उत्तर कोरिया, मैले जे देखेँ
२० वर्ष छोटो समय हैन । एकै ठाउँ, एकै किसिमको काम । परिवर्तनको लागि १० वर्ष एक युग मानिन्छ । यसरी हेर्दा मैले बिताएको २० वर्ष दुई युग जस्तै थियो । काम उत्साहका साथै गरिरहेको थिएँ । नयाँ ठाउँ अनि नयाँ चुनौतीका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने लालसा पनि थियो । दिनहरू यसरी नै बढिरहेका थिए ।
सामान्य दिन नै विशेष बन्ने हो । यस्तैमा एक दिन विशेष बन्यो । दुई दशकसम्म वल्र्ड फुड प्रोग्राम (डब्लुएफ्पी) अर्थात् विश्व खाद्य कार्यक्रम नेपालमा काम गरिसकेपछि मेरो जागिरे जीवनमा नयाँ घुम्ती आयो ।
म कार्यरत संस्थाले मलाई अन्तर्राष्ट्रिय कर्मचारीको हैसियतमा पूर्वी एसियामा अवस्थित उत्तर कोरिया (प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया) पठाउन थालेको थाहा पाएँ । मेरो लागि यो निकै महङ्खव राख्ने मौका थियो । यसैले आफूले पाएको नयाँ जिम्मेवारीलाई लिएर म उत्साहित थिएँ । मन फुरुङ्ग थियो । तर, उत्तर कोरिया जाने मौका मैले सहजै पाएको थिइन । यसका लागि निकै सङ्घर्ष गर्नुपरेको थियो । निकै उतारचढावपछि मात्र मैले उत्तर कोरिया जाने मौका पाएको थिएँ ।
यसरी छानिएँ म
उत्तर कोरियाका लागि मेरो छनोट हुँदाको प्रसङ्ग अनौठो छ । यो निकै उथलपुथलले भरिएको छ ।
उत्तर कोरियामा तीन वर्षदेखि लगातार खडेरी परेको कारण भोकमरीले लाखौ“ जनताको मुत्यु भएकाले डब्लुएफ्पीले त्यहाँ आपत्कालीन कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।
डब्लुएफ्पीले वार्षिक झन्डै एक लाख मेट्रिक टन खाद्यान्न सहयोग पुर्याएर मानवताका लागि काम गर्दै थियो ।
मानवताका लागि काम गरिरहेको डब्लुएफ्पी जस्तो संस्थामा रहेर उत्तर कोरियाली नागरिकलाई भोकमरीबाट केही हदसम्म भए पनि छुटकारा दिलाउन भूमिका रहने भएकाले उत्तर कोरिया जानका लागि म उत्साहित थिएँ ।
आपत्कालीन खाद्य वितरण कार्यक्रमको सुपरिवेक्षणको लागि आपत्कालीन कार्यक्रम अधिकृत पद थियो । यो पदका लागि एसियाली मुलुकस्थित डब्लुएफ्पीका अनुभवी नेसनल प्रोग्राम अफिसरहरू मध्येबाट तीन जनालाई दुई वर्षको काजमा नियुक्त गर्ने निर्णय भयो ।
डब्लुएफ्पीको मुख्यालयले डब्लुएफ्पी उत्तर कोरियाको निम्ति दुई वर्ष अवधिको लागि डब्लुएफ्पी दक्षिण एसियाली राष्ट्रहरुमा कार्यरत नेसनल अफिसरहरूबाट रोस्टर तयार गर्ने निर्णय गरेको थियो । हामीले रोस्टरमा आवेदन दिनुपर्ने र त्यसबाट मुख्यालयले छान्ने प्रक्रिया थियो । त्यसमा मैले आवेदन दि“दा पनि निकै सङ्घर्ष गर्नुपर्यो ।
पहिलोपल्ट मैले उत्तर कोरियाका लागि आवेदन दि“दा यताका हाकिमले स्वीकृति नदिएर रोकिएको थिएँ ।
म डडेलधुरा, बैतडीलगायत सुदूर पश्चिमाञ्चल क्षेत्रको तीनहप्ते फिल्ड भिजिटमा गएको थिएँ ।
त्यति नै बेला उत्तर कोरियास्थित डब्लुएफ्पीको कार्यालयका लागि कार्यक्रम अधिकृतमा म छनोट भएछु । त्यहाँबाट नेपालको डब्लुएफ्पीका कन्ट्री डाइरेक्टरलाई ‘नेपालबाट मलाई रिलिज’ गर्न इमेल पठाइएको रहेछ ।
मलाई केही थाहै नदिई त्यो बेलाको मेरो इमिडियट सुपरभाइजर माड्स लोफभाल (प्रोजेक्ट अफिसर) र कन्ट्री डाइरेक्टर डग्लस् कुट्स्ले आपसी सल्लाह गरेर मलाई नेपालको कन्ट्री अफिसबाट छोड्न (रिलिज गर्न) नसकिने जवाफ पठाएका रहेछन् ।
त्यो बेला नेपालको कन्ट्री अफिसमा मसँगै काम गरेका मेरा साथी होमबहादुर क्षेत्री डब्लुएफ्पी उत्तर कोरियामा कार्यरत हुनुहुन्थ्यो । उहाँले नै उत्तर कोरियाका डेपुटी कन्ट्री डाइरेक्टर (उहाँको इमिडियट सुपरभाइजर) करिन मानेन्तेसँग मेरो विषयमा कुरा गरेर मेरो सिफारिस गर्नुभएछ ।
जब नेपालबाट कन्ट्री डाइरेक्टरले मलाई रिलिज गर्न नसकिने जवाफ पठाउनुभयो तब करिनले क्षेत्रीलाई भनेछन्, ‘हीराकाजीलाई उसको कन्ट्री डाइरेक्टरले रिलिज गर्न सकि“दैन भनेर जवाफ पठाएकाले हामी केही गर्न सक्दैनौ ।’
यो कुरा मेरा मित्र होमबहादुर क्षेत्रीले मलाई इमेलमार्फत खबर गर्नुभयो । उहाँले भन्नुभयो, ‘तिम्रो कन्ट्री डाइरेक्टरले नै रिलिज गर्न सकिँदैन भनेपछि यहाँबाट केही गर्न सकिँदैन ।’
स्वाभाविक थियो, यसले मलाई बिथोल्यो; म हताश भएँ, निराश पनि ।
मैले मेरो सुपरभाइजरलाई प्रश्न सोधेँ, ‘उत्तर कोरियाबाट मेरो कन्र्फमेसन आएको रहेछ, तपाईंले मलाई खबरसमेत नगरिकन किन मलाई रिलिज गर्न सकिन्न भनेर जवाफ पठाउनुभयो ?’
उत्तरमा उनले भने, ‘कन्ट्री डाइरेक्टरले तिमीजस्तो २० वर्षे अनुभवी अफिसर नपाइने भएकाले रिलिज गर्न सकिँदैन भनेको हो ।’
कहिलेकाहीँ एकै ठाउँमा धेरै वर्ष काम गरेर अनुभवी हुनु पनि राम्रो हैन रहेछ झैँ लाग्यो ।
मेरा हाकिमहरूले आफ्नो स्वार्थको लागि मेरो उन्नतिमा भाँजो हालेको थाहा पाएर मलाई रिस उठ्यो । दुःख पनि लाग्यो ।
इमानदार र मिहिनेती भएर काम गर्दा पुरस्कार र पदोन्नति पाउनुपर्नेमा सजाय पो पाइयो भन्ने लाग्यो । कतिसम्म भने यसरी काम गर्नु नै गलत रहेछ कि भन्ने अनुभूतिले मलाई बारम्बार चिमोटिरह्यो । यो घटनाले मलाई निकै झस्कायो ।
दोस्रो पटक इराकको सुलेमानिया सब–अफिसका लागि टिडिवाइ
(ट्राभल अन ड्युटी) अन्तर्गत सुरुमा तीन महिनाको लागि प्रोग्राम अफिसर पदमा दैनिक भत्तामात्र पाउने गरी नियुक्ति भएको खबर आयो ।
त्यो बेला पनि कन्ट्री डाइरेक्टर डग्लस कुट्सले भन्नुभयो, ‘तिमी त्यो टिडीवाइमा जानलाई आफ्नो पदबाट राजिनामा दिन तयार छौ त ?’
उहाँको प्रश्न सुनेपछि मैले पनि आफ्नो तर्क अघि सारे“ । मेरो तर्क थियो, ‘टिडीवाइमा जानु भनेको तलब नेपाल अफिसबाटै पाइने हो, टिडिवाइमा जाने अफिसबाट त दैनिक भत्तामात्र पाइने हो ।
राजिनामा दिएपछि त म डब्ल्यूएफ्पीको कर्मचारी नै रहन्न ।’
मैले फेरि भनेँ, ‘अनि यो टिडीवाइ भनेको डब्लुएफ्पीकै कुनै अर्को ड्युटी स्टेसनमा कार्यरत कर्मचारी केही महिनाको लागि काजमा अर्को देशको ड्युटी स्टेसनमा गए जस्तै हो ।’
मेरो यो तर्कमा केही आवेग पनि थियो । यति हुदाँहुँदै पनि मेरो कुरामा डग्लस सहमत हुनुहुन्छ भन्ने लागेको थियो ।
तर, उहाँको भनाइ मलाई रिलिज गर्न सकिन्न भन्नेमै केन्द्रित थियो ।
तेस्रोपटक मैले उत्तर कोरियाका लागि रोस्टरमा नाम राख्न आवेदन दिन खोज्दा पनि कन्ट्री डाइरेक्टर डग्लस कुट्सले नदिएपछि यस पटक भने मेरो नयाँ सुपरभाइजर (प्रोग्राम अफिसर) सारा लटनले कन्ट्री डाइरेक्टरसँग कुरा गरिदिनुभयो ।
२० वर्षको अनुभवी यस्तो अफिसर अर्को पाइँदैन, त्यसैले छोड्न सकिन्न भन्ने कन्ट्री डाइरेक्टरले आफ्नो पुरानो अडान यस पटक पनि दोहो¥याउनुभएछ ।
जवाफमा मेरो सुपरभाइजरले भन्नुभएछ, ‘अर्को राम्रो मान्छे खोज्न नसक्नु हाम्रो समस्या हो । हाम्रो कारणले उसको करिअर रोकेर राख्न त मिलेन नि !’
सुपरभाइजरले सम्झाएपछि अनुभवी मान्छे ल्याइदिने सर्तमा कन्ट्री डाइरेक्टरले बल्लबल्ल सहमतिको टाउको हल्लाउनुभयो ।
डा. पदमबहादुर सिंह कृषि मन्त्रालयमा सहसचिवमा पदोन्नति भएपछि डब्लुएफ्पी, नेसनल अफिसर (एनओ–ए) पद छाडेर जानुभएको थियो ।
यसअघि उहाँ नेसनल अफिसर (एनओ–ए) मा एक्स्टर्नल क्यान्डिडेटहरूमध्येबाट र म इन्टर्नल क्यान्डिडेटहरूमध्येबाट छानिएका थियौ“ । त्यो बेला उहाँ कृषि मन्त्रालयमा उपसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । त्यसैले उहाँले बेतलबी बिदा लिएर डब्लुएफ्पीमा प्रवेश गर्नुभएको थियो ।
मैले डा. सिंहसँग सम्पर्क गरे“ । मेरो ठाउँमा आउन उहाँ तयार हुनुभयो । यतिबेला मेरो नेशनल अफिसर पद एनओ–बीमा पदोन्नति (Upgrade) भइसकेको थियो । बल्ल कन्ट्री डाइरेक्टर मलाई उत्तर कोरिया पठाउन राजी हुनुुभयो ।
यसरी उत्तर कोरिया जाने मेरो बाटो खुल्यो । उतारचढावको धेरै शृङ्खला पार गरेपछि मात्र मेरो लागि अवसरको नयाँ ढोका खुल्दै थियो ।
रोस्टरमा आवेदन दि“दैमा उत्तर कोरिया जान पाउने नपाउने ठेगान थिएन । भाग्यवस नेपाल, भुटान र बङ्गलादेशका एक–एकजना गरी हामी तीन जना उत्तर कोरियाका लागि छनोट भयौ“ ।
ती को थिए ?
कठोर र बन्द प्रकृतिको शासन व्यवस्थाका कारण उत्तर कोरियामा पर्यटक वा अन्य विदेशीलाई प्रवेशका लागि सहज छैन ।
विदेशी पर्यटकलाई शङ्कालु दृष्टिले हेर्ने कोरियाली सरकारको नीतिकै कारण भिसा दिने मामिलामा पनि उत्तर कोरिया कठोर मानिन्छ ।
संयुक्त राष्ट्रसङ्घीय नियोगहरूका कर्मचारीलाई भने प्रवेश भिसा पाउन गाह्रो हुँदैन । त्यसैले हामीले पनि उत्तर कोरियाको भिसा सहजै पायौँ ।
ललितपुर बखुण्डोलस्थित उत्तर कोरियाली दूतावासमा मैले भिसाको लागि आवेदन दिएको थिएँ ।
अचानक नसोचेको एउटा घटना भयो ।
भिसाका लागि आवेदन दिएको केही दिनपछि मलाई एउटा अपरिचित व्यक्तिको फोन आयो । उहाँले मलाई फोनमा सोध्नुभयो, ‘तपाईं उत्तर कोरिया जाँदै हुनुहुँदो रहेछ एकपटक भेटौँ न !’
यो फोन मेरा लागि निकै अनौठो र उत्तिकै कौतूहलयुक्त थियो ।
मैले मलाई फोन गर्ने उक्त व्यक्तिसँग परिचय मागे“ । फोनमा उताबाट आएको जवाफ मेरा लागि झनै झस्क्याउने खालको थियो ।
उहाँले आफूलाई ‘दक्षिण कोरियाली दूतावासको प्रथम सचिव’ को रूपमा परिचय दिनुभयो ।
यो परिचयले म स्तब्ध भएँ ।
म उत्तर कोरिया जान लागेको खबर दक्षिण कोरियाली दूतावासले कसरी थाहा पायो ?
मेरो जिज्ञासा स्वाभाविक थियो ।
मनमा उठेको यो जिज्ञासा आफैमा स्वाभाविक पनि थियो ।
मलाई कता कता डर पनि लाग्यो ।
यदि मैले दक्षिण कोरियाली दूतावासको प्रथम सचिवसँग भेट गरेको कुरा उत्तर कोरियाली दूतावासले थाहा पायो भने के हुन्छ ?
मनमा हुन्डरी चल्न थाल्यो ।
लाग्यो, अब मलाई उत्तर कोरियाले दक्षिण कोरियाको जासुस ठानेर भिसा नदिन सक्छ ।
के गरूँ, कसो गरूँ भयो ।
त्यसैले हेरूँ फुर्सद मिले भेटुँला भनेर टारेँ । भेट्न गइन ।
अहिले पनि त्यो फोनबारे सोच्ने गर्छु ।
त्यो फोन कसको थियो होला ?
सायद त्यो फोन उत्तर कोरियाली दूतावासको कर्मचारीकै थियो कि !
दक्षिण कोरियाली दूतावासको प्रथम सचिव भनेर फोन गरेको हो कि !
उत्तर कोरियाबारे मेरो धारणा बुझ्नलाई त्यो फोन आएको हुन सक्ने मेरो अनुमान हो ।
कुरा तलमाथि परेको भए मैले भिसा पाउन पनि सक्थेँ, नपाउन पनि सक्थेँ ।
तर, त्यस्तो केही भएन । भिसा सहजै पाइयो ।
उत्तर कोरियाली दूतावाससँग म झस्किनुपर्ने कारण छ । त्यति बेलादेखि अहिलेसम्म पनि संयुक्त राज्य अमेरिकाले लगाएको कडा नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन् ।
काठमाडौ“मा उत्तर कोरियाको दूतावास त छ तर सामान्य कूटनीतिक सम्बन्धबाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन् ।
संयुक्त राज्य अमेरिकाको नाकाबन्दीकै कारण अघिल्लो सरकारले नेपालमा भएका उत्तर कोरियाको सम्पूर्ण लगानी बन्द गराएको थियो । नेपालस्थित अमेरिकी दूतावासको पटकपटकको दबाव थेग्न नसकी अघिल्लो सरकारले उत्तर कोरियाली लगानी बन्द गराउन बाध्य भएको थियो ।
उत्तर कोरियाली संरक्षणमा सञ्चालित अस्पताल, रेस्टुरेन्ट, सूचना प्रविधिका कम्पनीहरू अमेरिकी नाकाबन्दीका कारण गत डिसेम्बर २०२० बाट बन्द छन् ।
उत्तर कोरियालीहरूले आफ्ना लगानीमा सञ्चालन भएका झन्डै २५ करोडका कम्पनीहरू चिनियाँ व्यापारीलाई बिक्री गरे भने केहीले कम्पनी नै बन्द गरेर प्योङयाङ फर्किएका थिए ।
नेपालमा सधै“जसो विवादमा आइरहन्छ यो दूतावास ।
राजपरिवारको नरसंहारले बिथोलिएको मन
त्यतिबेला क्यालेन्डरमा सन् २००१ लेखिएको थियो ।
अचानक हाम्रो देश ठूलो भड्खालोमा प¥यो । कसैले कहिल्यै नचिताएको घटना भयो ।
मलाई अझै पनि याद छ, त्यो नेपाली क्यालेन्डर अनुसार २०५८ जेठ १९ गतेको रात थियो ।
नारायणहिटी राजदरबारमा ठूलो दुर्घटना भयो ।
राजारानीसहित राजपरिवारको नरसंहार भएको कालो रात थियो त्यो ।
स्वाभाविक थियो, त्यो घटनाले मलाई स्तब्ध पार्यो ।
उत्तर कोरिया प्रस्थान गर्नका लागि सबै बन्दोबस्त गरिसकेको थिएँ ।
कतिसम्म भने जुन ३ मा उत्तर कोरिया उड्नका लागि हवाई टिकटसमेत मेरो हातमा आइसकेको थियो ।
तर, त्यसको दुई दिनअघि राजपरिवारको संहार हुन पुग्यो । राजपरिवारका १० सदस्यको हत्या भएको थियो । मजस्तै आम नेपाली जनताका लागि यो घटना आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय थियो ।
दुःख नै सुख हो सुख नै दुःख हो भन्थे बूढापाकाहरूले । यसलाई मैले सुखभित्र लुकेको दुःखको रूपमा लिएँ । त्यत्रो राजदरबार, त्यत्रा सेना, त्यत्रो सानसौकतमा बसेको राजा र परिवार एकै चिहान भएको घटना मानव इतिहासमै अविस्मरणीय घटना थियो ।
एउटा कुकुर मर्दा मुचुल्का उठाउनुपर्ने देशमा राजपरिवारको हत्यापछि न मुचुल्का न कुनै छानबिन भयो । न कसैले शवमाथि दुई थुँगा फूल चढाउन पाए । लास पोको पारेको दृश्य टेलिभिजनमा देखियो; त्यो पनि राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, युवराज्ञी श्रुति र निराजन सबैको ।
यो घटना भएको थियो २०५८ जेठ १९ गते, शुक्रबार । आज २० वर्षपछि सम्झँदा पनि उत्तिकै कहालीलाग्दो क्षण बनेर आउँछ त्यो घटना । राति भएको घटनाको समाचार बिबिसी, सिएनएनले राति नै दिएको भए पनि भोलिपल्ट मात्र हामीले थाहा पायौ“ ।
माओवादीको सशस्त्र सङ्घर्ष उत्कर्षमा पुग्दै थियो । त्यसमाथि दरबारमा राजा वीरेन्द्रको वंश नै नाश हुने गरी हत्याकाण्ड भएपछि अब मुलुकमा के हुने हो, कसो हुने हो भन्ने अन्योल र अनिश्चय थियो ।
भोलिपल्ट नै शवयात्रा भयो । आफ्ना राजारानी र राजपरिवारका सदस्यहरूको असामयिक निधनको शोकमा आमनेपाली जनता अश्रुधारा बगाउँदै शवयात्रामा निस्किए । धेरैले केश मुण्डन गरेर शोक मनाए ।
टेलिभिजनको काँचको पर्दामा त्यो दृश्य हेर्दा भावुक हुनु स्वाभाविक थियो । तर, भोलिपल्ट उत्तर कोरियाका लागि प्रस्थान गर्नै पर्ने मेरो बाध्यता थियो । मान्छे त हो; जे जहाँ जसो भए पनि उसको व्यक्तिगत काम नै उसलाई ठूलो हुन्छ । म पनि मेरो कामले कोरिया जाने भएको थिएँ ।
भारी मन लिएर २०५८ जेठ २१ (३ जुन, २००१) का दिन म उत्तर कोरियाका लागि प्रस्थान गरे“, त्यसै दिनपछि नेपालमा कफ्र्यु लागेछ ।
सोचे“, त्यति ठूलो घटना हुँदा धन्न मेरो यात्रा प्रभावित भएन । मान्छेको मन न हो जहाँ जे भए पनि आफैलाई केन्द्रमा राख्दछ । मेरो मनको केन्द्रमा पनि मै थिएँ ।
मनमा अशान्ति र अनिश्चयका बादल भने मडारिइरहेका थिए ।
अब नेपालको भविष्य के होला ? नेपाली राजनीति कसरी अघि बढ्ला ?
यस्ता अनेकौ“ प्रश्नहरू मनमा खेलिरहेका थिए ।
म आकाशमा उडिरहेको थिएँ तर मेरो मन भने आफ्नै देशको धरातलमा थियो । जब नेपाल छाडे“, झन् नेपाल मनभरि बसिरह्यो ।
थोत्रो हवाईजहाजमा मेरो यात्रा
काठमाडौ“बाट थाइल्यान्डको राजधानी बैङ्कक अनि चीनको राजधानी बेइजिङ हुँदै उत्तर कोरियाको प्योङयाङका लागि उडान थियो मेरो ।
एक दिन बेइजिङ बस्नुपथ्र्यो । त्यहाँ डब्लुएफ्पीको आफ्नै कार्यालय पनि थियो ।
बेइजिङबाट जुन ४ मा म एयर को¥योको जहाजबाट नाम सुनिरहेको तर कहिल्यै नपुगेको देश उत्तर कोरियाको राजधानी प्योङयाङतर्फ उडिरहेको थिएँ ।
एयर को¥यो उत्तर कोरियाको एक मात्र ध्वजावाहक वायुसेवा प्रदायक रहेछ । यो एयरलाइन्सको स्थापना सन् १९५५ मा भएको रहेछ ।
तर, हवाईजहाजभित्र पस्नासाथ मन अमिलो भएर आयो । हवाईजहाज निकै थोत्रो थियो । बुझ्दै जाँदा त्यो हवाईजहाज त रुसले विश्वयुद्धताका उत्तर कोरियालाई उपहार दिएको रहेछ ।
हवाईजहाजभित्र अचम्मको अर्को दृश्य देखियो, जुन दृश्य मैले अहिलेसम्म देखेको थिइन, सुुनेको पनि थिइन ।
जहाजभित्र देखे“ सबै सिटहरू यात्रुले ओगटिसकेका थिए तर एयरहोस्टेसका लागि छुट्टै सिटको व्यवस्था रहेनछ ।
जहाजमा दुई जना एयरहोस्टेस थिए । बेइजिङदेखि प्योङयाङसम्मको दुई घण्टाको उडानभरि यात्रुको सिटमा आड लागेर ती दुई एयरहोस्टेस उभिएरै यात्रा गरिरहेका थिए । मलाई उनीहरूको माया लाग्यो ।
किन यस्तो गरेको होला भनेर मनमा प्रश्न पनि जन्मियो तर मैले उनीहरूलाई सोधिन ।
हवाईजहाज उड्ने र अवतरण गर्ने बेला ‘फास्टन योर बेल्ट’ लेखिएको सङ्केत देखिन्थ्यो ।
त्यो कति पुरानो हवाईजहाज हो भन्ने भित्रपट्टि टाँगिएको सूचनाले पनि सूचित गर्दै थियो । त्यहाँ लेखिएको थियो, ‘फास्टन योर बेल्ट’ अर्थात् तपाईंको पेटी कस्नुहोस् ।
नयाँ जहाजहरूमा फास्टेन योर सिटबेल्ट लेखिन्छ । तर त्यहाँ भने सिट शब्द गायब थियो ।
यो सबै घटना देखेर एक मनले त हाँसो पनि उठिरहेको थियो । तर, सँगसँगै थोत्रो हवाईजहाजको यात्राले मनमा कता कता डरको आँधी पनि चलिरहेको थियो ।
किम जोङ इलले कहिल्यै पनि हवाईजहाजबाट यात्रा गरेनन् । जहाँ गए पनि निजी रेलबाट जान्थे रे भन्ने सुने“ ।
हवाईजहाज किन चढ्दैनन् भने सायद दोस्रो विश्वयुद्धताका रुसले दिएको यो थोत्रो न थोत्रो हवाईजहाज चढेर सायद उनी चुनौती मोल्न चाहँदैनथे होला ।
यो हवाईजहाजप्रति उनलाई विश्वास थिएन होला । तर मसँग अर्को उपाय थिएन । मजबुरीको अर्को नाम महात्मा गान्धी भनेजस्तै भयो ।
यही स्थितिमा थिएँ म ।
त्यो हवाईयात्रामा डब्लुएफ्पी, बङ्गलादेशको नेसनल अफिसर साथी पनि मसँगै यात्रामा थिए ।
यात्राको क्रममा यो सब दृश्य देखेर उनी पनि म जस्तै चकित परेका थिए । आखिर उनको पनि पहिलो भ्रमण थियो, उत्तर कोरियामा ।
पुगियो उत्तर कोरिया
थोत्रो हवाईजहाजले उत्तर कोरियाको जमिन छोइसकेछ । कोरियन भाषामा उत्तर कोरिया आइपुगेको जानकारी एयर होस्टेसले दिए । हामी जसोतसो उत्तर कोरिया प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौ“ ।
उत्तर कोरियाको राजधानीको नाममा रहेको विमानस्थल सुन्दर लाग्यो । हरेक विमानस्थलको आफ्नो इतिहास भए झै“ यसको पनि आफ्नै इतिहास पढे“ । दोस्रो विश्वयुद्ध अघि जापानको आधिपत्य रहेको यो विमानस्थलमा जापानले छाडेपछि भएको कोरियाली युद्धमा अमेरिकी सेना बसेको रहेछ । बनेको समय सन् १९४० बाट गनेर ल्याउँदा ८१ वर्ष पुरानो भइसकेछ । तर, समय समयमा सुधार गरिएकाले होला वर्तमानमा राम्रै विमानस्थलमध्ये पर्दछ यो ।
नेपालबाट हि“डेकै दिनदेखि उत्तर कोरियाको जागिरको दिन गणना हुँदो रहेछ । दुई दिनको दैनिक भ्रमणभत्ता समेत प्राप्त भयो ।
विश्वकै एउटा फरक राज्य व्यवस्था भएको मुलुकमा म दुई वर्षका लागि डेपुटेसनमा गएको थिएँ ।
नेपालको मेरो पद कायमै थियो ।
उत्तर कोरियाको यो भ्रमण मेरा लागि निकै चुनौतीपूर्ण थियो र कौतूहलपूर्ण पनि उत्तिकै थियो ।
प्योङयाङ विमानस्थलबाट बाहिर निस्कँदा मलाई र बङ्गलादेशको ढाकाबाट यात्रा गरेर आएका डब्लुएफ्पीका अर्का प्रोग्राम अफिसर कुमुद भौमिकलाई लिन ड्राइभरसहित एकजना कोरियाली कर्मचारी
(नेसनल अफिसर) दोभाषेका रूपमा आएका रहेछन् ।
बङ्गलादेशी प्रोग्राम अफिसर भौमिकलाई डब्लुएफ्पी अफिस कम्पाउन्डसँगैको अर्को कम्पाउन्डको गेस्टहाउसमा अपार्टमेन्ट बुक गरिएको रहेछ ।
मलाई अफिसको ठिक पछाडिको कम्पाउन्डमा रहेको बुल्गेरियन दूतावासको बिल्डिङमा अपार्टमेन्ट बुक गरिएको रहेछ ।
उत्तर कोरिया पुगेकै दिन (२००१ जुन ४ ) देखि कार्यालयमा हाजिर भइयो ।
कन्ट्री डाइरेक्टर र राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित कर्मचारीहरूसँग परिचय भयो । कन्ट्री डाइरेक्टर (रिक कोर्सिनो) र संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि डेभिड मोर्टन, जो विश्व खाद्य कार्यक्रमको प्रतिनिधि समेत हुनुहुन्थ्यो, उहाँहरूसँग केहीबेर भलाकुसारी भयो ।
नेपालबाट आएको हुनाले डेभिड मोर्टनसँगको परिचयात्मक मिटिङमा राजदरबार हत्याकाण्डबारे उनीहरूले चासो देखाएका थिए ।
स्वाभाविक थियो, नेपालको राजदरबार हत्याकाण्डले नेपालमात्र होइन, संसार नै हल्लिएको थियो । विदेशीलाई पनि उक्त नरसंहारबारे विशेष चासो थियो ।
मलाई जानकारी भएसम्मको कुरा त्यहाँ बताएँ ।
उनीहरूलाई थाहा थियो, मैले २० वर्ष डब्लुएफ्पी, नेपालमा काम गरेको कुरा । त्यसैले कर्मचारी र कामसँग परिचित हुन समस्या भएन ।
प्योङयाङमा राष्ट्रसङ्घीय नियोगका कार्यालय, विदेशी दूतावासहरू र अरू अन्तर्राष्ट्रिय सङ्घसंस्थाका लागि डिप्लोमेटिक कम्प्लेक्स रहेछ ।
डिप्लोमेटिक कम्पाउन्ड निकै फराकिलो रहेछ । यहाँभित्र अतिथिगृहदेखि धेरै खालका सुविधा र पूर्वाधार रहेछन् ।
सबै दूतावास र विदेशी नियोगलाई उत्तर कोरियाली सेनाले सुरक्षा दिएको रहेछ । तर, सँगसँगै हरेक कूटनीतिक प्रतिनिधि एवम् कर्मचारीका गतिविधि निगरानीमा रहन्छन् ।
प्योङयाङका निश्चित होटल, रेस्टुराँ र सपिङ सेन्टरमा मात्र हामीलाई जान अनुमति थियो । वरपर देखिएका जुनसुकै पसलमा जान पाइँदैनथ्यो ।
किनभने, त्यहाँ एक त स्थानीय मुद्रा मात्र चल्थ्यो । हामीसँग स्थानीय मुद्रा थिएन । पसलेले डलर नलिने । अर्को, तिनले हाम्रो भाषा नबुभ्mने । हैरानी हुन्थ्यो ।
विदेशीहरूले प्योङयाङलाई ‘खुला कारागार’ पनि भन्दा रहेछन् । कारण यही त होला त्यहाँको आफ्नै प्रकारको साम्राज्य । बाहिरी संसारको वास्ता नगरी मुद्रादेखि भाषामा आफ्नै आधिपत्य ।
तर, डिप्लोम्याटिक कम्पाउन्डभित्रै होटल, रेस्टुराँ, बार, सपिङ कम्लेक्स, स्विमिङ पुल, नाइट क्लब, मसाज सेन्टर सबै व्यवस्था थियो । त्यो पनि अन्तर्राष्ट्रिय स्तरको ।
झट्का लाग्ने त्यो आदेश
सुरुमा दुई वर्षका लागि उत्तर कोरिया गएको थिएँ ।
तर, म उत्तर कोरिया गएको एक वर्षपछि नेपालमा डब्लुएफ्पीका कन्ट्री डाइरेक्टर नयाँ आउनुभयो । उहाँले मलाई खबर पठाउनुभयो, ‘कि तुरुन्त फर्केर आऊ कि राजीनामा देऊ ।’
मैले यो कुरा उत्तर कोरियाको कन्ट्री डाइरेक्टर रिक कोर्सिनोलाई सुनाएँ । मेरो काम देखेर उहाँले मलाई खुब मन पराउनुभएको थियो । उहाँले मलाई राजिनामा गरिदेऊ तिमीलाई फिक्स्ड टर्म अपोइन्टमेन्टका लागि सिफारिस गरिदिन्छु भन्नुभयो ।
दुवैतिरबाट झट्का लाग्ने समाचारहरू आए । कता लागूँ भन्ने लाग्यो । मान्छे वर्तमानमै रहेर त भविष्य सोच्ने हो । मैले पनि मेरो भविष्य उत्तर कोरियाकै भूमिमा टेकेर गरे“ । त्यही“ रहने हिसाबले मैले नेपालको मेरो नेसनल अफिसर (एनओ–बी) पदबाट राजिनामा दिएँ ।
त्यसको केही महिनापश्चात् मलाई फिक्स्ड टर्म अपोइन्टमेन्ट दिइयो ।
भाषा सिक्न इटलीको टापुमा
त्यहीबेला इन्डिफिनेट अपोइन्टमेन्टका लागि अङ्ग्रेजी भाषाबाहेक संयुक्त राष्ट्रसङ्घको अर्को आधिकारिक भाषा चाहिने भयो ।
केही सोधखोज, सल्लाह र सुझावपछि फ्रेन्च भाषाको चार हप्ते ष्लतभलकष्खभ अयगचकभ पढ्न म इटली जाने निर्णयमा पुगे“ ।
यही सिलसिलामा आफ्नै खर्चमा दक्षिण इटलीको नेपल्स नजिकको सानो प्रोसिडा टापु पुगे“ । यहाँ फ्रेन्च भाषामात्र बोलि“दो रहेछ । यही ठाउँमा चार हप्ता बसे“ । फ्रेन्च भाषाको इन्टेन्सिभ कोर्स पढे“ ।
फ्रेन्च भाषा आफैमा निकै मिठो भाषा लाग्यो । त्यसमाथि प्रोसिडा टापु दक्षिणी इटलीको नेपल्स तटमा पर्ने फ्लेग्रिन टापु आकर्षक रहेछ । केप मिसेनो र इस्किया टापुको बीचमा रहेको प्रोसिडा निकै सुन्दर र मनै लोभ्याउने टापु लाग्यो ।
प्रोसिडा टापुमा चार हप्ता बसेर फ्रेन्च भाषा प्रशिक्षण लिई सकेरत्यही“बाट परीक्षा दिई बी लेभलको फ्रेन्च भाषाको परीक्षा उत्तीर्ण गरे“ ।
त्यहाँबाट उत्तर कोरिया फर्किएँ ।
त्यो सर्टिफिकेट डब्लुएफ्पीको प्रधान कार्यालयको मानव संसाधन विभागलाई बुझाएँ ।
लगत्तै मेरो “फिक्स्ड टर्म अपोइन्टमेन्ट” “इन्डिफिनेट अपोइन्टमेन्ट”मा परिणत भयो ।
फिक्स्ड टर्म अपोइन्टमेन्टमा प्रत्येक दुई वर्षमा कामको पर्फमेन्सको आधारमा कार्यकाल विस्तार हुने गथ्र्यो ।
यसरी मेरो जागिर स्थायी भयो ।
जता हेयो उतै बिजोग
उत्तर कोरियालाई प्रायः एक्लिएको र २१ औ“ शताब्दीसँग मेल नखाने मुलुकका रूपमा हेरिन्छ । उत्तर कोरियामा तीन वर्ष बस्दा मलाई पनि यस्तै अनुभव भयो ।
उत्तर कोरिया विश्वका अन्य केही राष्ट्रहरू जस्तै खाद्यान्न सङ्कट हुने देश हो । त्यहाँ हरेक वर्ष कहिले खडेरी परेर त कहिले बाढी आएर खाद्यान्नको हाहाकार हुन्छ ।
देशभित्रको उत्पादनले देशलाई चाहिने कूल खाद्यान्नको ४० देखि ५० प्रतिशत मात्र धान्छ । बाँकी अपुग खाद्यान्नको आपूर्ति विभिन्न देश (विशेषगरी चीन र रुस) अनि डब्लुएफ्पीको सहायताबाट हुन्छ ।
उत्तर कोरियाका लागि प्रदान गरिने सबैजसो खाद्यान्न जापान, अमेरिका र दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रममार्फत दिने गर्दछन् ।
वर्षेनि आँधी, खडेरी, बाढी आदि प्राकृतिक विपद्ले सताइरहने, त्यसले खाद्यान्नको हाहाकार निम्तिने र यसले मानवीय सङ्कटसमेत पैदा गर्ने कुचक्र चलिरहेको हुन्छ त्यहाँ ।
सन् १९९४–१९९८ मा त लाखौ“ उत्तर कोरियाली नागरिक भोकमरीले मरेका थिए । त्यसबेला कोरियाली शासकले यो अवस्थालाई ‘कठिन मार्च’ को संज्ञा दिएका थिए ।
उत्तर कोरियाली सरकारको गलत व्यवस्थापनका साथै सोभियत सहायतामा भएको कटौतीले गर्दा समस्या विकराल बन्न पुगेको रहेछ ।
खाद्य उत्पादन र आयात दुवैमा तीव्र रूपमा कमी आएपछि दुई करोड २० लाख जनसंख्यामध्ये करिब ३५ लाख नागरिक भोकमरी र यसले निम्त्याउने रोगका कारण मरेको बताइन्छ ।
राजपरिवारको मृत्युले थिलथिलो भएर गएको म लाखौ“ मान्छेको मृत्युको समाचारले झनै थिलथिलो भएँ । जो जहाँ जस्तो भए पनि मेरै भूगोलको मान्छे मरेका थिए । त्यहाँको त्यो विकराल बिजोग लेख्ने हो भने यसको छुट्टै पुस्तक बन्दछ ।
मेरो पद प्रोग्राम अफिसर (इमर्जेन्सी) थियो । आपत्कालीन कामसँग सम्बन्धित जिम्मेवारी थियो । विकास निर्माणसँग सम्बन्धित काम भए पनि हाम्रो काम सङ्कटसँग जोडिएको हुन्थ्यो ।
बाढी रोक्नका लागि कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत तटबन्ध गर्नेदेखि वृक्षारोपणसम्मका काम हुन्थे ।
डब्लुएफ्पीको खाद्यान्न पुग्ने उत्तर कोरियाका सबैजसो काउन्टीहरूमा मासिक खाद्यान्न वितरण गरिन्थ्यो ।
यतिमात्र नभएर गर्भवती र सुत्केरी महिलाहरूलाई खाद्यान्न बाँडिन्थ्यो । नर्सरी, किन्डरगार्टन र प्राइमरी विद्यालयमा खाना र खाजा वितरण गरिन्थ्यो । अस्पतालका बिरामी तथा कुरुवाका निम्ति खाना दिने आदि कार्यक्रमको निरीक्षणमा पनि खटिनुपथ्र्यो ।
अस्पतालमा जाँदा त्यहाँ निकै बिजोग देखिन्थ्यो । आमा र बच्चाको स्थिति झनै दयनीय थियो ।
स्लाइन पानी पनि कोक, फ्यान्टाजस्ता पेय पदार्थका प्लास्टिकका बोतलमा राखेर दिइरहेको देखिन्थ्यो ।
यस्तो दृश्य मैले जीवनमै पहिलोपल्ट उत्तर कोरिया गएर देखेको थिएँ ।
त्यही“ बसेर नेपाल सम्झे“ । हामी गरीब भए पनि जस्तै विकट क्षेत्र र विपन्न समुदाय भए पनि यो हालत हाम्रो देशको कुनै जिल्लामा देखेको थिइन । देख्न पनि नपरोस् ।
विद्यालयका विद्यार्थी र अस्पतालका बिरामीका लागि वितरण गरिने बिस्कुट उत्पादन गर्ने फ्याक्ट्रीमा पनि डब्लुएफ्पीले आवश्यक खाद्यान्न (मैदा, धुलो दूध, चिनी, बटर मिल्क आदि) सहयोग गथ्र्यो । यसैले उक्त बिस्कुट फ्याक्ट्रीहरूको पनि निरीक्षण गर्नुपथ्र्यो ।
मेरो खास कार्यक्षेत्र प्योङयाङ थिएन । त्यहाँ अपार्टमेन्ट भाडामा लिएको थिएँ ।
मेरो कार्यक्षेत्र भने उत्तरी हाम्योङ् प्रोभिन्सको प्रोभिन्सियल राजधानी चोङजिन्मा थियो जुन उत्तर कोरियाको उत्तरपूर्वी क्षेत्र रसिया नजिक थियो ।
चोङजिनमा हाम्रो सब–अफिस थियो । एकजना कोरियाली दोभाषे थिए ।
सुत्ने बेलाबाहेक दिनभरि ती कर्मचारी मसँगै हुन्थे; कारण भाषाको समस्या ।
माइनस ३२ डिग्रीको चिसोमा म
म काठमाडौ“को जाडोसँग परिचित थिएँ । पोखरामा जन्मिएको र हुर्किएको मलाई काठमाडौ“को पुस÷माघको मुटु चिस्याउने जाडोले तर्साइसकेको थियो । तर, उत्तर कोरियाको जाडो ! जाडो के हुन्छ भन्ने कुरा बल्ल भोग्दै थिएँ ।
सबैभन्दा अचम्मको कुरा के भने यहाँ जाडोको समयमा तापक्रम माइनस ३२ डिग्रीसम्म पुग्थ्यो । अहो ! ती दिनहरू सम्झि“दा अहिले पनि मन नै कठ्याङ्ग्रिएर आउँछ ।
कम्पाउन्ड भएको होटलमा हाम्रो कार्यालय थियो । शयनकक्ष भित्रको तापक्रम माइनस पाँच र बैठक कक्षमा माइनस १९ डिग्रीसम्म तापक्रम हुन्थ्यो ।
विद्युत्को सुविधा थिएन । जेनरेटरबाट कार्यालयका लागि विद्युत्को खाँचो पूरा हुन्थ्यो ।
प्योङयाङबाट लिएर गएको मट्टीतेलबाट बल्ने हिटर थियो । स्वास्थ्य जोखिमका कारण रातभरि बाल्न पनि नमिल्ने, एक–डेढ घण्टा बालेर हटाउनुपर्ने ।
जाडोको समयमा सुत्दा अति कष्ट झेल्नुपथ्र्यो । बुट, मोजा, भित्र बाक्लो थर्मल, बाहिर पाइन्ट, ज्याकेट, स्वेटर इत्यादि लगाएर पनि विशेष प्रकारको न्यानो स्लिपिङ ब्याग चाहिन्थ्यो ।
सुत्दा यसो चलमलायो भने पनि ज्यानमा चिसो छिर्ने डर हुन्थ्यो । त्यसैले जुन आसनमा सुतेको छ त्यस्तै अवस्थामा बिहान उठिन्थ्यो ।
साँझ बाल्टिनमा राखेको पानी बिहान उठ्दा जमिसकेको हुन्थ्यो । कसरी मुख धुने ? बडो समस्या पथ्र्यो । नतताई त मुख धुन पनि नसकिने थियो ।
नोभेम्बर महिनाको पहिलो हप्ता (कात्तिक तेस्रो साता) देखि त्यहाँका नदीनालाहरू जमिसकेका हुन्थे ।
पानी जमेको खोलाको बीचमा काठको पिर्कामा मानिसहरू बसिरहेको दृश्य देखे“ । के रहेछ भनेर हेरेको त जमेको पानीमा सानो प्वाल खोपेर त्योभित्र बल्छी छिराएर माछा मार्दै रहेछन् । मान्छे नै हो जहाँ जस्तो अवस्थामा पनि आफूलाई अनुकूल बनाएर हिडाउने ।
त्यहाँ त्यसरी माछा मार्ने स्थानीय जताततै देखिन्थे ।
डिसेम्बर (पुस महिना) देखि त समुद्रमा जमेको पानीमाथि गाडी कुद्ने रहेछ । जीवनमा भोग्न र देख्न के के पाइन्छ । बाँचे देखिन्छ भनेको यही होला । मैले देखे“ र भोगे“ पनि ।
मध्य वैशाखमा पनि एक मिटरभन्दा बढी हिउँ जमिरहेको हुन्थ्यो ।
त्यस्तो जाडो ठाउँमा हिटर थिएन । मट्टितेल सबैले किन्न सक्दैनन् । अझ भनूँ सबैको पहुँचमा थिएन । ट्रकहरू त कोइलाले चलाइरहेको भेटिन्छ भने अरू कुराको के अपेक्षा गर्ने ?
जहाँ आवश्यकता त्यहाँ आविष्कार भने झै“ त्यहाँ पनि चिसो भगाउने आफ्नै उपाय रहेछ । बडो अनौठौ लाग्यो । विद्यालयका बालबालिकाका लागि कक्षाकोठाको बीचमा चुल्हो रहेछ । भुइँमुनि भित्रभित्रै काठ ओछ्याएर तातो फैलिएर कोठा नै न्यानो बनाउने प्रविधि रहेछ । न्यानोका लागि सबै बालबालिकालाई एउटै कोठामा राख्ने गर्दा रहेछन् । आगोको राप खेर जान नदिने यो उपाय गज्जब लाग्यो ।
कामका लागि खाद्यान्नका आयोजनाहरूको निरीक्षण गर्न जाँदा हामीलाई क्यामरा दिइएको हुन्थ्यो । त्यो क्यामरा एकपटक प्रयोग गरेर फाल्न मिल्थ्यो । परियोजना सुरु हुनुअघि, काम भइरहेको र काम सकिएपछि फोटो खिच्नै पथ्र्यो ।
फोटो खिच्ने बेलामा जहिल्यै समस्या पथ्र्यो ।
कारण थियो, हातमा पन्जा अनि आँखामा गगल्स लगाउनै पर्ने । नाकबाट श्वास फेर्ने ठाउँ मात्र खुला राखेर बाँकी पूरै टाउको र शरीर छोप्ने गरी न्यानो लुगा लगाउनुपथ्र्यो र बाँदर टोपीले शीर ढाक्नुपथ्र्यो ।
पन्जा खोलेर एक क्लिक गर्दा हात चिसोले कटकटी खाइसकेको हुन्थ्यो । लाग्थ्यो, अन्तरिक्षमा युरी गागरिन यसैगरी गएकी होलिन् ।
खोला, नदी, तलाउ, समुद्र नाम मात्रका थिए । कुनै बगेका हुँदैनथे । सबै जमिरेहका हुन्थे ।
फिल्डमा काम गर्दा यति समस्या हुन्थ्यो कि अहिले वर्णन गर्न पनि कठिन हुन्छ ।
यस्तै रहेछ यहाँको मौसम । आखिर प्रकृति न हो । उसको मर्जीका सामु हामी मानवको के कुरा !
मदिरा सेवनका लागि सुन्दरीहरूको जोड
परियोजनाको स्थलगत भ्रमण र निरीक्षणमा जाँदा काम भइरहेको फोटो खिच्थ्यौ“ ।
एक ठाउँको परियोजनास्थल निरीक्षण गरेपछि त्यही इलाकाको अर्को परियोजना हेर्न जान खोज्दा सरकारी कर्मचारीले ‘समय छैन’ भन्थे । प्रान्तका प्रमुख पनि सँगै हुन्थे । उनीहरूले भोक लागिसक्यो खान जाऊँ भनेर लैजान्थे ।
बुझ्दै जाँदा यो उनीहरूको तर्किने उपाय रहेछ । कारण थियो, काम गरिरहेको देखाउन समय लगाउने ।
त्यसैले एकदमै सुन्दर झरना र अरू प्राकृतिक मनोरम दृश्यहरू भएको ठाउँमा लन्च खान लैजान्थे ।
ग्यासको चुल्होमा पोलेको सेकुवा (बुल्गोगी) खुब मीठोसँग पोलेर ख्वाउँथे । रक्सी पनि त्यत्तिकै खाने । अलि कम (२१–२२ प्रतिशत) मादकता भएको सोजु भन्ने रक्सी खुब लोकप्रिय थियो, जुन दक्षिण कोरिया पनि निर्यात हुन्छ भन्थे ।
ससाना प्लेटमा खाने कुराको बिस्कुनै लाग्थ्यो ।
हरेक स्थलगत भ्रमणमा वनभोजजस्तै लन्च ख्वाउँथे । यो सबै व्यवस्थापन त्यहाँको प्रान्तीय प्रशासनले गथ्र्यो ।
सुन्दरीहरूले हामीलाई मदिरा सेवनका लागि निकै जोड गर्थे । नाचगान गर्थे ।
यो उनीहरूले हामीलाई मनोरञ्जन गराउनका लागि गरेका रहेछन् । ‘भित्र केही नभए पनि बाहिर सबथोक राम्रो छ’ भन्ने देखाउने उत्तर कोरियाली सरकारको एक किसिमको रणनीति नै रहेछ ।
यो कुरा बिस्तारै बिस्तारै थाहा हुँदै गयो ।
अर्को ठाउँको निरीक्षणमा जाने समय नमिलोस् भनेर उनीहरूले यो उपाय लगाएको बुझिन्थ्यो । हरेक पटक यस्तै गर्थे । काम भइरहेको देखाउनै नचाहने ।
निकै अजिब लाग्थ्यो मलाई उनीहरूको यो व्यवहार ।
तर, एउटा कुरा के हो भने उनीहरू हामीलाई केही कुरा लुकाउन चाहिरहेका छन् भन्ने बुझ्न कठिन थिएन ।
जे भन्यो त्यही पत्याउनै पर्ने
विद्यालय पोषण कार्यक्रम अन्तर्गत कुन ठाउँको कुन विद्यालय जाने भनेर एक–दुई हप्ताअघि योजना बनाउनुपथ्र्यो ।
हामी यसरी यो दिन आउँदै छौ“ भनेर खबर पुगिसकेको हुन्थ्यो ।
मैले कुनै प्राथमिक विद्यालयमा जाने योजना बनाएको छु भने त्यही“ मात्र जान पाउँथे“ । जबकि, त्यही“ र नजिकैको अर्को भवन वा परिसरमा नर्सरी र किन्डरगार्टेन पनि हुन्थे । डब्लुएफ्पीको खाना सबैले खाइरहेकै हुन्थे । मैले त्यही परिसरभित्रको अर्को नर्सरी वा किन्डरगार्टेन हेर्न पाउँदिनथे“ ।
खाद्यान्न उपलब्ध गराइएको उक्त किन्डरगार्टेन र नर्सरी पनि हेर्न नपाउने कडा नियम थियो । कारण के भन्दा उनीहरूको जवाफ हुन्थ्यो, ‘हाम्रो संस्कृतिमा अतिथिको सत्कार गर्न निकै तयारी गर्नुपर्छ । पूर्व जानकारीविना पाहुना जानु हुँदैन ।’
उनीहरूले जे भन्यो त्यही पत्याउनै पथ्र्यो । अर्कोपालि नर्सरी भ्रमण गर्ने भनेपछि त्यही मात्रै हेरेर फर्कनुपथ्र्यो, सँगैको प्राथमिक कक्षातिरको कम्पाउन्डमा हेर्न जान पाइँदैनथ्यो ।
म तीन वर्ष बस्दासम्म कहिल्यै पनि खाना खाइरहेको विद्यार्थी देख्न पाइन । कुनै पनि प्राथमिक, नर्सरी वा किन्डरगार्टेनमा हामीलाई खाना खाइसकेपछिको समयमा पु¥याइन्थ्यो । ‘खाना खाइसके’ भनेपछि विश्वास मान्नै पथ्र्यो ।
के–के खायौ वा खुवायौ भनेर सोध्यो भने ठूलो ट्रेमा स–सानो प्लेटमा राखिएका साग, तरकारी, रोटीलगायत विभिन्न परिकार देखाउँथे ।
‘कहाँ पकाएको हो, एकछिन हेर्न जाऔ“ न’ भन्यो भने केही पकाएको देखिँदैन । आगै बालेको छैन । भान्सा सफा छ ।
स्वाभाविक प्रश्न हुन्थ्यो, किन यस्तो ? उनीहरूको तयारी जवाफ हुन्थ्यो, ‘इन्धन छैन । त्यसैले विद्यार्थीको परिवारले नै खाना पकाएर ल्याइदिन्छन् । त्यही खुवाउँछौ“ ।’
त्यो पनि हामीले पत्याउनै पथ्र्यो ।
हामीले स्थानीय कर्मचारी आफै“ भर्ना गर्न पाउँदैनथ्यौ“ । हामीलाई यस्तो कर्मचारी चाहियो भनेपछि एफडीआरसी (फ्लड ड्यामेज रिहाबिलिटेसन कमिसन) जुन डब्लुएफ्पीका लागि उत्तर कोरियाली सरकारतर्फको समकक्ष संस्था हो । संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय कर्मचारीहरूको भिसाका लागि एफडीआरसीमार्फत नै जानुपर्छ । यसले आफ्नो सम्बन्धित कर्मचारीलाई खटाउँछ । उनीहरूले आफै खोजेर दिन्छन् ।
जस्तो क्षमता र सीपको आवश्यकता छ, उस्तै खोजेर उनीहरूले हामीकहाँ काम गर्न पठाउँछन् ।
मेरो विचारमा ती कर्मचारीले कार्यालयबाट पाएको तलब पनि आफै राख्न पाउँदैनन् । जहाँबाट खटिएको हो, उही निकायमा बुझाउँछन् ।
उत्तर कोरियामा खाद्यान्न भण्डारतिरको तस्विर निकै अनौठो थियो ।
कति खाद्यान्न छ ? कति खुवाइयो ? कति सकियो ? कुन मितिमा कति ल्याएको थियो ? कति विद्यार्थी छन् ? प्रतिदिन कति खपत हुन्छ ? कति बाँकी छ ? हिसाब दुरुस्त देखाइएको हुन्छ । तर भण्डारमा गयो, पीठो देखिँदैन । खाने तेलको क्यान सिलबन्दी हुन्थ्यो ।
हामीले दिएको गहुँ पनि पूरा सिलबन्दी छ । ‘खै त पीठो ?’ यो प्रश्नको जवाफ तयार छ, ‘आज सकियो । भोलिका लागि मिलमा लैजानुपर्छ ।’
जुनसुकै विद्यालय गए पनि दृश्य र संवाद यही दोहोरिन्थ्यो । तर विद्यार्थीको संख्या अनुरूप एक महिनाका लागि ल्याइएको भनिएका खाद्यान्नको हिसाबकिताब भने दुरुस्त बनाएर राखिएको हुन्थ्यो ।
हामीलाई थाहा हुन्छ, त्यो देखाउनका लागि मात्र राखिएको हो । हामीले हेरेर गइसकेपछि जुन भण्डारबाट खाद्यान्न ल्याइएको हो सायद त्यही“ जान्थ्यो ।
विद्यार्थीको भोजन सेनालाई
हामीले दिएको अधिकांश खाद्यान्न त्यहाँका सेनालाई बाँडिन्छ भन्ने सुनिन्थ्यो । १० लाखभन्दा बढी सैनिक छन् त्यहाँ ।
उत्तर कोरियाका शासकले सेनाका अधिकारीलाई निकै खुसी पारेर राखेका हुन्छन् । शासनसत्ता टिकाउन तिनैले भूमिका खेलेका छन् । यसैले खाद्यान्न वितरणमा सेनालाई प्राथमिकता दिइएको हो कि भन्ने लाग्यो त्यतिबेला ।
जनसंख्याको आधारमा उत्तर कोरिया ५२ औ“ ठूलो देश हो । ऊसँग विश्वकै चौथो ठूलो सैनिक शक्ति भएको अनुमान गरिन्छ ।
उत्तर कोरियामा सेनाका लागि राज्यको कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशतभन्दा बढी खर्च हुने गरेको बताइन्छ ।
यसरी शासकको सेवा गरिरहेको सेनालाई समयमा खाना खुवाउनुपर्ने बाध्यता पनि थियो होला । सेनालाई भोको पेट त राख्न सकि“दैनथ्यो ।
यही कारण हामीले जसलाई लक्षित गरेर खाद्यान्न वितरण गरेको हो, तिनीहरू सबैको पेटमा पुग्दैनथ्यो । यी कुरा थाहा पाए पनि हामी केही गर्न सक्दैनथ्यौ“ ।
अब गर्भवती र सुत्केरी महिलाहरूको व्यथा हेरौ“ ।
अपार्टमेन्टको जुन तलाको जुन परिवारलाई हेर्ने भनेर हामी जान्थ्यौ“, त्यहाँका महिलालाई पहिला नै सबै कुरा सिकाइएको हुने रहेछ ।
‘यस्ता यस्ता मान्छेहरू आउँदै छन्, यस्तो यस्तो जवाफ दिनू’ भनेर पाठ पढाइने रहेछ ।
अकस्मात् कही“ जान नपाउने कारण पनि यही हो । जहाँ गयो, उही बनिबनाउ जवाफ, उही दृश्य ।
गयो, हे¥यो, धन्यवाद खायो; फर्कियो । हाम्रो काम यत्ति हुन्थ्यो ।
हाम्रो मात्र के कुरा ? एकपटक डब्लुएफ्पीको रोम (इटली) स्थित मुख्यालयका कार्यकारी निर्देशक क्याथरिन बर्टिनी उत्तर कोरियाको भ्रमणका लागि आउनुभयो । अचानक एक दिन एउटा घटना भयो ।
उहाँ स्थलगत भ्रमणमा जाँदाको दृश्य अनौठो थियो ।
रोमबाट आउनुभएकी कार्यकारी निर्देशक महिला हुनुहुन्थ्यो । हामीले सहयोग गरिरहेको गर्भवती महिलालाई भेट्न भनेर फिल्डमा जानुभयो ।
दोभाषे पनि महिला कर्मचारी नै हुनुहुन्थ्यो ।
राम्रो अङ्ग्रेजी बोल्नुहुन्थ्यो ।
पहिलो तलामा जसलाई हामी भेट्न गइरहेका थियौ“, त्यहाँ नगई उहाँले अर्को परिवारलाई भेट्न जान्छु भन्नुभयो ।
जवाफ आयो, ‘त्यो परिवारलाई खबर गरेको छैन, जान मिल्दैन ।’
त्यसो भए यो परिवारमा भ्रमण गर्दिन भनेर रिसाउँदै फर्किनुभयो कार्यकारी निर्देशक ।
फिल्डमा मान्छे भेट्न गएको व्यक्ति कसैलाई भेट्दै नभेटी फर्किनुपर्ने अवस्था आयो ।
अस्पतालको तस्विर पनि योभन्दा फरक थिएन । अस्पतालमा बिरामी बच्चाहरूको हालत कस्तो छ, खानका लागि के के दिइएको छ भन्ने विश्वास लाग्ने आधार नै केही देखि“दैनथ्यो ।
के खान दियौ भनेर हामीले हेर्न पाउँदैनौ“ । उनीहरूले जे भने त्यसैमा विश्वास गर्नुको विकल्प नै हुन्थेन ।
भन्छन् नि, जीवनमा के–के देख्नुपर्छ भनेर । यस्तै भयो मलाई पनि ।
हामीसँग गएका दोभाषे, चालकलगायत स्थानीय कर्मचारीले हामी जहाँ जाने हो, त्यहाँ पहिला नै नाम र अरू विवरण टिपाइसकेका हुन्थे ।
चीनको सिमानानजिकै रहेको एउटा नयाँ काउन्टीमा खाद्यान्न सहयोग गर्ने निर्णय भए बमोजिम काउन्टीको एसेसमेन्टको लागि जानुपर्ने भयो ।
मसँग डब्लुएफ्पीका एकजना चिनियाँ प्रोग्राम अफिसर पनि थिए ।
हामीले त्यहाँका अधिकारीहरूलाई भेटेर कति घरधुरी छ, कति जनसंख्या छ ? कुन कुन उमेर समूहका कति कति जना छन् ? के के सुविधा छ ? विद्यालय, अस्पताल कति छन् ? त्यो सबै एसेसमेन्ट गर्नुपर्ने थियो ।
हाम्रो कार्यक्रमको नीति के थियो भने जहाँ पहुँच दिइँदैन अर्थात् निरीक्षण गर्न जान पाइँदैन त्यहाँ खाद्यान्न पनि दिइँदैन । अर्थात्, ‘नो एक्सेस नो फुड’ भनिथ्यो ।
जति जे भनेपनि उनीहरूले जनतालाई रोबोर्ट जस्तै रिमोटले थिचेका थिए । जनता सरकारी अधिकारीले जे सिकायो त्यही हामीसँग भन्न बाध्य थिए । हामी मनले नपत्याए पनि कानले र आँखाले पत्याएर फर्कन्थ्यौ“ ।
चट्टानी पहाडमा वृक्षारोपण
एकपटक हेइजु प्रान्तमा वृक्षारोपण प्रोजेक्ट एसेसमेन्टका लागि गएको थिएँ ।
एक लाखभन्दा बढी आकासिया रूखको बिरुवा रोप्ने योजना पेस गरेका थिए ।
मलाई वृक्षारोपण गर्ने चट्टानै चट्टान भएको पहाड देखाउन लगियो ।
हरियो घाँस केही पनि देखिँदैन । त्यहाँ वृक्षारोपण गर्ने भनेर प्रस्ताव गरिएको थियो । माटो नभएको ठाउँ, बिरुवा हुर्कने अवस्थै छैन ।
यस्तो ठाउँमा कसरी वृक्षारोपण गर्ने भनेर मैले असहमतिसूचक प्रश्न गरे“ ।
उनीहरूले जवाफ दिए, ‘हाम्रो नेता किम इल सुङको पुस्तकमा लेखिएको छ कि यो अकासिया भन्ने चिज नै यस्तो हो कि माटो नभएको चट्टानमा पनि उम्रिन्छ ।’
मैले भने“, ‘यो पत्याउन सक्दिन, यस्तो परियोजना मबाट स्वीकृत हुन सक्दैन ।’ अनि मलाई प्रान्तको अध्यक्षकहाँ लगे ।
तिनले सोधे, ‘तिमी के वनविज्ञानको विशेषज्ञ हो ?’
मलाई झोक चल्यो । अनि मैले भन्दिएँ, ‘विशेषज्ञ त होइन । तर मेरो देशको अनुभव छ । मेरो देशमा सामुदायिक वन एकदमै लोकप्रिय र सफल छ । हाम्रो देशमा अफ्रिकादेखि विभिन्न देशबाट सामुदायिक वनको अध्ययन र अवलोकन गर्न आउँछन् ।’
‘तर, यहाँ मैले जे भन्यो त्यही हुन्छ,’ प्रान्त प्रमुखको बोलीमा टर्रोपन थियो । सायद यो शासकीय बोली थियो ।
अब मसँग कुनै तर्क बाँकी थिएन । थप असहमति जनाउने स्थिति पनि थिएन । मलाई हामीले भनेको नमान्ने भनेर तत्कालै देशनिकाला गर्न पनि सक्थ्यो, त्यहाँको सरकारले ।
विश्व स्वास्थ्य सङ्गठनको कन्ट्री रिप्रिजेन्टेटिभले उनीहरूको केही कुरा नमान्दा बिदामा गएका बेला प्रवेशाज्ञा नै रद्द गरिदिएको थियो । आखिर उहाँ उत्तर कोरिया फर्कन पाउनुभएन ।
म त के हुँ र ! जागिर खानु छ । चट्टानमा वृक्षारोपण गर्ने कार्यक्रम स्वीकृत गरिदिन बाध्य भएँ ।
त्यही बेला सम्झिएँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविता:
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल
तर, त्यहाँ सिर्जनाशक्ति पनि विफल भएको थियो । त्यहाँ राष्ट्रकविले भने झै“ ढुङ्गाको काप फोरेर पिपल उम्रन सक्दथ्यो ।
जो जहाँ जन्मियो, त्यो त्यहीँ मयो
विश्वमा उत्तर कोरिया मात्र यस्तो देश हो, जहाँ राजधानीमा बाहेक अन्यत्र सार्वजनिक यातायात छैन ।
उत्तर कोरियाका गरिब नागरिक सामान्यतया जुन ठाउँमा जन्मिन्छन्, त्यही“ उनीहरूको मरण हुन्छ । एउटा काउन्टीमा जन्मेको व्यक्तिले जीवनभर अर्को काउन्टी देख्नै नपाउनुलाई यहाँ सामान्य रूपमा लिइँदो रहेछ । एक ठाउँबाट अर्को ठाउँमा जान कसैलाई अनुमति छैन । जहाँ जन्मियो, त्यही“ पढ्ने, बढ्ने, काम गर्ने, अनि त्यही“ मर्ने । मानिस यसरी पनि बाँचिरहेका छन् ।
आम उत्तर कोरियाली नागरिकको जीवनचक्र यही हो ।
सरकारी कामको सिलसिलामा सरकारी मान्छे मात्र यात्रा गर्न पाउँछन् ।
यातायातको साधनमा त्यहाँ दोस्रो विश्वयुद्धताका प्रयोग गरिएका ट्रक छन् । पछाडि ड्रममा भरिभरि कोइला राखेर धुँवा उडिरहेको हुन्छ । त्यसैबाट ट्रक चल्छ ।
प्योङयाङबाहिरका गाउँहरूमा सार्वजनिक यातायातको कुनै पनि साधन हामीले कहिल्यै देख्न पाएनौ“, केवल साइकल देख्यौ“ ।
राजधानी प्योङयाङमा देखिने सार्वजनिक सवारी साधन उपयोग गर्नका लागि आम मानिसहरूको लामो लाइन देख्न सकिन्थ्यो ।
एउटा काउन्टी र अर्को काउन्टीको सिमानामा सेनाका चौकी हुन्छन् । तिनले को कहाँ जान्छ, किन जान्छ भन्ने सबै विवरण राख्छन् ।
यस्तो लाग्यो, मान्छे हि“ड्ने डुल्ने प्राणीलाई पनि यो शासकले बन्धन बनाएको छ । मानिसको जीवन गाईवस्तुको झै“ देखिन्छ । भनेको खाने, बस्ने र दाम्लोमा बाँधिने ।
यो देख्दा मलाई निकै दिन दिक्क लाग्यो ।
मलाई देखेर कोरियाली गाउँले छक्क
एक दिनको घटना हो यो । एउटा नयाँ काउन्टीमा खाद्यान्न सहयोग गर्ने निर्णय भए बमोजिम उक्त नयाँ काउन्टीको स्थलगत अवस्थाको जाँचबुझ गर्न जानुपर्ने भयो ।
त्यो काउन्टीमा त्यतिन्जेल कोही विदेशी गएको रहेनछ ।
स्थानीयले बाहिरको मान्छे देखेकै रहेनछन् । हामी जाँदा आश्चर्यचकित भएर मलाई हेर्नका लागि यति धेरै मान्छे हामीलाई घेरे कि हामी छक्कै प¥यौ“ । बूढाबूढीदेखि केटाकेटीसम्म सबै हामीलाई हेर्नको लागि झुम्मिएका थिए ।
हुन पनि उनीहरूलाई बाहिरको मान्छे देख्ने कुनै अवसर र उपाय नै थिएन ।
मेरो जुँगा थियो, दाह्री थिएन । जुँगा भएको मलाई देखेर उनीहरू निकै छक्क परेका रहेछन् । किनभने, उनीहरूको नेताको जुँगा छैन र कुनै पनि उत्तर कोरियालीको जुँगा छैन ।
उनीहरूको नेताले जुन रङ र शैलीको लुगा लगायो जनताले पनि त्यही लगाउनुपर्ने । कपालको शैली नेताको जे छ, जनताको पनि त्यही हुनुपर्ने नियम नै रहेछ ।
न टेलिभिजनमा आफ्नो देशको बाहेक अरू देशको कुनै च्यानल देख्न पाउँछन् न कतै बाहिर जान पाउँछन् । कतिसम्म भने दक्षिण कोरियाबाट प्रसारण हुने रेडियो समाचारसमेत सुन्न पाउँदैनन् ।
कपाल सरकारले भनेजस्तो र पहिरन पनि सरकारले तोकेबमोजिम मात्र लगाउने नियम छ । नलगाउनेलाई कारबाही भइहाल्थ्यो ।
न कुनै समाचार पत्रिकाहरू न्युजपेपर छन्, न विदेशी च्यानल आउने टिभी, न कुनै देश जान पाउने सुविधा । उनीहरू एकात्मकतामा बाँच्ने भएकाले जुँगा भएको नयाँ रङको मान्छे देख्दा कुनै नयाँ जीव धर्तीमा आए झै“ गरी झुम्मिएका रहेछन् ।
एक्लै हिँड्न बन्देज
हाम्रो सब–अफिस कम्पाउन्ड भएको होटलमा थियो । शनिबार र आइतबार बिदा मनाउन कतै जाऊँँ भने पनि कम्पाउन्डबाट बाहिर जानै नपाइने ।
नजिकै समुद्र छ, हेरेर आउँछु भन्दा पनि जान नपाइने । मसँगै गएको नेसनल स्टाफ (दोभाषे) छ भने मात्र ऊसँग बाहिर कतै निस्कन पाइन्छ, नत्र एक्लै हिँड्न पाइँदैन ।
होटलको सेक्युरिटी गार्डले होटल कम्पाउन्डदेखि बाहिर निस्कन अनुमति दिँदैन । एक्लै निस्किन खोज्दा उनीहरूको उही तयारी जवाफ हुन्थ्यो, ‘विदेशीलाई खतरा हुन्छ ।’
मेरो कोरियाली नेसनल स्टाफ (दोभाषे) का अनुसार हामी विदेशीलाई कोरियालीहरूले गोरा जतिलाई अमेरिकी र एसियाली मुलुकका नागरिकलाई जापानी ठान्दछन् रे ।
अमेरिकी र जापानीहरू हाम्रो कट्टर शत्रु हुन् भन्ने मान्यता सबै उत्तर कोरियालीहरूको रहेछ ।
त्यसैले हामी एक्लै हि“ड्दा हामीलाई आक्रमण गर्न सक्छन् भन्ने उनीहरूको तर्क हुन्थ्यो ।
हामीसँगै अफ्रिकी देशका काला जातिका मानिसहरू पनि सँगै काम गर्थे । तर उनीहरूलाई पनि एक्लै कतै निस्कने अनुमति थिएन ।
उनीहरूसँग तयारी उत्तर हुन्थ्यो, ‘काला जाति पनि अमेरिकी हुन सक्छन् नि !’
हामी बाहिर कतै पनि किनमेल गर्न पाउँदैनथ्यौ“ । उनीहरूको मुद्रा हामीलाई दिँदैनथे । हामीसँग भएको डलर उनीहरू लिँदैनथे । भित्रै बस्दा समय कटाउन मुस्किल हुन्थ्यो ।
अहिलेजस्तो मोबाइलको सुविधा हुन्थ्यो भने अवस्था फरक हुन सक्थ्यो । त्यसबखत त्यो सुविधा पनि थिएन ।
सुविधा भएको भए पनि हामीले प्रयोग गर्न पाउँथ्यौँ कि पाउँदैनथ्यौँ ? यो अर्को प्रश्न हो ।
जताततै जासुस
हाम्रो फिल्ड अफिसमा टेलिभिजन थियो । त्यसमा ‘बीबीसी’ आदि हेर्न पाइन्थ्यो । डिस एन्टेना राखेका थियौ“ । इन्टरनेट थिएन । स्थानीय कर्मचारी पनि हामीले टेलिभिजन हेरिरहेका बेला यसो लुकेर हेर्थे ।
एउटाले टेलिभिजन हेरेको अर्कोले थाहा पाउनु हुँदैनथ्यो । एकले अर्काको जासुसी गरेको हुन्थ्यो ।
जति पनि स्थानीय कर्मचारी हुन्थे ती सरकारले खटाएका हुन्थे । बेलुकी पाँच बजेपछि दिनभरिका हाम्रा गतिविधि आफ्नो अगुवाकहाँ जानकारी दिन्थे, ती सबै कर्मचारीले । कहाँ कोसँग के के कुरा भयो, कसले कसलाई भेट्यो, के सोध्यो सबै कुरा जानकारी गराउँथे ।
हामीले प्योङयाङमा रहँदा घरमा फोन गर्नुपर्यो भने प्रत्येक अपार्टमेन्टमा ल्यान्डलाइन फोनको सुविधा थियो ।
तर सबै कुरा रेकर्ड हुँदोरहेछ । हामी त नेपाली बोल्थ्यौँ । संसारका सबैजसो भाषा बुझ्ने मान्छे त्यहाँ हुँदा रहेछन् ।
कतिसम्म भने नयाँ दिल्लीस्थित कोरियाली दूतावासमा प्रथम सचिव भएर काम गरेको कोरियालीलाई हाम्रो कार्यालयको चालक बनाएर राखिएको थियो ।
सरकारले खटाएपछि जसले जे काम पनि गर्नुपर्दो रहेछ । हाम्रो कार्यालयबाट पाएको तलबभत्ता पनि सम्भवतः उनीहरूले सरकारलाई बुझाउनुपथ्र्यो ।
एक दिन हाम्रो एकजना भुटानी साथीले आफ्नो कोठाको फोनबाट भुटानमा ट्रन्क कल गर्न सकेनन् ।
कारण थियो, फोन लक गरिएको रहेछ ।
हाम्रो अफिसमा काम गर्ने एकजना महिला क्लर्क थिइन् । उनी वर्कर्स पार्टीको प्रभावशाली महिला रहिछिन् ।
साथीले उक्त महिलालाई भुटानमा आफ्नो परिवारसँग कुरा गर्नु थियो तर मिलेन भनेर समस्या सुनाए ।
उनले भनिन्, ‘जाऊ, तिमीलाई आधा घण्टाका लागि फोन (ट्रन्क कल सुविधा) खोलिदिन्छौ“ । परिवारसँग कुरा गर । फेरि बन्द हुन्छ ।’
कारण के रहेछ भनेको त तिनीहरूसँग भुटानको जोङ्खा भाषा बुझ्ने कोही रहेनछ ।
उत्तर कोरियालीहरूले भुटानीबारे जानकारी राखेका रहेनछन् ।
तर यति हुदाँहुँदै पनि भुटानी मित्रले हरेक पटक परिवारसँग कुराकानी गर्नका लागि ती महिलालाई विशेष अनुरोध गरेपछि आधा घण्टा फोन खुल्ने भयो ।
एक दिन हाम्रो अफिसको केही महिला साथीहरू गाडी लिएर प्योङयाङ नजिकैको एक तलाउतिर घुम्न गएछन् ।
अलि पर पुगेपछि एकजनाले माछा बेच्न उनीहरूको गाडी नजिक ल्याएछन् । तर माछा किनेनछन् तिनीहरूले । घुमे, फर्केर आए । त्यो शनिबारको कुरा थियो ।
सोमबार कार्यालय खुलेपछि एकजना कोरियाली कर्मचारी (दोभाषे) ले सोध्यो, ‘तपाईंहरू शनिबार तलाउतिर घुम्न जानुभएको थियो ?’
‘कसरी थाहा भयो तपाईंलाई ?’ विदेशी महिला कर्मचारीहरूको प्रश्न ।
अर्को प्रश्नस : एकजनाले माछा बेच्न ल्याएको थियो ?
सबैले मुखामुख गरे । सारा सूचना ठाउँमा पुगिसकेछ ।
हामी कम्पाउन्डबाट निस्किइसकेपछि यति नम्बरको गाडीमा, यो यो मान्छे कहाँ कहाँ पुगे, के के गरे, सबै खबर गरिसकेको हुने रहेछ ।
एक एक गतिविधि थाहा हुन्छ । सबै कुरा रेकर्ड भइसकेको हुन्छ ।
एक दिन डिप्लोमेटिक कम्पाउन्डमै बस्ने रेडक्रसमा काम गर्ने अजरबैजानका साथी बिहान टहलिन निस्किए । पछिपछि अर्को एकजना मान्छे पनि दौडँदै आइरहेको रहेछ ।
जब ती साथीले डिप्लोम्याटिक कम्पाउन्डदेखि केही पर सीमा पार गर्न लागेका थिए, त्यो पछिपछि आइरहेको व्यक्तिले उछिनेर रोकिहाल्यो ।
म कार्यरत उत्तर कोरियाको डब्लुएफ्पीमा मेरो मित्र होमबहादुर क्षेत्रीको तीन वर्ष नौ महिनाको कार्यकालपछि बिदाइ पार्टी भयो । उहाँको दोभाषे कर्मचारीले नेपाली गीत गाएर सबैलाई चकित पारेछ ।
यो केवल चकित पार्ने कुरामात्र थिएन ।
किनकि उक्त कर्मचारीले तीन वर्ष नौ महिनाको अवधिमा नेपाली भाषा बुझेको छनक पनि दिएनन् ।
नेपालीमा गीत सुनाउँदा सबैजना तीन छक पर्नु अस्वाभाविक पनि त थिएन ।
यसरी पनि जासुसी गरि“दो रहेछ । यस्तो लाग्यो हरेक मान्छे जासुस हुन्छ । कति सुराकीमा दिन बिताएका होलान् उनीहरूले ? अनि यसले उनीहरूको दिमागमा के असर पारिरहेको होला ?
यो कुराले मलाई केही दिन पछ्यायो । तर सबै सधै“ उही“ भएपछि यो प्रश्न पनि समयसँगै हराएको थियो ।
प्योङयाङ त ट्रान्जिट जस्तो
एक सय १५ काउन्टी छन् उत्तर कोरियामा ।
तीमध्ये एक सय पाँच काउन्टीमा म पुगेको छु ।
विभिन्न काउन्टीमा विभिन्न परियोजना हुन्थे । तिनको स्थलगत निरीक्षणका लागि महिनैभरि फिल्ड भ्रमणमा जानुपथ्र्यो ।
प्रत्येक छ हप्ता उत्तर कोरियाको बसाइपछि एक हप्ताको रेस्ट एन्ड रिकुपरेसन (आर एण्ड आर) भनेर दैनिक भत्तासहित बेइजिङ जान आउन हवाईटिकटको पैसा पाइन्थ्यो ।
तर, म भने बेइजिङमा एक हप्ता बस्नुको साटो हरेक ‘आर एण्ड आर’ मा थप पाँच दिनको वार्षिक बिदा लिई नेपाल आउने गर्थें ।
नेपालबाट प्योङयाङ फर्केपछि दुई÷तीन दिन प्योङयाङ बसिन्थ्यो । फेरि डिएसए एडभान्स लिएर चोङजिन फिल्ड अफिसमा गइन्थ्यो ।
करिब पाँच हप्ताको चोङजिनको बसाइपछि म प्योङयाङ पुग्थे“ । दुई–चार दिन बसेपछि आर एन्ड आरको भत्ता र बेइजिङसम्मको आनाजाना हवाई टिकटको पैसा बुझ्थे“ । फेरि आर एन्ड आरको लागि नेपाल प्रस्थान गर्थें । यस हिसाबले हेर्दा प्योङयाङमा त मेरो ट्रान्जिट बसाइमात्र हुन्थ्यो ।
अमेरिका र जापानप्रति घृणा
उत्तर कोरियामा एउटा कुरा धेरै ठाउँमा देखिन्छ । त्यो हो ः जापान र अमेरिकाप्रति हदैसम्मको घृणा ।
हरेक ठाउँमा अमेरिका र जापानको विरोधमा नारा टाँगिएका हुन्छन् ।
युद्धका बेला अमेरिकी र जापानीले कोरियालीलाई मारेका तस्विर यहाँ सार्वजनिक रूपमै प्रदर्शनमा राखिएका छन् ।
मलाई सबैभन्दा नमज्जा कहाँ लाग्यो भने नर्सरी, प्राथमिक र पूर्वप्राथमिक विद्यालयका भित्तामा समेत जापानीहरूले कोरियालीहरूको घाँटी छिनाएको, घर जलाएको, मान्छेलाई पनि जिउँदै जलाएको, घोपेर मारेको विभत्स प्रकारका चित्रहरू भित्ताभित्तामा पेन्ट गरी पेन्ट गरिएका छन् ।
यिनीहरूले हाम्रा बा–आमा, बाजे–बराजुलाई यसरी मारेको, सताएको भनेर अमेरिकी र जापानीविरुद्ध बाल्यकालदेखि नै घृणा उत्पन्न गराउन यो प्रोपोगान्डा गरिएको रहेछ । जबकि उनीहरूले हरेक दिन खाने खाना कि अमेरिकाले दिएको छ कि त जापानले । मुख्य दातामध्येको एक दक्षिण कोरिया पनि हो । कुनै बेला एकै रहेको दक्षिण कोरिया अलग भएपछि दक्षिणलाई हेर्ने उत्तर कोरियाको दृष्टिकोण पनि नकारात्मक रहेछ ।
हाम्रो अफिसका राष्ट्रिय कर्मचारीहरूले हामीलाई फिल्डमा जाँदा सधै“ सुनाउने गर्थे– दक्षिण कोरिया हाम्रै देश हो, अमेरिकाले कब्जा गरिरहेको छ, हामी अमेरिकासँग लडाइँ गरेर जसरी भए पनि हाम्रो भूभाग (दक्षिण कोरिया) लाई फिर्ता लिनेछौ“ ।
कोरियाली युद्ध हुनुअघि उत्तर र दक्षिण कोरिया एउटै देश थियो । अझै पनि यी दुई देशबीचको युद्ध सकिएको छैन । केही समयका लागि युद्धविराम मात्र भएको स्थिति छ ।
जापानले कुनै बेला कोरियामा कब्जा जमाउनुका साथै निकै अत्याचार पनि गरेको थियो । अमेरिकाले कोरियाबाट दक्षिण कोरियालाई अलग गरेको थियो ।
यिनै कारणहरूले पनि यी दुई मुलुकप्रति उत्तर कोरियाको वक्रदृष्टि रहेको हुन सक्छ ।
तर, बाजे–बराजुको पुस्तामा भएका घटनाको रिस राखेर अहिलेसम्म जापान, अमेरिका, दक्षिण कोरियालगायतसँग गरिएको शत्रुतापूर्ण व्यवहार त्यहाँको युवा पुस्तालाई भने बिस्तारै मन पर्न छाडेको छ ।
उनीहरू आफ्ना शासक समयको गतिअनुसार चल्न नसकेकोमा असन्तुष्ट पनि देखिन्छन् ।
जापान, अमेरिका र दक्षिण कोरियासँग किन शत्रुता ? युवाले बुझ्न नसकेको कुरा हो यो ।
उत्तर कोरियाको नयाँ पुस्ताले कुनै न कुनै रूपमा खुलापनको अभावमा हुने छटपटी व्यक्त गरेको पाइन्छ ।
हामीसँगको निजी कुराकानीमा उनीहरूले त्यस्तो सङ्केत गर्थे ।
उनीहरू बाहिरी दुनियाँसँग घुलमिल हुन र सम्बन्ध विस्तार गर्न इच्छुक र व्यग्र देखिन्छन् ।
तर, स्पष्ट शब्दमा व्यक्त गर्न सक्दैनन् । कारण, शासकले उनीहरूको मुखमा घोचो लगाइदिएको छ । असुरक्षाको तरबार झुन्ड्याइराखेको छ ।
शासकको सालिकलाई ढोग्नै पर्ने
उत्तर कोरियाका ठाउँठाउँका चोकहरूमा किम इल सुङका ठूलाठूला सालिक राखिएका छन् ।
किम इल सुङको सालिक भनेको उनीहरूको देवस्थल जस्तै हो ।
कर्मचारी, कामदार, विद्यार्थी जोकोही होस्, आफ्नो काममा जाँदा र फर्किंदा सालिक अघिल्तिर उभिएर ढोगेर मात्र जान्छन् । हामीले देवस्थलमा ढोगेजस्तै ।
म होटलको झ्यालबाट यी सबै दृश्य हेरेर बस्थे“ । उनीहरूका लागि किम इल सुङ महान् नेता हुन् भने उनीहरूको बाइबल वा कुरान भनेकै किम इल सुङद्वारा लिखित किताब ।
महान् नेता भन्छन् किम इल सुङलाई, किम जोङ इललाई ‘डियर लिडर’ भन्ने गर्छन् ।
उत्तर कोरियाका तत्कालीन नेता किम इल सुङको सन् १९९४ जुलाई ८ मा निधन भएको थियो । उनी सन् १९१२ अप्रिल १५ मा जन्मिएका थिए । उनले सन् १९४८ देखि १९९४ सम्म उत्तर कोरियामा शासन गरेका थिए ।
सुङ उत्तर कोरियाका संस्थापक नेता हुन् । उनी उत्तर कोरियाका वर्तमान शासक किम जोङ उनका हजुरबुवा हुन् । उत्तर र दक्षिण कोरियाबीच बढेको तनावका कारण अहिले कोरियाली प्रायद्वीप अशान्त छ ।
लेनिनको शवलाई जस्तै गरी किम इल सुङको शवलाई पनि त्यहाँ सुरक्षित राखिएको छ । समयसमयमा त्यो शव रुस लगेर रसायन प्रयोग गरेर ल्याएर राखिन्छ । भव्य स्थानमा त्यो शव राखिएको छ ।
दर्शनका लागि जाने जोकोहीले शवको चारैतिरबाट त्यसलाई ढोग्नुपर्छ ।
लासलाई चारैतिरबाट ढोगेर एउटा कोठामा पुगेपछि त्यहाँ रुनुपर्छ । त्यसलाई क्राइङ रुम अर्थात् रुने कोठा भनिएको छ ।
त्यहाँ पुग्ने विदेशीले जुन भाषा बुझ्छ, त्यसैअनुसार किम इल सुङको जीवनी, त्याग आदिबारे उल्था गरिएको कुरा सुनाइन्छ । त्यहाँ जाने प्रत्येक विदेशीलाई वायरलेस हेडफोन दिइएको हुन्छ र त्यसैमा त्यो सुन्न सकिन्छ ।
कोरियालीहरू त साँच्चै नै रुन्छन् । तर, विदेशी कसरी रुने ? रोएजस्तो गर्नुपर्छ ।
एक पटकको कुरा हो ।
हाम्रो एकजना वरिष्ठ कर्मचारीका श्रीमान् त्यहाँ गएछन् । सबैजना रोएको देखेर श्रीमान्लाई हाँसो उठेछ । यसरी हाँसेछन् कि उनी रोएजस्तै देखिएछन् । हाँस्दा हाँस्दा आँखाभरि आँसु पनि आएछ ।
भोलिपल्ट उक्त वरिष्ठ कर्मचारीको श्रीमान्ले किम इल सुङको फोटो अङ्कित ब्याज् नै पाएका थिए । मैले त्यस्तो ब्याज् कहिल्यै पाइनँ ।
एकदमै वशीभूत भएको विदेशी भक्तलाई मात्रै त्यस्तो ब्याज् दिने गरिन्छ ।
राष्ट्रिय दिवस, किम इल सुङ्को जन्मजयन्ती वा त्यस्तै समारोहमा भने हामी सबैले (विदेशीले समेत) किम इल सुङ र उनका छोरा किम जोङ इलको ठूलो प्रतिमा रहेको मुनसुङ स्थलमा गएर ढोग्नुपर्छ ।
उत्तर कोरियामा सबै परिवारले आ–आफ्नो घरमा किम इल सुङ र किम जोङ उनको फोटो झुन्ड्याउनु अनिवार्य छ । डढेलो वा आगलागीमा पनि किम परिवारको फोटो जोगाउन सक्नेलाई नायक भनिन्छ ।
फोटो जोगिएन भने त्यसलाई राज्यविरुद्धको अपराध मानिन्छ । आगलागीमा आफ्नो ज्यान जोगाउने किमको फोटो नजोगाउने मान्छे कारबाहीमा पर्दछन् । मान्छेको ज्यानभन्दा किमको फोटो त्यति महङ्खवपूर्ण बनाएको छ ।
ब्याज् (Badge) नै पहिचान
दक्षिण कोरियाली र उत्तर कोरियालीहरू उस्तै उस्तै देखिन्छन् । नहोस् पनि कसरी आखिर उनीहरू एकै पुर्खाका सन्तान न हुन् ।
उनीहरूको कद काँटीदेखि औपचारिक भेषभुषा, भाषा, संस्कृति, चालचलन, खानेकुरा आदि सबै उही छ । पहिला त देश पनि एउटै थियो ।
उत्तर कोरियाली चिन्नुपरेमा उनीहरू प्रत्येकले लगाउने सर्ट, कोट वा कुनै पनि पहिरनको छातीमा किम इल सुङ या उनका छोरा र उत्तर कोरियाका ‘डियर लिडर’ राष्ट्राध्यक्ष किम जोङ इलको तस्वीर अङ्कित ब्याज् लगाएको हुन्छ ।
त्यस्तो ब्याज् नलगाएको उत्तर कोरियाली मैले त्यहाँ बस्दा कही“ पनि देखिन । कही“ पनि भेटिन ।
यो ब्याज् नै उत्तर कोरियालीको पहिचान हो ।
यही ब्याज्कै आधारमा उत्तर कोरियाली हो कि दक्षिण कोरियाली हो भनेर छुट्याउन सकिन्छ ।
स्याउ खाँदा बियाँ पनि
उत्तर कोरियालीहरूले हाम्रा लागि जहाँ गए पनि राम्रै व्यवस्था गर्न खोज्थे ।
विदेशी आउँदै छ भनेपछि विशेष सतर्कता अपनाउँथे ।
स्याउ लगायतका फलफूलहरू पनि ल्याउँथे ।
स्याउ खाँदा उनीहरू भित्रको बियाँसहित सबथोक खान्थे । केही फाल्दैनथे । त्यसबाट उनीहरू निकै ठूलो अभाव र भोकमरीबाट ग्रस्त छन् भन्ने थाहा हुन्थ्यो ।
हाम्रा लागि उनीहरूले सकी नसकी सामान जुटाउँथे, जुन आमनागरिकका निम्ति सहज उपलब्ध छैन भन्ने स्पष्ट हुन्थ्यो ।
प्रान्तको मात्र होइन, काउन्टीको अध्यक्ष पनि हामीसँग हुन्थे कतिपय काममा । उनीहरू त खुलेरै भन्थे, ‘तिमीहरू आएको हुनाले हामीले खान पाएको । कति समय भइसक्यो, यस्तो खान नपाएको ।’
चुरोट र किम्ची भनेपछि मरिहत्ते
उत्तर कोरिया कस्तो अचम्मको देश भने खाना नभए पनि रक्सी र चुरोट भने निकै खानुपर्ने ।
त्यसो त त्यहाँ रक्सी सस्तो पनि थियो । एक डलरमा तीन बोतल बियर आउँथ्यो ।
चुरोटको प्रचलन यति धेरै थियो कि एउटा कोठामा १५ जना बसेका छन् भने पन्ध्रै जनासँग चुरोट हुन्छ । सबैले धुवाँ उडाइरहेका हुन्छन् ।
हाम्रो नेपालमा आफूलाई चुरोट तान्न मन लागे एक वचन अर्कोलाई पनि सोध्ने चलन छ ।
तर, उनीहरू एकअर्कालाई सोध्दै नसोध्ने ।
एउटाले चुरोट निकालेपछि सबैले आ–आफ्नो चुरोट निकाल्छन् । यसरी धुवाँ उडाउँछन् कि कोठामा कुइरीमण्डल भएर केही देखिँदैन ।
म नेपालबाट आर एन्ड आर सकेर प्योङयाङ फर्किंदा बेइजिङबाट हाम्रो ड्राइभरलाई एक कार्टुन चिनिया चुरोट बोकेर लैजान्थे“ ।
विमानस्थलमा उत्रिनेबित्तिकै मैले सबैभन्दा पहिला त्यही चुरोटको कार्टुन उपहार दिन्थे“ । ड्राइभर पनि खुसी हुन्थे । म चार तलामाथि छु भने सबै सामान त्यही“ पु¥याइदिन्थे । लिफ्ट हुन्थेन । हि“डेरै तला उक्लिनुपथ्र्यो । थाकेका बेला त सामान बोकेर जानु निकै सास्तीको काम हुन्थो । चुरोटले कमाल गरेको थियो ।
मेरो सामान चालकले बोकेर पु¥याइदि“दा निकै राहत महसुस हुन्थ्यो ।
तर, मेरो कन्ट्री डाइरेक्टरले कहिल्यै त्यो राहत महसुस गर्न पाउनुभएन । उहाँ अमेरिकी हुनु्हुन्थ्यो । चालकलाई कहिल्यै उपहार वा टिप्स केही नदिने । त्यसैले चालकले उहाँको सामान कहिल्यै कोठामा (चारतलामाथि) पु¥याइदि“दैनथे ।
कन्ट्री डाइरेक्टरले आफ्नो सुटकेस आफै बोकेर चारतला माथिको कोठासम्म लिएर जानुहुन्थ्यो ।
किम्ची कोरियालीहरूको सर्वाधिक प्रचलित खाना हो । भान्सामा यो नभई नहुने । किम्चीका निम्ति बन्दा काट्नका लागि नोभेम्बरमा दुई दिन राष्ट्रिय बिदा नै हुन्छ । विभिन्न स्वादमा किम्ची बनाउने, बाँड्ने, उपहार दिने चलन देशव्यापी छ ।
किम्चीले कम्तीमा छ महिना धान्नुपर्छ ।
प्योङयाङ राजधानी भएर होला– त्यहाँ किसानले आफ्नो करेसाबारीमा उत्पादन गरेका विभिन्न सागसब्जी बेच्न कृषक बजारमा हप्ताको एकदिन ल्याउने गरेको देख्यौ“ । हामी केही विदेशीहरू पनि त्यहाँ गएर किनमेल गथ्यौ“ ।
हामीले कुनै कुनै पसलमा केही सामान किन्दा डलर तिथ्र्यौं । तर बाँकी पैसा फिर्ता गर्न पसलेसँग डलर हुँदैनथ्यो । हामीले फिर्ता पैसा उनीहरूकै पैसा ‘वन’ (धयल)लिने गथ्र्यौं । त्यो कोरियाली पैसा कृषक बजारमा तरकारी किन्न प्रयोग गथ्र्यौं ।
हाम्रो अफिसका केही कोरियाली कर्मचारीहरूले थाहा पाएछन् ।
उनीहरूले आफ्नो कोरियाली हाकिमलाई रिपोर्ट गरिदिएछन् ।
अनि त के थियो र, हामी विदेशीलाई उक्त कृषक बजारमा नजान उर्दी नै जारी गरियो ।
हाँस भनेको त कुकुरको मासु पो परेछ
एकपटकको फिल्ड भ्रमणमा जाँदा खानासँगै उसिनेको मासु थियो । यो के को मासु हो ? भनेर मैले सोधे“ । मेरो दोभाषे कर्मचारीले भने, ‘यो गुज मिट (हाँसको मासु) हो ।’
मैले पनि हाँसको मासु खान पाइयो भन्दै मख्ख परेर निकै स्वादसँग खाएँ ।
अर्को महिना अर्को काउन्टीमा गएँ ।
जाडो मौसम थियो ।
रेस्टुराँमा खान बस्यौ“ ।
तातो सुप, अलिअलि साग र मासु पनि थियो त्यसमा ।
मसँगै गएको कोरियाली दोभाषे कर्मचारीले मीठोसँग खाइरहेको देखेर मलाई पनि त्यही सुप मगाइदेऊ भने“ ।
उसले अलि आश्चर्यमिश्रित स्वरमा भन्यो, ‘तिमी पनि खान्छौ र यो ? यो त गुज मिट सुप हो ।’
मैले भने“, ‘किन नखानु ? दुई हप्ताअघि अर्को काउन्टीमा जाँदा मैले उसिनेको गुज मिट खाएको थिएँ । अस्ति पनि खाएको, खुब मीठो लागेको थियो ।’
‘ए, तिमीले यो खान्नौ कि भनेर ? हामीले कुकुरको मासुलाई गुज मिट (हाँसको मासु) भन्छौ“ । यो त कुकुरको मासु हो ।’
केही हप्ताअघि गुज मिट भनेर त्यस्तो मीठोसँग खाएको खाना त्यही गुज मिट अर्थात् कुकुरको मासु हो भनेपछि अर्डर गर्नै सकिन ।
दुई हप्ताअघि खाएको कुरा ओकल्ने कुरा पनि आएन । तैपनि, निकै बेरसम्म पेट र घाँटीमा खसखस भइरह्यो ।
संसारकै नौलो ठाउँमा आइएको छ । अनेक नयाँ कुराको अनुभव गर्नु छ । त्यही सिलसिलामा छु भनेर चित्त बुझाएँ ।
खानामा रक्सी छुट्दैनथ्यो । काउन्टीका प्रमुखहरू हामीसँगै हुन्थे । फिल्डमा खानाको समस्या हुन्थेन । बाटामा भने हामी आफैले खानपिनको व्यवस्था गर्नुपथ्र्यो । लागेको खर्च पनि आफै तिथ्र्याैं ।
विदेशी मुद्राले बिलखबन्दमा
सन् २००१/२००२ सम्म त त्यहाँ बजार (डिप्लोम्याटिक कम्पाउन्डभित्रको पसल÷रेस्टुरेन्टहरू) मा अमेरिकी डलर पनि चल्थ्यो ।
हाम्रो तलब र भ्रमणभत्ता सबै डलरमै पाउँथ्यौ“ । अफिसले बैंकबाट डलर निकालेर ल्याउँदा सम्पूर्ण नोटको सिरियल नम्बर टिपेर ल्याउने गथ्र्यो । किनभने त्यहाँ नक्कली मुद्रा उत्पादन हुन्थ्यो । नक्कली डलर पर्ने जोखिम हुन्थ्यो । पछि त्यहाँ अमेरिकी डलरमा प्रतिबन्ध लगाइयो । हामीले चलाउन नपाउने भयौ“ ।
पछि युरो चलाइयो । हाम्रो तलब पनि युरोमा दिन थालियो । युरो २०, ५० र १०० का नोट आउँथे । जब काउन्टीमा जान्थ्यौ“, त्यहाँ समस्या पथ्र्यो । तिनले युरो देखेकै हुँदैनथे ।
हामीसँग अर्को मुद्रा हुन्थेन । तीन/चार युरोको सामान किन्दा ५० युरो दिनुपथ्र्यो । उनीहरूसँग खुद्रा हुँदैनथ्यो । उनीहरूको मुद्रा हामीलाई दि“दैनथे । कि जति पैसा छ, सबैको सामान किन्नुप¥यो कि अर्कोपटक आउँदा थप सामान लिएर जाउँला भन्नुको विकल्प हुन्थेन ।
सधै“ गइरहने ठाउँ पनि होइन । जाँदा फेरि त्यही ठाउँमा त्यहाँ भएकै सामान आवश्यक पर्छ भन्ने छैन । केही समय निकै समस्या प¥यो । प्योङयाङमा भए समस्या हुन्थेन । बाहिर निकै समस्या भयो ।
मेरो गीत सुनेर कोरियाली मख्ख
म ३६ महिना उत्तर कोरिया बस्दा ३६ वटा कोरियाली गीत सिके“ ।
सबै गीत मैले रोमन लिपिमा उतारेर गाउन थालेको थिएँ ।
मैले गीत गाउँदा स्थानीय ज्यादै खुसी हुन्थे ।
प्योङयाङमा विभिन्न पर्वहरू (किम इल सुङ र किम जोङ इलको जन्मोत्सव, राष्ट्रिय दिवसहरू, अरिराङ फेस्टिबल) मा हामी विदेशी कूटनीतिक नियोग र संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा कार्यरत अन्तर्राष्ट्रिय कर्मचारीहरूलाई ककटेल डिनरमा आमन्त्रित गरिन्थ्यो ।
यस्ता विशेष कार्यक्रमहरूमा कोरियाली नाचगानको कार्यक्रम हुन्थ्यो । त्यो अवसरमा मैले पनि धेरैपटक कोरियाली गीत गाएँ, मेरो अफिसको महिला कर्मचारीसँग मिलेर ।
त्यस्तै, काउन्टीहरूमा जाँदा पनि बेलुकी ककटेल डिनर र नाचगानको कार्यक्रम हुन्थ्यो ।
ती कार्यक्रममा मैले कोरियाली गीतहरू गाउने गर्थें, सबैजना धेरै खुसी हुन्थे ।
म प्रायः अप्रिल महिनामा हुने आरिराङ महोत्सवमा गाइने विशेष गीत गाउने गर्थें ।
काउन्टी क्षेत्रमा जाँदा होटलको पैसा भने तिर्नुपथ्र्यो । एक रातको ४० देखि ५० डलरसम्म खर्च लाग्थ्यो ।
कहिलेकाही“ चार पाँच दिन बस्नुपर्दा त ठूलै रकम त्यसमा जान्थ्यो ।
उत्तर कोरियाका गाउँको तस्विर दयनीय भए पनि राजधानी प्योङयाङ भने युरोपभन्दा कम छैन ।
त्यसबेलै भूमिगत रेल चल्थ्यो ।
नयाँ नयाँ मोडलका महँगा कारहरू त्यहाँ देख्न पाइन्थ्यो । मर्सिडिज बेन्ज कार एक लटमा तीन–चार सयवटा मगाउँथे । तीमध्ये अधिकांश सेनाका जर्नेलहरूका लागि हुन्थे ।
शासक र जनताबीच नमिलेको तालमेल
किम इल सुङले सन् १९४८ मा उत्तर कोरियाको स्थापना गरेका थिए । त्यससँगै बुवाबाट छोरामा सत्ता हस्तान्तरण हुनेगरी पारिवारिक वंशको आधारमा हुने राज्य नियन्त्रित कम्युनिस्ट शासन व्यवस्थाको सुरुवात भएको थियो ।
जनताले देशको शासन र शासकको विरोधमा एक शब्द बोल्ने आँट गर्दैनन् । एकले अर्काको गुप्तचरी गरिरहेको हुन्छ ।
चीनसँगको सीमा क्षेत्रमा एउटा सानो खोला छ ।
धेरै मान्छेहरू कोरियाको बन्दी जीवनबाट मुक्तिका साथै सुख र स्वतन्त्रताको खोजीमा त्यो खोला तरेर चीनतर्फ जान खोज्छन् ।
तर, चिनियाँहरूले समातेर कोरियालाई नै जिम्मा लगाइदिन्छन् । अनि तिनको सम्पूर्ण परिवारको जिन्दगी बर्बाद हुन्छ ।
दक्षिणतिर जान त सम्भव नै हुँदैन । सिमानामा काँडेतार लगाएर किल्ला बनाएर आवागमन गर्न असम्भव बनाइएको छ ।
जसले सिमाना पार गर्न सक्छन् उनीहरू पहिला चीन प्रवेश गर्छन् । अनि दक्षिण कोरियाली दूतावासमा गएर शरण लिन्छन् । दूतावासले आफ्नो देश लैजाने व्यवस्था मिलाउँछ । उत्तर र दक्षिणका परिवारबीचको सम्बन्ध अझै कायम छ । नातेदारहरू एकअर्को मुलुकमा छन् ।
मान्छेको सम्बन्ध राजनीतिक नेताहरूको अहम्, प्रतिशोध वा वैमनष्यले कहाँ चुँडिन्छ र !
सिमानाको एउटा ठाउँमा पारिवारिक मिलन गर्ने ठाउँ तोकिएको छ । दुवै तर्फका प्रशासनको अनुमति र निगरानीमा सीमित समय भेटघाट गर्ने व्यवस्था मिलाइएको हुन्छ ।
लुकेर चीन प्रवेश गर्ने, चीनले समातेर फर्काइदिने र फर्किएपछि प्रशासनले तिनमाथि दमन गर्ने भएकाले धेरै दुर्घटना हुने गरेका छन् ।
यस्ता घटना कतै अभिलेखमा रहँदैनन् । समाचार बन्दैनन् । कसैले न्यायको निम्ति आवाज उठाउँदैन । सञ्चार माध्यममा शासकको बढाइचढाइ बाहेक अरू केही हुँदैन ।
बाहिरबाट पहिलोपल्ट प्रवेश गर्ने जोकोहीले प्योङयाङ देखेर क्या गज्जब भन्ठान्छन् । युरोपजस्तै भव्य र विकसित भएको सोच्छन् ।
वर्षमा दुईपटक वर्कर्स पार्टीको भव्य कार्यक्रम हुन्छ । विदेशी पाहुना र कूटनीतिक नियोगका पदाधिकारीलाई आमन्त्रण गर्छन् ।
नाचगान र भोजभतेर हुन्छन् । हामीलाई पनि नाच्न लगाउँछन् । शासकको उर्दी र इसारामा राजधानीमा भेला भएर मनाइने हर्षोल्लास र भुइँ तहका आमजनताको दैनिकीबीच भने कतै तालमेल देखिँदैन । एकले अर्कोलाई खिसिट्युरी गरेजस्तो लाग्छ ।
मान्छेहरू खाद्यान्न नपाएर घाँसपात सङ्कलन गरेर समेत पेटको राँको निभाउन बाध्छ छन् ।
यहाँ नागरिकको आफ्नो स्वामित्वको घर, जग्गा, साइकल केही पनि हुँदैन ।
सियोदेखि साइकलसम्म, जुत्तादेखि टोपीसम्म सम्पूर्ण चिज सरकारले नै दिन्छ । त्यसबापत प्रत्येक बालिग व्यक्ति (किसान) ले खेतबारीमा हरेक दिन काम गर्नुपर्छ । ती खेतबारी सरकारकै हुन् ।
उत्पादन र श्रम परिचालनको काम सहकारी ढाँचामा गरिएको हुन्छ ।
तर, प्योङयाङमा कोरियालीहरूका लागि खोलिएको पसलमा प्योङयाङ निवासीहरू भने किनमेल गरिरहेका हुन्छन् । सायद उनीहरूले विभिन्न कार्यालय, रेस्टुराँ र कृषक बजारमा काम गरेबापत सरकारले तलब दिन्छ ।
भोकमरी हुने हुनाले त्यहाँको कुनै उर्वर जमिन खाली राखिएको छैन । प्योङयाङ विमानस्थलको रन–वेको दायाँबायाँको खाली ठाउँमा समेत मकै रोपेको देखिन्थ्यो ।
यो देशमा कुनै पनि कुराको पारदर्शिता हुँदैन, छैन ।
डब्लुएफ्पीले दिने खाद्यान्न विशेषगरी नाम्पो“ बन्दरगाह पु¥याइन्छ भने कुनै खाद्यान्न ओन्सान बन्दरगाहमा पनि लगिन्छ । त्यहाँबाट सरकार आफैले ढुवानी गर्छ । कतिसम्म भने त्यो खाद्यान्न बन्दरगाहबाट कहाँ लगिन्छ, कसले खान्छ, हामी कसैलाई थाहा हुन्न ।
तीन वर्षसम्म परियोजना निरीक्षणमा जाँदा शिशु स्याहार केन्द्र, नर्सरी र प्राथमिक तहका बालबालिकाले खाना खाइरहेको मैले कहिल्यै देख्न पाइन ।
त्यस्तै, अस्पतालका बिरामी, गर्भवती र कामका लागि खाद्यान्न कार्यक्रमका लाभग्राहीलाई खाद्यान्न बाँडेको पनि कहिल्यै देखिन ।
खाद्यान्न बाँडेको देख्न पाइने भनेको सरकारले सबै गरिब नागरिकलाई मासिक रूपमा कार्यक्रम नै गरी वितरण गर्ने रासन मात्र हो । तर त्यो पनि निकै अपुग रूपमा । यसैले होला, खाद्यान्नको अभावका कारण सामान्यतया उत्तर कोरियालीहरू होचा हुन्छन् ।
उत्तर कोरियामा बारम्बार हुने शृङ्खलाबद्ध भोकमरीका कारण उत्तर कोरियालीहरूको औसत आयु घटेको बुझ्न कठिन छैन । दक्षिण कोरियालीहरू उनीहरूभन्दा बढी बाँच्नुको थुप्रै कारणमध्ये यो पनि एक रहेछ ।
शासकसँग सत्ता हुन्छ । कार हुन्छ । जही“तही“ जान सुविधा छ । तर, जनता भने एक काउन्टीबाट अर्काेमा जान भिसा जस्तै लिन पर्दछ । खाना छैन । साइकल पनि कत्तिको छैन । सुविधा छैन । यही अमिल्दो कामका कारण जनताहरू अमिलो मन बनाएर बसिरहेका छन् ।
कहाँ त्यो चीन कहाँ यो उत्तर कोरिया
एकपटक चीनबाट पर्यटकहरू उत्तर कोरिया आएका रहेछन् ।
हामी छक्क पर्यैँ । के हेर्न आएको होला यो भनेर आफू आफू कुरा पनि गर्यैँ । त्यतिले पनि शान्ति मिलेन ।
उनीहरूलाई नै सोध्यौँ, ‘किन आएको यहाँ ? के हेर्न आएको ?’
उनीहरूले सटिक जवाफ दियो, ‘माओ त्से तुङको पालामा हाम्रो चीन कस्तो थियो भनेर हेर्न आएको ।’
चीन र उत्तर कोरियाको बीचमा ठूलो यलु नदी छ । त्यहाँ ठूलो पुल छ, जहाँबाट रेल पनि वारपार गर्छ । त्यो पुल नजिकबाट राति उभिएर हेर्ने हो भने पारि चीन (डाङडोङ) सहरतिर झलमल्ल उज्यालो देखिन्छ । उत्तर कोरियातिर हेर्ने हो भने निष्पट्ट अँध्यारोले आँखा छोप्न आउँछ ।
उत्तर कोरियालाई चीनसँग त दाँज्न मिल्दैन तर दक्षिण कोरिया भने धेरै माथि पुगिसकेको स्थिति छ ।
सन् १९७३ सम्म सम्पत्तिको आधारमा उत्तर र दक्षिण कोरिया निकै समान थिए । त्यसयता दक्षिण कोरियाले ठूलै छलाङ मा¥यो । अहिले प्रमुख औद्योगिक उत्पादक बनेको छ । सामसुङ र हुन्डाई जस्ता उस्का कम्पनी विश्वब्रान्ड बनेका छन् ।
तर, उत्तर कोरिया सन् १९८० को दशकदेखि स्थिर रह्यो जब उसले कठोरताका साथ राज्यनियन्त्रित जहानिया शासन प्रणालीलाई प्राथमिकतामा राख्यो ।
चीन कम्युनिस्ट मुलुक भए पनि उसले अर्बाैं जनताको जेट सकुशल चलाइरहेको छ । उत्तर कोरिया चुम्बकको उत्तरी ध्रुव जस्तै बसिरहेको छ, कहिले दक्षिण ध्रुव आउला र मिलौ“ला भनेर । तर उत्तर कोरियामा दक्षिणी ध्रुव चाँडै आउने छेकछन्द छैन । कारण, उत्तर कोरियाको शासक र शासन झन् झन् कठोर बन्दै जाँदै छ । नाम उत्तर कोरिया भए पनि प्रश्न धेरै उठ्दै गएको छ उत्तर कोरियामाथि ।
तर सुरक्षित देश
उत्तर कोरियामा सबै कुरा नकारात्मक नै नकारात्मक मात्रै छ भन्ने कुरा पनि होइन ।
यहाँका विभिन्न कार्यक्षेत्रमा खटि“दा मैले आफूलाई कहिल्यै असुरक्षित महसुस गरिन । मलाई उत्तर कोरिया जत्तिको सुरक्षित देश संसारको अर्को कुनै छ भन्ने पनि लाग्दैन ।
बाटोमा कुनै सामान खसेछ भने पनि कसैले टिपेर लैजादैन । ठाउँठाउँमा सेनाको तैनाथी हुन्छ ।
दिनहुँ धेरै रक्सी खाने र अभावग्रस्त समुदाय भए पनि मैले कहिल्यै झगडा गरेको देखिन । चोरीचकारी, लुटपाट, डकैती पनि कहीँ देखिन । कहिल्यै त्यस्तो भएको समाचार पनि सुनिन ।
सायद निजी सम्पत्ति र कमाइको होड नहुने हुनाले पनि यस्तो भएको हुन सक्छ ।
उत्तर कोरियामा लगाउन लुगा र जुत्ता दिइएको हुन्छ । खान पनि सकेको दिएकै छ ।
बालबालिका एकदम प्रतिभावान् । हरेकसँग कुनै न कुनै प्रतिभा हुन्थ्यो । सङ्गीत, नाचगान आदिमा उनीहरू निकै पोख्त देखिन्छन् ।
उनीहरूका रङ्गशालामा एक लाख दर्शक अटाउँछन् । १० हजार जनाले नाचगान आदि एकसाथ प्रस्तुति दिन सक्छन् ।
चीन भनेको उत्तर कोरियाको आमा र रसिया उसको बाबुजस्तो लाग्छ । हरेक कुरा केही न केही यी दुई देशबाट अनुकरण गरेको पाइन्छ । तर, जति कट्टर कम्युनिस्ट उत्तर कोरिया छ उति न चीन छ न त रुस नै ।
हीराकाजी श्रेष्ठद्वारा लिखित, सन्तोष आचार्यद्वारा सम्पादित तथा घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित पुस्तक ‘संसारा’ को विमोचन आज (शनिबार) गरिएको हो ।
यो पनि…
बस्नेतको ‘महाभारा’ सार्वजनिक, छोरीले गरिन् लोकार्पण
रोल्पामा सुनिए १७ कविता