आजको फलफूल र तरकारीको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज चैत ४ गते शुक्रबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २९ रूपैयाँ २० पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ३९ रूपैयाँ २० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य १५ रूपैयाँ, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १३ रूपैयाँ ३३ पैसा, भन्टा ६५ रूपैयाँ, मटरकोशा ३६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १३० रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।



यो पनि..
बिहान चक्कर लागेमा के गर्ने ?
नीतिकथा : ज्ञानी व्यक्ति पनि विद्वानहरूको संगतमा हुनुपर्छ