English

यसरी उतार्न सकिन्छ भाङको नशा



होलीको उमंग भाङले झन् बढाउँछ । तर यसको नशा हटाउन भने गाह्रो छ । भाङको नशा बढी भयो भने अस्पताल भर्ना हुने अवस्था पनि हुनसक्छ । त्यसैले घरमा नै भाङको नशा हटाउने उपाय यस प्रकार छ :

यी लक्षणलाई बेवास्ता नगर्नुहोस्
सामान्यतया भाङ खाएपछि स्नायु प्रणालीको शरीरमा नियन्त्रण हुँदैन । त्यसैले मानिसहरू आफ्नो कुनै पनि गतिविधि नियन्त्रण गर्न सक्षम हुँदैनन् । यस्तो अवस्थामा हाँस्नु, रुनु, धेरै सुत्नु जस्ता सामान्य लक्षण देखिन सक्छन् ।

अत्यधिक भाङ सेवनको कारण व्यक्ति केही समयको लागि केही चिन्न वा सम्झन सक्षम नहुन सक्छ । भाङ खाएपछि आँखा बन्द गर्नुको सट्टा आँखा खुला राखेर सुतिरहेको अवस्थामा त्यसलाई गम्भीरतापूर्वक लिएर तुरुन्त अस्पताल लैजानुहोस् नत्र कोमासम्म समेत जान सक्छ ।

कसरी उतार्ने नशा ?
–भाङको नशा बढेको छ भने ३० ग्राम पाकेको इलमीलाई २५० मिलिलिटर पानीमा भिजाएर छानेर त्यसमा ३० ग्राम सख्खर मिसाएर इलमीको यो पानी पिउने ।

–धेरै मात्रामा मोही पिउने वा ताजा दही पिउन सकिन्छ ।

कागतीको रस चुस्ने वा कागती पानी पिउने ।

–भाङको नशाले हुने बेहोसी हटाउन तोरीको तेल तताएर बिरामीको दुवै कानमा मनतातो तेलको थोपा हाल्ने ।

–अदुवा नशाबाट छुटकारा पाउनको लागि पनि उत्तम औषधि हो । नशाको अवस्थामा रहेका व्यक्तिलाई अदुवाको सानो टुक्रा खुवाउने ।

–मक्खन खाँदा पनि तत्काल आराम मिल्छ ।

– नरिवलको ताजा पानी पनि नशाबाट मुक्तिको लागि उत्कृष्ट उपाय हो । नरिवलको पानी मा एन्टिअक्सिडेन्ट हुन्छ जसले नशा निम्त्याउने पदार्थलाई बेअसर गर्छ ।

यो पनि…
बिहान चक्कर लागेमा के गर्ने ?
नीतिकथा : ज्ञानी व्यक्ति पनि विद्वानहरूको संगतमा हुनुपर्छ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।