नासाले मंगल ग्रहको सतहमा पुर्यायो हेलिकप्टर
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहको सतहमा हेलिकप्टर पुर्याएको छ । यो हेलिकप्टरलाई मार्स पर्सिभरेन्स रोभरको पेटको तल कभर गरेर मंगल ग्रहमा पठाइएको थियो । यो कंगारुको बच्चा जसरी रोभरको पेटमा लुकेको थियो । यसको नाम इन्जीन्यूटी हेलिकप्टर रहेको छ ।

केही दिन पहिला यसले मार्सको हावाको स्वाद लिएको थियो । अब भने यसले त्यहाँको सतहलाई पनि छोएको छ । यो हेलिकप्टर मंगल ग्रहको सतह र त्यहाँको वायुमण्डलमा रोटरक्राफ्ट टेक्नोलोजीको उपयोग हुन सक्छ कि सक्दैन भन्ने कुरा पत्ता लगाउन काम आउनेछ ।

रोभरले यो हेलिकप्टरलाई जमीन भन्दा ४ इन्च माथि छोडेको थियो । सतहमाक हेलिकप्टर झरेपछि रोभर अघि बढेको थियो । १.८ किलोग्रामको इन्जीन्यूटी हेलिकप्टरलाई पर्सिभरेन्स रोभरे आफ्नो पेटमा कभर गरेर राखेको थियो । २१ मर्चमा उक्त कभर हटाइएको थियो ।

नासाले आफ्नो ट्वीटमा अब छिटै रोभरको पेटबाट उड्ने पंक्षी निस्किने र यसले नयाँ बाटो देखाउने कुरा बताएको छ । यो हेलिकप्टर भित्र उर्जाबाट चाज हुने ब्याट्री लगाइएको छ । यसको पंखामा सोलर प्यानल लगाएको छ । जो जति तातो हुन्छ त्यति नै ब्याट्री चार्ज हुनेछ । साथै हेलिकप्टर भित्र परिवर्तन हुने तापक्रम रहनेछ । किनभने यसले त्यहाँको तापक्रमलाई सहन सकोस् ।
अहिले मंगलमा दिनमा ७.२२ डिग्री सेल्सियस तापक्रम छ । जो रातमा घटेर ९० डिग्री सेल्सियससम्म हुन्छ । यो हेलिकप्टरले ११ अप्रिलमा आफ्नो पहिलो उडान भर्नेछ । यसको डेटा धर्तीमा १२ अप्रिलमा पाइनेछ । यो हेलिकप्टर बनाउन नासाले ८५ मिलियन डलर्स खर्च गरेको छ ।

यसको पंखा हरेक मिनेट २ हजार ५३७ राउण्ड लगाउँछन् । स्थिती अनुकुल भए यसले जेजरो क्रेटरमा ३१ दिनसम्म उडान भर्नेछ । यो दिन मंगल ग्रहका अनुसार हुनेछ । हरेक उडान १६.५ फिट भन्दा अग्लो हुनेछैन । हेलिकप्टर एकपटकमा ३०० फिटको दूरी तय गर्नेछ । त्यसपछि चार्ज गर्नका लागि छोडिनेछ ।