English

सुपरलिग उपाधिका लागि चार टिम शनिबारबाट भिड्ने



नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा बिहीबार वेश्टर्न क्रिकेट क्लब विजयी भएको छ ।

डिभिजन ए अन्तर्गतको अन्तिम खेलमा शंकरनगरलाई ११३ रनको फारकिलो अन्तरले हराउँदै वेश्टर्नले सुपर फोरको यात्रा तय गरेको छ । हारसँगै शंकरनगर डिभिजन बीमा घटुवा भएको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ पाएको वेश्टर्नले निर्धारित ५० ओभरको खेलमा २ सय ६३ रन बनाएको थियो ।

सबै विकेट गुमाएको टिमका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९ र अनिल खरेलले ४१ रन बनाए । बलिङ तर्फ शंकरनगरका विशाल विक्रम केसीले ४, ओम सारु मगरले २ विकेट लिए । दुई सय ६४ रनको लक्ष्य पाएको शंकरनगरले जवाफी ब्याटिङमा २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्र जोड्न सक्यो ।

लक्ष्य पार गर्न नसकेपछि ११३ रनको फराकिलो अन्तरले हार व्याहोरेको शंकरनगरका लागि ओम सारु मगरले सर्वाधिक ४६, जगत क्षेत्रीले अविजित २०र विष्णु पाण्डेले १९ बनाए पनि जित निकाल्न सकेनन् । बलिङ तर्फ बेश्टर्नका अनिल खरेलले ५, विक्रम भुसालले ३ र प्रतिशत जिसीले २ विकेट लिए । बिहीबारको खेलमा वेश्टर्नका अनिल खरेल म्यान अफ द म्याच भए ।

बिहीबारको खेलसँगै डिभिजन ए अन्तर्गतको खेल सकिएको छ, शनिबारबाट हुने सुपर फोरको प्रतिस्पर्धाका लागि ४ टिम उक्लेका छन् । शनिबार एमसीसी क्लब र लुम्बिनी खुकुरी क्लब बिच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यो पनि…
आईपीलमा प्रशिक्षकको भूमिकामा मालिंगाको प्रवेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले