English

शरीरमा पानी कम हुँदा देखा पर्ने १० लक्षणहरू



पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञान सम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेस गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ । पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ ।

यसरी जीवनको महत्त्वपूर्ण घटकको रूपमा रहेको यस यौगिकको शरीरमा क्षय पनि निरन्तर रूपमा भइरहने हुँदा यसको पूर्ति गर्नका लागि हामीले निरन्तर रूपमा पानी पिई रहनुपर्ने हुन्छ । नियमित अन्तरालमा पानी नपिउँदा थाहै नपाई कन जल–अल्पताको सिकार भई अनेकौँ स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् । आफ्नै लापरबाहीको कारण गम्भीर बिरामीको चङ्गुलमा फसी व्यक्ति रोगी बन्न सक्दछ । तसर्थ वयस्क व्यक्तिले दैनिक ४/५ लिटर पानी पिउन आवश्यक छ ।

तर भाग दौडले भरिएको यस जिन्दगीमा व्यस्तता एवम् विस्मृतिका कारण पर्याप्त पानी नपिइरहेका हुन सक्छौँ तर हामीले पर्याप्त पानी पिइरहेका छौँ छैनौँ भनेर पर्याप्त पानी नपिउँदा उत्पन्न हुने केही शारीरिक एवम् मानसिक चिन्ह एवम् लक्षणहरूको जानकारी हुन आवश्यक छ । यी चिन्ह एवम् लक्षणहरूको ज्ञात हुन सके आफूले पानी पर्याप्त पिएको, नपिएको बेलैमा जाँच गरी तत्काल पानी पिउन सकिन्छ । पानी पर्याप्त नपिउँदा देखा पर्ने चिन्ह एवम् लक्षणहरू निम्न लिखित छन् ।

मुख सुक्ने
शरीरमा पानी कम भएको मुख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि र्‍याल ग्रन्थिले पर्याप्त र्‍याल बनाउन सक्दैन र फलतः मुख एवम् घाँटी सुक्दछ ।

बारबार मुख एवम् घाँटी सुक्न थाल्यो भने यो समस्या निर्मलीकरणले गर्दा हो भन्ने बुझेर तुरुन्त पानी पिउनु पर्दछ तर पानीको पूर्ति नुन चिनी हालिएको एवम् कार्बाेनेटेड पेयले गर्न सक्दैन । यस्ता पेय पिउँदा झन् जल–अल्पता बढ्दछ । यसर्थ तिर्खा लागेको बेलामा पानी पिएर नै तिर्खा मेट्नुपर्दछ ।

छाला सुख्खा हुने
शरीरमा जल–अल्पता बढ्दै गए पछि छालामा रक्त प्रवाह गर्ने रक्तनली सङ्कुचित भई छालाबाट हुने पानीको क्षय रोकिएर छालाको ओसिलोपन नाश हुन पुग्दछ । यस्तो अवस्थामा छाला सुख्खा हुने, चाउरिने, फुस्रो हुने र छालको प्राकृतिक चमक नष्ट हुने गर्दछ ।

जोर्नी दुखाई
जोर्नी दुई हड्डीहरूको सङ्गमलाई भनिन्छ । जोर्नीमा दुई हड्डीहरूलाई आपसमा बाँधेर राख्ने लिगामेन्टहरू हुन्छन् भने सन्धि स्थानमा कार्टिलज नामक कोमल तन्तुहरू पनि हुन्छन् । लिगामेन्ट एवम् कार्टिलेज जस्ता कोमल तन्तुहरूमा पनि ७० देखि ८० प्रतिशत पानी रहेको हुन्छ भने यी तन्तुहरूलाई निर्बाध कार्यरत रहनका लागि पर्याप्त पानी आर्तता भइरहनु पर्दछ ।

शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुहरूमा हुने पानी कम भई तन्तुहरू विगठित हुन सक्छन् । फलतः जोर्नी दुख्ने, सुन्निने, लिगामेन्ट एवम् कार्टिलेजहरु खिइने र जोर्नी नै विकृत हुने जस्ता समस्याहरू देखा पर्दछन् । यद्यपि जोर्नीको स्वास्थ्यलाई खराब गर्ने धेरै तत्त्वहरू छन् र त्यसमध्ये आम एवम् वास्ता नगरिएको कारण कम पानीको सेवन पनि हो ।

पहेँलो पिसाब आउनु
पिसाब स्वास्थ्यको दर्पण हो । पिसाबको रङ्गले स्वास्थ्यको धेरै आयामहरूको जानकारी दिन सक्छ र यसमध्ये पिसाबको रङ्गले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिने गर्दछ । यदि पिसाबको रङ्ग पहेँलो हुँदै गयो भने मान्नुहोस् कि तपाईँको शरीरमा जल अल्पता सुरु भइसक्यो र तपाईँको शरीरले पिसाबबाट हुने जल विसर्जनलाई रोक्न थालिसक्यो ।

यसर्थ, हाम्रो शरीरमा हुने जल अल्पताको पहिलो चिन्हको रूपमा पहेँलो पिसाबलाई लिन सकिन्छ । साधारणता मान्छेको पिसाब हल्का पहेँलो ¬रङ्गको हुन्छ तर पिसाब गाढा पहेँलो हुँदै गयो भने मान्नुस् कि यो जल अल्पताको लक्षण हो ।

पिसाबको मात्रा कम हुनु
नियमित रूपमा पानी पिइरहने व्यक्तिले नियमित रूपमा पिसाब फेरि पनि रहने गर्दछ तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमितता पनि कम हुने गर्दछ । साधारणता एउटा स्वस्थ व्यक्तिले ६ देखि ७ चोटि सम्म पिसाब फेर्ने गर्दछ तर दैनिक ६, ७ चोटि भन्दा कम पिसाब फेरिएमा यो जल अल्पताको प्रारम्भिक चिन्ह हुन सक्छ ।

कब्जियत
मल विसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एकपल्ट सम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । उसै त कब्जियत अनेकौँ कारणले हुने गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षणहरू देखा पर्ने गर्दछ ।

यस कारण पानी कम भएर कब्जियत भएको भए पानी पिएरै कब्जियत ठिक गर्न सकिन्छ र अन्य कारणबाट कब्जियत भएको भए पनि प्रशस्त पानी पिउँदा कब्जियत निवारणमा ठुलो टेवा पुर्‍याउँदछ ।

शारीरिक एवम् मानसिक थकाइ
शरीरमा पानीको मात्रा कम हुँदै गयो भने शारीरिक एवम् मानसिक थकानको महसुस हुने गर्दछ । तर सामान्यतया हामी शारीरिक एवम् मानसिक थकान भएको खण्डमा चिया कफी वा कार्बाेनेटेड ड्रिङ्क पिउने गर्दछौँ । यसो गर्दा एकछिन पुनः ताजगीको अनुभव त हुन्छ तर शरीरमा भएको जल अल्पता पुनः बढ्दछ र केही क्षणपश्चात् झन् धेरै थकाइ लाग्न थाल्दछ । यस कारण जब हामीलाई शारीरिक एवम् मासिक थकाइको अनुभव हुन्छ । त्यस अवस्थामा पानी पिउने गरौँ ।

टाउको दुख्ने
बेला बेलामा टाउको चरक्क चड्कने वा दुख्ने समस्या शरीरमा पानीको मात्रा कम हुनाले भएको पनि हुन सक्दछ । सामान्यतया नियमित रूपमा टाउको दुखिरहने समस्या भएमा नियमित विना कारण पानी पिएर यस समस्याको निराकरण गर्न सकिन्छ ।

यस्तो अवस्थामा जडीबुटीको चिया, मोही, मह, कागती, पानी, प्राकृतिक तत्त्वहरूद्वारा निर्मित सर्बत वा फलको रस पिउँदा झनै उत्तम हुन्छ । तर टाउको दुखाइको निहुँमा चिया कफी या कार्बाेनेटेड ड्रिङ्क वा चिनी हालिएका ड्रिङ्कस पिउँदा जल अल्पता झनै बढ्न गई समस्या पुनः थपिन सक्छ ।

पाचनसम्बन्धी समस्या
नियमित रूपमा पाचन समस्याबाट ग्रस्त भइरहनु भएको छ र पानी पनि पर्याप्त मात्रामा पिउनु हुन्न भने तपाईँको पाचन समस्या जल अल्पताको कारणले हुन सक्दछ । पाचन सुचारु हुन चाहिने पर्याप्त पानी नपिउँदा विशेष गरी अम्लपित्त, अपच, अजीर्णता, पेट फुल्ने दुख्ने ढ्याउढ्याउ आउने जस्ता समस्या देखिन सक्दछ । यसको अलावा ग्यास्ट्रिक, कब्जियत, अपान वायुको वृद्धि र ढ्याउढ्याउ आउने जस्ता समस्याहरू पनि जल अल्पताकै कारणले हुने गर्दछ ।

कमजोर प्रतिरक्षा प्रणाली
हाम्रो शरीरमा रोग एवम् कीटाणुहरूसँग लड्नको लागि प्रतिरक्षा प्रणालीको व्यवस्था छ । प्रतिरक्षा प्रणाली सशक्त भएको खण्डमा शरीरले धेरै रोग विरुद्ध सशक्त ढङ्गले लडेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा शरीरबाट निष्कासित भएर जानुपर्ने विजातीय द्रव्यहरू विसर्जन हुन नसक्दा शरीरमा विष सञ्चय हुन पुग्दछ । फलतः यी विजातीय द्रव्यहरूको सङ्कलनले प्रतिरक्षा प्रणालीको स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्दछ ।

यो पनि…
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात
जीवनको अन्त्यमा याद आउनेछ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।