English

पूजा शर्माका फ्यान : ट्याटु बनाउनेदेखि रुँदै हग गर्नेसम्म



युवा पुस्तामा निकै लोकप्रिय नायिका हुन् पूजा शर्मा । नायिका पूजाले ‘थ्री लभर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनले ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु, ‘रामकहानी’, ‘पोइ पर्यो काले’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । ‘प्रेम गीत’ उनको सबैभन्दा सफल चलचित्र हो ।

पछिल्लो समय उनको निर्माण तथा अभिनय रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा छ । पूजाको फ्यान फलोइङ एकदमै राम्रो छ । फेसबुक पेजमा मात्र उनलाई फलो गर्नेको सङ्ख्या तीन लाखभन्दा माथि छ । आफ्ना केही अनौठा फ्यानलाई उनी यसरी सम्झिन्छिन् :

मेरो नामको ट्याटु बनाउने फ्यान

मेरो धेरै अनौठा फ्यानहरू छन् । त्यसैले, पनि याद गर्न गाह्रो छ । एक जना फ्यान भने मलाई सधैँ याद हुन्छ । किनकि, उहाँले हातमा मेरो नामको ट्याटु नै बनाउनुभएको छ । धेरै फ्यानहरूले फेसबुक तथा इस्ट्रागाममा म्यासेज गरिरहनुहुन्छ । त्यसैले, सबैको म्यासेज हेरेर तथा रिप्लाई गर्न सम्भव पनि हुँदैन । एकजना पुरुष फ्यानले भने मलाई दैनिक धेरैपटक म्यासेज गरिरहनुहुन्थ्यो । एक पटक मैले उहाँको म्यासेज हेरेँ । ‘म तपाईंको एकदमै ठूलो फ्यान हुँ, त्यसैले मैले तपाईंको नामको ट्याटु नै बनाएको छु’ ती फ्यानले ट्याटुको फोटोसहित म्यासेज पठाउनुभएको थियो ।

मेरो विषयमा हरेक कुरा थाहा हुने फ्यान

एक जना फ्यान पनि मलाई अनौठो लाग्छ । उहाँलाई मेरो विषयमा हरेक कुरा थाहा हुन्छ । उहाँलाई मेरोबारे सबै कुरा कसरी थाहा हुन्छ भनेर म आफैँ अचम्ममा परेको छु ।
ती फ्यानसँग मेरो एकपटक भेट पनि भएको थियो । भेटका क्रममा उहाँले मलाई एउटा डायरी दिनुभएको थियो । मेरो विषयमा हरेक जानकारी त्यो डायरीमा थियो । मेरो कुनै नयाँ फिल्म तथा म्युजिक भिडियो रिलिज हुनेबित्तिकै हेरेर प्रतिक्रिया पनि दिनुहुन्छ ।

हात समात्न आउने फ्यान

‘म यस्तो गीत गाउँछु २’ हलहरूमा प्रदर्शन भइरहेको छ । आफ्ना फ्यानहरूलाई भेट्नको लागि म हलहरूमा पुगेको थिएँ । धेरै फ्यानहरू मसँग फोटो खिच्न र मसँग कुरा गर्नको लागि एकदमै उत्साहित थिएँ । त्यही भिडमा एक जना महिला फ्यान अगाडि आएर रुँदै भन्न थाल्नुभयो, ‘दिदी प्लिज एकपटक तपाईंको हात समात्छु नि । तपाईं मेरो अगाडि हुनुहुन्छ भनेर मलाई विश्वास नै लागेको छैन ।’ उहाँ पनि मलाई अनौठो लाग्यो ।

रुँदै हग गर्ने फ्यान

मलाई भेट्दा रुने फ्यानहरू पनि धेरै हुनुहुन्छ । तर, केही दिनअघि ‘म यस्तो गीत गाउँछु २’ कै दर्शकहरू भेट्ने क्रममा एक जना फ्यानले भने मलाई अचम्ममा पार्नुभयो ।

दर्शकहरूलाई भेट्नको लागि हलमा पुग्दा धेरै भिड थियो । एक जना महिला भिडलाई छिचोल्दै र ठेल्दै मेरो नजिक आएर कस्सिएर हग गर्दै मज्जाले रुनुभयो । उहालाई पनि म सम्झिरहन्छु ।

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
सीता न्यौपानेका फ्यान : बाइकमा फलो गर्नेदेखि प्रेम प्रस्ताव राख्नेसम्म (भिडियो पनि)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।