कौराहामा छमछमी (फोटो फिचर)
३ चैत तनहुँको ऋषिङ उद्गमथलो मानिएको मौलिक लोक संस्कृति कौराहा कोरोना कहरले सार्वजनिक कार्यक्रममा गुञ्जन छाडेको थियो । मगर समुदायमा प्रचलित कौराहा कोरोनाको कारण गाउँघरमा पनि कमै गुञ्जियो । कोरोनाको त्रास कम भएर जनजिवन सामान्य बन्दै गएपछि विहिबार दिउँसोदेखी साँझसम्म भिमाद बजारमा मौलिक कौराहा गुञ्जियो ।

नेपाल मगर संघ भिमादले आयोजना गरेको खुल्ला कौराहा प्रतियोगितामा तनहुँको भिमाद नगरपालिकासँगै ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न स्थानबाट आएका प्रतियोगि समुहले आ–आफ्नो गाउँघरमा प्रचलित कौराहा गाँउदै छमछमी नाचे । पुरुषहरुले खैँजेडीको तालमा सामुहिक स्वर मिलाउँदै कौराहा गाए ।

तरुनीहरुले कम्मर मर्काउदै खुट्टाको तालमा ताल मिलाउदै नाँचे । कौराहा गाउने र नाच्नेमा युवापुस्ताको बाहुल रहेको थियो । मौलिक कौराहाको संरक्षणका लागि प्रतियोगिता आयोजना गरेको नेपाल मगर संघ भिमादकी अध्यक्ष पवित्रा थापा मगरले बताईन् । ‘कौराहा संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान हस्तानतरण गर्ने जमर्को गरेका हौँ’, उनले भनिन् ।











यो पनि…
उपत्यकामा ट्राफिक चेकजाँच कडा (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)