English

आफूलाई ऊर्जावान् राख्न बिहानको यी बानी बदल्नुहोस्



बिहान उठेपछि सबैको आ–आफ्नै बानी हुन्छ । यस्तो अवस्थामा धेरैले आफ्नो स्वास्थ्यलाई लिएर केही न केही गल्ती गर्छन् । बिहान उठेपछि तपाईंले केही यस्ता बानीहरू समावेश गर्नुपर्छ जसले तपाईंलाई दिनभर ऊर्जावान् राख्नुका साथै सधैं स्वस्थ्य राख्छ । धेरैको बिहान उठ्ने बित्तिकै चिया पिउने बानी हुन्छ भने कतिपयलाई घुम्न जान मन लाग्छ ।

अँध्यारोमा उठ्नुहोस्
सामान्यतया धेरै मानिसहरू बिहान अबेरसम्म सुतिरहन्छन् । कोही बिहान उठ्ने बित्तिकै अँध्यारोमा बस्न रुचाउँछन् । अँध्यारोमा बस्ने बानीले ऊर्जाबाट टाढा राख्ने काम गर्दछ । कोठा उज्योलो हुनुपर्छ । बिहान उठ्ने बित्तिकै तपाईंले आफ्नो कोठाको पर्दा हटाउनु पर्छ ताकि घाम वा दिउँसोको उज्यालो देखियोस् । यसले तपाईंलाई तनावबाट मुक्त गराउनेछ र तपाईंको मुडमा पनि परिवर्तन ल्याउनेछ ।

ढिलो सुत्ने बानी
प्रायः मानिसहरू बिहान अबेरसम्म सुत्छन् । यो स्वास्थ्यका लागि निकै हानिकारक छ । राति समयमै सुतेपछि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् । ७ देखि ८ घण्टाको निद्रा पूरा गरेपछि सजिलै उठ्न सकिन्छ । यसले तपाईंको दिनचर्या सुधार गर्न धेरै मद्दत गर्दछ ।

व्यायाम
नियमित व्यायाम गर्नाले तपाईंलाई सधैं फिट रहन मद्दत गर्छ । बिहान व्यायाम गर्नाले तपाईंलाई जागरिलो बनाउँछ । तर धेरै मानिसहरू व्यायाम गर्दैनन् । तिनीहरू बिहान अल्छी महसुस गर्छन् । तिनीहरू कसरत वा व्यायाममा सम्झौता गर्छन् र यसबाट टाढा हुन्छन् । जहाँ दिनप्रतिदिन उनीहरूको स्वास्थ्यका लागि हानिकारक हुन थाल्छ ।

दाँत माझ्न बिर्सने
खाना खाएपछि दाँतमा एउटा तह जम्मा हुन्छ, त्यसलाई हटाउन बिहानै दाँत सफा गर्नु वा माझ्नु अति आवश्यक हुन्छ । बेलुका खाना खाइसकेपछि पनि दाँत माझ्न सकिन्छ । यदि तपाईंंले यसो गर्न बिर्सनुभयो भने तपाईंलाई दाँतसँग सम्बन्धित धेरै रोग लाग्न सक्छ । दैनिक दाँत सफा गर्नाले गिजाको दुखाइ र मुख गन्हाउने जस्ता कुराहरू हटाउन सकिन्छ । स्वस्थ दाँत र मुखले पनि तपाईं ऊर्जावान् राख्न मद्दत पुर्‍याउँछ ।
यो पनि…
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात
जीवनको अन्त्यमा याद आउनेछ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।