English

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल



फिनल्यान्ड फेरि एकपटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँपटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वहरूका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।

यस्तो छ नेपालको अवस्था
नेपाल सूचीको ८५औं स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३औं नम्बरमा छन् । श्रीलंका १२६औं स्थानमा छ भने भारत १३६औं स्थानमा छ ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२औं नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४औं स्थानमा छ । त्यस्तै रूसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ ।


यो पनि…
जहाँ छन् काठ र सिसाले बनेका घरहरु (फोटो फिचर)
विश्व सम्पदा स्थल : कंक्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested