English

चोलुङ पार्कको लालीगुराँसले तान्दै छ पर्यटक



तेह्रथुमको चोलुङ पार्कमा फुलेको राताम्य लालीगुराँसले पर्यटकलाई स्वागत गरिरहेको छ । पार्कको छेउमा फुलेको लालीगुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ ।

पार्कमा फुलेको लालीगुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासीको भनाइ छ । यही कारण तिनजुरे मिल्के जलजले (टीएमजे)को प्रवेशद्वारको रूपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ ।

लालीगुराँस फुल्ने सिजन शुरु भएसँगै यस क्षेत्रको स्वरूप नै रंगिन बनेको छ । यहाँका होटल व्यावसायी समेत पर्यटकको स्वागत सत्कारका लागि आतुर छन् ।

टीएमजेलाई लालीगुराँस राजधानी पनि भनिन्छ । लालीगुराँस फुल्ने सिजन शुरु भएसँगै यस क्षेत्रको स्वरूप नै रंगिन बनेको छ । यहाँका होटल व्यावसायी समेत पर्यटकको स्वागत सत्कारका लागि आतुर छन् ।

फागुनदेखि वैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । कोरोना महामारीले थलिएको पर्यटन व्यावसाय बिस्तारै फस्टाउन थालेको छ ।

विगतका वर्षहरूभन्दा यसवर्ष अधिक मात्रामा हिउँ परेसँगै गुराँसको सिजनअघि नै पर्यटकहरू आउँन थालेका थिए । हिउँमा रमाएका पर्यटकको चाप सेलाउन नपाउँदै गुराँस हेर्ने बढेका छन् । काठमाडौबाट चोलुङ पार्क पुगेका जीवन श्रेष्ठ भन्छन्, ‘गुराँस फुलेपछि श्रीमतीसहित यता आएको छु । गुराँसको बोटमा फोटो लिने धेरै पर्यटक भेटेँ ।’

यहाँ विशेषगरी सिजनमा वसन्तपुरको चोलुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतिबेला भने यसक्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेगतर्फ गुराँस फुल्न थालेको छ ।

गुराँससँगै प्राकृति सुन्दरतामा रमाउन चहने पर्यटक यहाँ आउँछन् । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन पर्यटकको चाप बढी हुन्छ ।

विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यहाँ २८ प्रजाति पाइन्छ । गुराँस संरक्षणका लागि स्थानीय वन उपभोक्ता समितिले गुराँसको बिरुवा रोप्ने लगायत काम गर्दै आएको छ । गुराँस एक हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ ।

यो पनि
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

Latest










Popular
Suggested