English

फागुको दिन, मन मगन



कोरोनाभाइरसका कारण विगत दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच उन्मुक्त भएर मनाउन पाइएको थिएन, फागु । तर यसपटक कोरोनाको कहर थिएन । यही मेसोमा यसपटक धुमधामकासाथ, नाचगानका साथ, एकआपसलाई रङ दल्दै काठमाडौंको ऐतिहासिक थलो वसन्तपुरमा युवाहरुले फागु मनाए, मस्तले ।

वसन्तपुरमा फागुको रङसँग नेपाली युवासंगै सात समुद्रपारीबाट आएका पर्यटक पनि मस्त–मगन देखिन्थे । वसन्तपुर त्यही थलो हो जहाँ तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको मानिन्छ ।

फागुन २६ विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइन्छ । रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि चीर पूजा गरेपछि बुझ्नुपर्छ फागु प्रारम्भ भयो ।

वसन्त उत्सवका रुपमा मनाइने रंगहरुको पर्व फागुको पौराणिक तथा सांस्कृतिक महत्व छ । वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा माया, प्रेम र सद्भावकासाथ खेलिने यो पर्वमा विभिन्न बाजाका साथ वसन्त राग गाउँदै अनि नाच्दै रङ लगाइन्छ । फागु मनाइन्छ ।

फोटोः किरण स्याङ्बो /मेरो लाइफस्टाइल
यो पनि…
काठमाडौँ फागु उत्सव (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)
पश्चिम नेपाल पनि रङ्गीयो फागुमा (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested