English

प्राकृतिक सौन्दर्य बढाउन यसो गर्नुहोस्



सुन्दर देखिने रहर सबैलाई हुन्छ । सुन्दर देखिन सबै भन्दा सजिलो उपाय भनेको मेकअप गर्नु हो तर मेकअपले छालालाई नराम्रो असर पनि गर्छ । तर केही यस्ता प्राकृतिक उपाय छन् जसले छालालाई सुन्दर बनाउँ छन् ।

चामल र महको स्क्रब

छालाको हेरचाहामा स्क्रबिङ गर्नु एक आवश्यक प्रक्रिया हो । यसको मद्दतले छालामा रहेका मृत कोशिकालाई सजिलै हटाउन सकिन्छ जसले गर्दा जवान छाला बाहिर आउछ । बजारमा पाइने केमिकल युक्त स्क्रबको सट्टा चामल र महबाट बनेको स्क्रब प्रयोग गर्नु राम्रो हुन्छ । चामलमा एसिड,एन्टिअक्सिडेन्ट,भिटामिन,मिनरल्स आदि पाइन्छ जुन छालाको लागि निकै फाइदाजनक हुन्छ । यसका साथै छालालाई मोस्चराइज राख्न पनि मद्दत गर्छ ।

यसको फेसप्याक बनाउन एक चम्चा चामलको पिठो र २ चम्चा मह मिसाएर अनुहार र घाँटीमा लगाउनुहोस र बिस्तारै हातले २–३ मिनेट सम्म मालिस गरी १० मिनेट यत्तिकै छाड्नुहोस । त्यसपछि पानिले अनुहार सफा गर्नुहोस ।

बेकिंग सोडा

बेकिंग सोडामा सोडियम बाइकार्बोनेट हुन्छ जसले छालाको छिद्रबाट हाइटहेड्स र ब्ल्याकहेड्सलाई सजिलै बाहिर निकाल्ने काम गर्छ । यसलाई प्रयोग गर्नका लागि २ चम्चा बेकिंग सोडामा आधा चम्चा पानि मिलाउनुहोस । र ब्ल्याकहेड्स भएको छालामा लगाउनुहोस् । लगाएको १५ मिनेट सम्म सुकाउनुहोस र पानिले सफा गर्नुहोस ।

एलोभेरा र काँक्रो

यसको प्रयोगले आँखा मुनि हुने कालो घेरालाई कम गर्छ । दुवैको रसलाई एउटा भाँडोमा निकालि कपासले अनुहारमा लगाउनुहोस । लगाएको १० मिनेट पछि अनुहार सफा गर्नुहोस ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested