English

फागुका दिन यसकारण प्रदर्शन गरिन्छ भीमसेन लिङ्ग



होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर । तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन । यहाँंको होली यौनसँंग पनि जोडिएको छ । यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ ।

यहाँं लिंगको प्रदर्शन मात्रै होइन यौन सम्पर्क गरिराखेको दृश्य छ । भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिंगको प्रतिकको रुपमा रहेको करिब तीन फिट लामो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य त्यहाँं राखिएको छ । यो लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको छ । यौन सम्पर्क गर्दा वीर्य खसेको देखाइ लिंगको टुप्पोमा सेतो कपास झुण्डाई राखिएको हो । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिने गरिन्छ ।

प्रत्येक वर्ष होलीको क्रमको परम्पराअनुसार त्यहाँं यस्तो गरिएको हो । यो दृश्य हेर्न र लिंगलाई पूजा गर्न आउनेहरू पनि उतिकै भेटिन्छन् । होलीको एक हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसले पारिवारिक सुख र दीर्घायू मिल्ने विश्वास गरिन्छ । भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ ।

झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए पनि कुनै सञ्चार माध्यम नभएको त्यतिबेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको जानकारहरू बताउँंछन् । शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझ्नको लागि यो पर्व हो भन्छन् उनीहरू । यो दृश्य होलीको मुख्य दिन बिहीबारसम्म हेर्न सकिनेछ ।

मन्दिरकी पुजारी केशरी कपालीका अनुसार पहिलापहिला भए भीमसेनको योनाङ्गलाई भीमसेन मन्दिरको तल पाटीमै झुन्डाउने चलन थियो । धेरै भिडभाड हुने सार्वजनिक पाटीमा राखेर लिंग झुन्ड्याउँदा विशेष गरेर महिलालाई हिँड्डुल गर्ने अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तल्लामा झुन्ड्याउन थालिएको उनले जनाइन् ।

झुण्डाइएको लिंगलाई होली पूर्णिमाको दिन आज किहीबार निकालिन्छ । त्यसपछि यसलाई धुनको लागि पुन सूर्यमढी च्याम्हासिंह हुँर्दै ब्रह्मायणी नदीसम्म बोकेर लाने चलन छ । यो अन्तिम दिनमा भीमसेनको योनाङ्ग बोक्न आउनेको भीड लाग्छ । योनाङ्ग बोकेर लगेर धोयो भने छोरा जन्मिन्छ भन्ने जनविश्वास अझै छ । भीमसेनको योनाङ्ग छोरा नभएकाहरू विशेष बोक्न लालायित हुन्छन् । होलीको दिन साँझ योनाङ्ग धोएपछि भक्तपुरको होली समाप्त हुन्छ ।

संस्कृतिविद् जननीप्रसाद मुल उहिलेदेखिको यो परम्परा अहिले पनि जस्ताको तस्तै हेर्न पाउनुमा खुशी व्यक्त गर्छन् । पुराना संस्कृति, परम्परालाई जोगाईराख्नु आवश्यक रहेको उनी औंल्याउँंछन् ।

यो पनि…
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली
यसकारण मनाइन्छ रुपाली होली



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।