English

करिश्मा निवासमा होली : रङमा मस्त मगन (भिडियो पनि)

करिश्माको होली : कलाकारदेखि सांसदसम्म


होली । रंङ्गहरुको पर्व । यसले नछुने कसलाई छ र ! त्यसैले सामान्य नागरिकदेखि चर्चित सेलिब्रिटीसम्मले होलीलाई उल्लासमय मनाउँछन् । त्यसैमा पर्छिन्, अभिनेत्री करिश्मा मानन्धर । हरेक होलीको दिन करिश्माको आँगन रंगिन्छ । यसपटक पनि यस्तै भयो । करिश्माको घर आँगन होलीले रंगियो । कलाकार, गैर–कलाकारदेखि आफ्ना नजिकका आफन्त साथीभाईसँग उनले होली मनाइन् । ‘म हरेक चाडपर्वलाई उल्लासका साथ मनाउँछु,’ मग्न हुँदै उनले भनिन्, ‘त्यसमध्ये होली र तिहार विशेष मनाउँछु ।’

करिश्माले यसरी होली मनाउन थालेको वर्षौ बित्यो । यसको पनि कारण छ । उनको श्रीमान तथा चलचित्र निर्माता, निर्देशक बिनोद मानन्धरले आफ्नो जन्मदिनको पार्टी होलीकै दिन दिन्छन् । ‘म होलीको अघिल्लो दिन जन्मिएको हुँ,’ बिनोदले राज खोले, ‘होलीको संयोग परेकाले यो दिनलाई झनै उल्लासमय बनाउनका लागि यही दिन बर्थ डे सेलिब्रेसन गर्छौं ।’

कोभिड आउनुभन्दा अघिसम्म करिश्माको घरमा ठूलो भिडभाड हुन्थ्यो । कोरोनाले गर्दा संख्या घटेपनि उल्लास भने उस्तै देखिन्छ । ‘केही वर्ष अघिसम्म त हाम्रो आँगनमा ६–७ सय जना मानिसहरु होली मनाउनुहुन्थ्योे,’ बिनोद भन्छन्, ‘कोरोनाका कारण सबै साथीभाइलाई बोलाउन पाइएको छैन, गत वर्ष पनि सिमित साथीहरु बोलायौं यसपाली पनि यस्तै भयो ।’

करिश्मा–बिनोदको निम्तो मान्न प्रतिनिधि सभा सदस्य नवराज सिलवाल, कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता दिपकराज गिरी, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, गायिका सुनिता दुलाल, गायिका राधिका हमाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेत्री तथा मोडल एलिजा गौतम लगायतका कलाकारको उपस्थिति थियो ।

यसै पनि होली,माया,प्रेम र सद्भावको पर्व हो । यो कुरा बुझेकी छिन्,करिश्माले । यसैले त उनले प्रत्येक होलीलाई खास बनाउँछिन् । उनको नजरमा नजिकका खास मानिसहरु उनको निवासमा पुगेर होली दिनमा रङमा रम्छन् । खुसीले झुम्छन् ।

यो पनि…
फागुको दिन, मन मगन

काठमाडौँ फागु उत्सव (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।