English

‘बाल्यकालमा खाएको स्ट्रबेरीको स्वाद जिब्रो मै गडेको छ’



अभिनेत्री लक्ष्मी बर्देवाले थिएटरबाट अभिनय यात्रा सुरु गरेकी हुन् । ‘घामपानी’ उनले अभिनय गरेको पहिलो चलचित्र हो । पछिल्लो समय लक्ष्मी म्युजिक भिडियोहरूमा एकदमै व्यस्त छिन् । उनले ‘मिस्टर झोले’, ‘जालो’, ‘कागजपत्र’, ‘डम्बरूको डन्डिबियो’, ‘बुलबुल’, ‘सेल्फी किङ’मा अभिनय गरिसकेकी छिन् । ‘बुलबुल’मा महिला ट्याम्पो चालकको भूमिकामा देखिएकी लक्ष्मीको औधी प्रशंसा भयो ।

लक्ष्मीको बाल्यकाल काठमाडौँको गौरीघाटमा बितेको थियो । मध्यमवर्गिय परिवारमा जन्मिएकी लक्ष्मीलाई बाल्यकाल देखि नै अभिनय र नृत्यमा रुचि थियो । बाल्यकालको हरेक कुरा विशेष लाग्ने उनी बताउँछिन् । बाल्यकाललाई सम्झँदै उनी भन्छिन् ‘बाल्यकाल कति प्यारो थियो, सानो कुराले पनि धेरै खुसी दिइन्थ्यो।’

बाल्यकालमा एकदमै मिठो लागेको खानेकुरा यो नै हो भन्ने त छैन । तर, काठमाडौँमा हुर्किएको भएर होला बोटमा फलेको ताजा खानेकुरा भनेपछि मलाई जे पनि मन पर्ने विशेष गरी बोटबाट टिप्ने बित्तिकैको स्ट्रबेरी ।

उनलाई बाल्यकालको हरेक कुरा विशेष लाग्छ । बाल्यकालमा खाएको खानेकुरा पनि विशेष हुने उनी सुनाउँछिन् । ‘बाल्यकालमा जे खाए पनि मलाई मिठो लाग्थ्यो, यो नमिठो लाग्छ खाँदिन कहिल्यै भनिनँ ।’

मध्यमवर्गिय परिवारमा जन्मिएको हुर्किएको भएर होला सानो हुँदा यो खान्छु त्यो खान्छु भनेर रोज्न पाइँदैनथ्यो । घरमा जे पाक्यो त्यही खानु पर्थ्यो उनी सुनाउँछिन् । ‘बाल्यकालमा एकदमै मिठो लागेको खानेकुरा यो नै हो भन्ने त छैन । तर, काठमाडौँमा हुर्किएको भएर होला बोटमा फलेको ताजा खानेकुरा भनेपछि मलाई जे पनि मन पर्ने विशेष गरी बोटबाट टिप्ने बित्तिकैको स्ट्रबेरी ।’

बोट बाट टिपेर दिएको स्ट्रबेरी खान पाएर म मक्खै परेको थिए । मलाई सबै फलफूल मन पर्छ तर विशेष गरी स्ट्रबेरी झन् मन पर्छ ।

काठमाडौँमा हुर्किएकी उनी रुखमा फलेका फल देखेर अचम्ममा पर्थिन् । एक पटक स्कुलको साथीले उनलाई आफ्नो घर लगेकी थिइन् । साथीको घरमा स्ट्रबेरी फलेको रहेछ ती साथीले उनलाई बोटबाटै टिपेर दिइन् । त्यो स्ट्रबेरी उनलाई असाध्यै मन पर्यो । ‘बोट बाट टिपेर दिएको स्ट्रबेरी खान पाएर म मक्खै परेको थिए ।’

बाल्यकालमा खाएको स्ट्रबेरीको स्वाद उनको जिब्रो मै गडेको छ । त्यसो त उनलाई स्ट्रबेरी अहिले पनि उत्तिकै मन पर्छ । बजारमा गएको बेला स्ट्रबेरी देखिन् भने उनी किनेर ल्याइहाल्छिन् । ‘मलाई सबै फलफूल मन पर्छ तर विशेष गरी स्ट्रबेरी झन् मन पर्छ ।’

स्ट्रबेरी त सानो ठाउँमा पनि फलाउन सकिन्छ । उनलाई आफैँ फलाएर खान मन पनि छ । तर, ठाउँको अभाव भएको उनी बताउँछिन् । ‘आफ्नो घर बनाएपछि भने म धेरै बोटबिरुवा रोप्ने छु, स्ट्रबेरी पनि अवश्य लगाउने छु ।’

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।