English

दिवा खाजा कार्यक्रमले बढायो विद्यार्थीको चाप



विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा विद्यालयले बनाएको तालिकाले विद्यार्थीलाई थप आकर्षित बनाएको छ ।

बागलुङ नगरपालिका–८ को बौंडेचउर माविको कक्षा ४ मा अध्ययनरत काजल काउचाले अभिभावकलाई समेत आजको खाजा के हुन्छ भन्ने जानकारी गराएर विद्यालय जान्छिन् । काठेखोला गाउँपालिका–७ को रेशगाउँबाट आउँदा डेढ घण्टा बाटो हिँडेर विद्यालय पुग्ने काउचालाई खाजाले विद्यालय जाऔँ जाऔँ बनाउने गरेको छ ।

बिहान ८ बजे नै खाना खाएर आउने काजल दिउँसै भोकाउँछिन् । दिउँसोको खाजा खाने खर्च नहुँदा दिउँसो १ बजे नै घर फर्किने गरेकी काजल आजभोलि साँझ ५ बजे मात्रै घर पुग्छिन् । कारण विद्यालयमा नै उनको रुचिअनुसारकै खाजा खान पाइन्छ ।

सबै समय पढेर घर फर्किंदा पनि उनले भोकाउनु पर्दैन । यसअघि उनको पढाइ राम्रो चलेको थिएन । उनी मात्र हैन कक्षा ५ मा पढ्ने बिराज परियारको समस्या पनि उस्तै हो । पैसा तिरेर खाजा खाने क्षमता नभएपछि भोकभोकै पढ्न बाध्य थिए । भोकभोकै पढ्न नसक्दा धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने समस्या थियो ।

यो समस्या चालु शैक्षिक वर्षदेखि घटेको छ । शिक्षा मन्त्रालयले पोषण भत्तास्वरुप मासिक ४५० दिन थालेको छ । उक्त पैसाबाट अभिभावकलाई अन्न वा खाजाका लागि चाहिने सामग्री खरिद गरेर दिइन्छ । त्यसपछि बालबालिकाले घरमै खाजा बनाएर ल्याउने गरेका छन् । दिउँसो खाजा खाएर उनीहरू विद्यालय समयभर बस्न थालेको प्रधानाध्यापक दीनानाथ गौतमले बताए ।

‘यहाँ अधिकांश समय चिसो हुन्छ, त्यसमाथि बिहानै ८ बजे खाना आएर हिँडेका बालबालिका दिउँसै भोकाउँछन्, त्यसैले उनीहरूलाई खाजा चाहिएको थियो’, उनले भने, ‘यस्तो खाजाको व्यवस्था गरेपछि मात्रै सातौँ पिरियडसम्म बालबालिका बस्न थालेका छन् ।’ विद्यालयले साताको ६ दिनसम्म कुन बार कुन खाजा खाने भन्ने क्यालेन्डरसमेत बनाएको उनले बताए ।

यसरी खाजाको पात्रो बनाउँदा एकरूपता भएको शिक्षक रुद्रप्रसाद जोशीले बताए । ‘कसैले मीठो, कसैको नमीठो भन्ने पनि भएन, एकै प्रकारको खाजा आएपछि सबैले रमाएर खान्छन्,’ उनले भने, ‘अहिले बालबालिका नियमित गर्न पनि सजिलो भएको छ ।’

अभिभावकलाई नगद दिँदा खर्च गरेर सक्ने भएकाले विद्यालयले खाजाको सामान खरिद गरेर बाँडेर दिने गरेको हो । यो पद्धतिले अभिभावकले जथाभावी खर्च गर्न पनि नपाएको उनले अनुभव सुनाए । विद्यालयले सबै बालबालिकाको घरमा आइतबारदेखि शुक्रबारसम्म खाने खाजाको पात्रो बाँडेको छ ।

आइतबार तरकारी र अण्डा, सोमबार हलुवा, मङ्गलबार रोटी र तरकारीको खाजा व्यवस्था भएको हो । त्यस्तै बुधबार मकै र भटमास, बिहीबार चना तथा शुक्रबार रोटीतरकारी खाजा खुवाउने गरिएको हो । दिउँसो १:३० देखि २ बजेको समय खाजाको लागि तोकिएको गौतमले बताए ।

यो समय बालबालिकाहरू मिलेर खाजा खाने गरेका छन् । खाजाले बालबालिकालाई मिलेर खाने बानीको समेत विकास गरेको उन्ले बताए । केही समयअघि स्थानीय होमस्टेलाई खाजा बनाउने जिम्मा दिइएको थियो । तर कोरोना संक्रमणका कारण हरेकले आफ्नै घरबाट खाजा बनाएर ल्याउने नियम चलेको हो ।

यो पनि…
यस्तो पो सामुदायिक विद्यालय !

स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।