English

‘औपचारिक शिक्षाका लागि उमेरले छेक्दैन’



ताप्लेजुङस्थित कञ्चन एकेडेमीबाट २०६७ सालमा एसएलसी (एसईई) दिएँ । त्यो समयमा एसएलसीलाई ‘आइरन गेट’ भनिन्थ्यो । दोस्रो श्रेणीमा पास भए पनि धेरै खुसी थिएँ । पहिलो श्रेणीमा पास भएकाहरूको साइन्स पढ्ने क्रेज थियो ।

प्लस टुमा व्यवस्थापन संकायमा भर्ना हुने निधो गरेँ । ताप्लेजुङस्थित भानुजन माध्यमिक विद्यालय उच्च माध्यमिक विद्यालयमा भर्ना भएँ । यो उमेर र स्वभाव नै चञ्चले हुनाले पढाइ के हुनु, झुर नै थियो । पढ्न अल्छि लाग्थ्यो । कलेज गए पनि प्रायः बाहिरै घुमेर बिताउथेँ, कक्षामा कमै बस्थेँ ।

हामी आठ जना साथी एकदमैै मिल्थ्यौँ । एक जना कक्षाबाट निस्क्यो भने बाँकी सातै जना नै बाहिन्थ्यौँ । एउटा पेन र कपी मात्रै बोकेर कलेज जान्थेँ । बुक कहिल्यै किनिनँ ।

प्लस टु पढ्दै गर्दा रेडियो तमोरमा काम गर्थें । यहाँबाट मार्केटिङ पनि गर्थें । प्लस टुमा पटक–पटक फेल भएकाले फेरि फेरि परीक्षा दिन जानै लाज लाग्थ्यो । सोही कारणले परीक्षा दिइनँ । कक्षा ११ र १२ को पढाइ पूरा गर्नै सकिनँ ।

म कार्यरत रेडियोको टिमले मलाई काठमाडौं ल्यायो । रेडियो नेपालबाट प्रसारण हुने ‘धर्ती–आकाश’मा कलाकारको रूपमा मनोज गजुरेल सरसँग रेडियो कार्यक्रममा काम गरेँ ।

शिक्षाका लागि कुनै उमेर हुँदैन भन्ने मनस्थितिले औपचारिक शिक्षालाई फेरि निरन्तरता गर्ने निणर्य गरेँ । मलाई पत्रकारिता मन पर्ने विषय भएकाले सिफलस्थित ब्रिलियन्ट बहुमुखी कलेजमा भर्ना भएँ ।

पहिलो दिन कलेज जाँदा कक्षाका सबै विद्यार्थी उठेका थिएँ, सर आउनुभयो भनेर । अर्को दिन कलेज जाने नजाने दोधारमा थिएँ । तर, पढ्नका लागि आफूलाई हौसला दिएँ निरन्तर कलेज गएँ । बिहानको कक्षा लिएर दिनभरि काम र कार्यक्रममा सहभागी हुन्थेँ ।

यहाँ पढ्दा कलेजमा सांस्कृतिक कार्यक्रम कम हुन्थ्यो । तर, अरू–अरू कलेजका कार्यक्रममा सहभागी हुन्थे । यहाँबाट शैक्षिक भ्रमणका लागि सुन्दरीजल गएका थियौँ । यहाँको भ्रमण समाचार बनाउनुपर्ने थियो । रेडियोमा काम गरेको हुनाले सजिलै गरेँ ।

प्लस टुपछि पशुपति कलेजमा स्नातक तहमा पत्रकारिता विषय पढ्नका लागि एक दुई कक्षा लिएँ, तर खासै फरक पाइन । चाबहिलस्थित जिपी मेमोरियल कलेजमा मानविकी अन्तर्गतकै ग्रामीण विकास विषय लिएर भर्ना भएँ । तेस्रो वर्षको परीक्षा हुँदा कमेडी च्याम्पियनमा थिएँ । एउटा विषय सफल हुन सकेन । अहिले सोही विषयको परीक्षा दिने तयारीमा छु ।

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘होटल म्यानेजमेन्टका साथीले खाना पकाउँथे, हामी भाँडा माझ्थ्यौं’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested