English

पश्चिम नेपाल पनि रङ्गीयो फागुमा (फोटो फिचर)



काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व अर्थात् फागु पूर्णिमा मनाइँदै छ । दमौली, बेनी, पाल्पा, तनहुँ लगायतका पहाडी क्षेत्रमा होली मनाइएको छ । होलीको अवसरमा तनहुँ उद्योग बाणिज्य सङ्घ दमौली बजार इकाई समितिद्वाराले दमौलीमा होली विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा डोरी तान्ने खेल खेलिएको थियो । प्रतियोगितामा बुल्स जिम समूह बिजयी भएको थियो ।

कालीकोटबासीले पनि होली मनाएका छन् । यहाँका युवाले एकअर्कालाई अबिर दलेर प्रेम र सद्भाव साटासाट गर्दै मनोरञ्जनात्मक होली मनाए । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, मौवाफाँटका बालबालिका एकअर्कामा रङ्ग दलेर होली मनाए । यसैगरी दमौलीका कालकलिकाले पनि रङ दलेर रमाइलो गरे ।

कोरोनाका कारण दुई वर्षपछि उत्साहपूर्वक रूपमा होली मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली वा फागु पूर्णिमा मनाइन्छ ।

यो पनि…
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली




सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested