेको उनीहरूको गुनासो छ । त्यहाँ थापानी र घुटघुटेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुईवटा ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बासमा पानी पठाउने गरिन्छ ।

‘हिउँदमा पानी नपाउने समस्याले वर्षौंदेखि आफूहरू आजित भएको स्थानीयवासी मालबहादुर वलीले बताए । ‘पटक–पटक निर्वाचनको समयमा पानी ल्याइदिने आश्वासन दिने गर्छन्,’ उनले भने, ‘त्यसपछि फर्केर पनि नआउने अवस्था छ, अब निर्वाचन हुन लाग्यो नेताहरुले पानी, सडक, विद्युत्लगायत सपना बाँढ्न थालेका छन् ।’

अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ । विद्युत् पनि वर्षा लाग्ने बित्तिकै जाने गर्छ । दुई वर्ष अघि यहाँ विद्युत् जडान गरिए पनि बेलाबखत बत्ति जाने, आउने समस्या भइरहन्छ ।

‘एउटा रूख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन,’ स्थानीय अगुवा लीलामणि बाँठाले भने, ‘सडकको पनि बर्सातमा त्यस्तै समस्या हुन्छ ।’

कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, शीतधारालगायत गाउँमा खानेपानी पुर्‍याउनका लागि पहल थालिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए । सांकेतिक तस्बिर ।

यो पनि…
विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा
गोलभेँडा खेतीले आत्मनिर्भर
जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा
दुबोधागो बनाउने पेसाले जीविका धानिदै



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।