English

ललितकला प्रदर्शनीमा ५९६ कलाकृति



ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी आगामी वैशाख २ गतेबाट शुरु हुन लागेको प्रदर्शनी यसपाली स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जनाए ।

प्रदर्शनी सञ्चालनका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ । त्यस्तै कार्यकारी समिति र उपसमिति गठन गरेर तयारी तीब्र पारिएको छ । प्रतिष्ठानले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस पटकको प्रदर्शनीमा ४४४ कलाकारका ५९६ कलाकृति समावेश हुने जनाएको छ ।

यसवर्ष प्रदर्शनीमा प्रदेश १ बाट ३१, प्रदेश २ बाट ६३, वागमती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट ९ र सुदुरपश्चिम प्रदेशबाट आठ कलाकारका सिर्जना समावेश गरिएको छ । गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरुपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने प्रदर्शनी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा गरिने जनाइएको छ ।

वैद्य र श्रेष्ठलाई राष्ट्रिय अरनिको सम्मान

प्रतिष्ठानले यसपालि ‘राष्ट्रिय अरनिको प्रज्ञा सम्मान’बाट कलाकारद्वय वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठलाई सम्मान गर्ने भएको छ । उक्त सम्मानको राशी जनही नगद एक/एक लाख रुपैयाँ रहेको छ ।

यस्तै, राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत हस्तकला, शिल्पकला विधातर्फ अनुकुमार केसी, मूर्तिकलातर्फ भाजुरत्न शाक्य र तमबहादुर पुन, परम्परागत चित्रकलातर्फ राजकुमार राना, आधुनिक चित्रकलातर्फ कृष्णप्रकाश शाह, लोककलातर्फ हरेराम यादव र वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ प्रकाश पुनमगरलाई पुरस्कार प्रदान गरिने भएको छ । उहाँहरुको पुरस्कार राशि जनही रु ६० हजार रहेको छ ।

प्रतिष्ठानले जनही नगद रु २५ हजार राशि रहेको विशेष पुरस्कारतर्फ विधागत रूपमा १७ कलाकारको नामसमेत सार्वजनिक गरेको छ । सोही राशि रहेको राष्ट्रिय ललितकला लेखक पुरस्कार नविन्द्रराज भण्डारी र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार दीपक श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रतिष्ठानले प्रदेशगत रूपमा ललितकला प्रादेशिक पुरस्कार पाउने सात कलाकारको नामसमेत घोषणा गरेको छ । रासस



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।