यसरी मनाइयो तराईमा होली (फोटो फिचर)
रङको पर्व होली आज हर्षोल्लासका साथ तराईमा मनाइएको छ । एकले अर्कालाई रङ र अबिर दलेर यो पर्व मनाइएको हो । यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

सुनसरी सदरमुकाम– २ स्थित सुनसरी मिडिया प्रालिद्वारा सञ्चालित पपुलर एफएमले होलीको अवसरमा आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकार जोगिराको ताल मिलाए । सोही कार्यक्रममा एकापसमा रङ्ग र अबिर लगाएर होली पर्व मनाए ।

यसैगरी घोराही– १५, भरतपुरका बच्चा, युवायुवतीले एकापसमा रङ्ग लगाएर रमाइलो गरे । होलीकै अवसरमा सप्तरीको राजविराज– ३ स्थित सर्वोदय टोलमा सर्वसाधारणले नचा गान सहित होली मनाए ।

विराटनगर –११ मा पनि बालबालिका होली खेलेर मनोरञ्जन लिए । यसैगरि पश्चिम नेपालमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएर आफ्नो तौरतरिकाले होली मनाए ।

रङ्गहरूको पर्व होली हिजो काठमाडौँलगायत पहाडी जिल्लामा मनाइयो भने आज तराईमा मनाइँदै छ । तराईमा कतै कतै तीनसम्म होली मनाइन्छ ।







यो पनि…
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)
काठमाडौँ फागु उत्सव (फोटो फिचर)