English

यसकारण मनाइन्छ रुपाली होली



पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर दिइरहेका छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा मनाइरहेका छन् ।

विसं २०१८ देखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न ठाउँमा बसाइ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीयवासी बसाइसँगै त्यहाँको परम्परागत पर्वलाई पनि मनाउँदै आएको रुपाली समुदायका अगुवाको भनाइ छ । होटल व्यवसायी सङ्घ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष केशवसिंह जोराले आफूहरुले लामो समयदेखि रुपाली होली मनाउँदै आएको बताए ।

पञ्चायतकालमा समेत रुपाली होलीलाई तत्कालीन अञ्चलाधीशको कार्यालयमा स्थान दिइन्थ्यो, अहिले पनि हाम्रो समुदायमा युवा पुस्ताले पनि होलीलाई भव्यरुपमा मनाउँछन् ।

‘पञ्चायतकालमा समेत रुपाली होलीलाई तत्कालीन अञ्चलाधीशको कार्यालयमा स्थान दिइन्थ्यो’, उनले विगत सुनाउँदै भने, ‘अहिले पनि हाम्रो समुदायमा युवा पुस्ताले पनि होलीलाई भव्यरुपमा मनाउँछन् ।’ भव्यरुपमा यो पर्व मनाउँदै आएको भीमदत्तनगरका स्थानीय अजुर्नदेव जोशीले जानकारी दिए ।

उनले आफ्नो परम्परा, संस्कृतिको जगेर्ना र युवा पिँढीलाई आत्मसात् गर्न होली रुपाली समुदायको घर÷घरमा पुगेर मनाउने गरेको बताए । ‘हाम्रो होली मित्रताको भावनाअनुसार खेलिन्छ’, उनले भने, ‘धार्मिक महत्व रहेकाले होलीमा मदिरालगायतका मांशाहारी खाना बन्देज हुन्छ ।’

त्यसैगरी नेपाली कांग्रेसका पूर्व पार्टी सचिव ईश्वरी जोशीले डडेल्धुराको रुपालसंगै कञ्चनपुरको महेन्द्रनगरस्थित गोवरिया, जानकी टोल, तिलकपुरका साथै कैलालीमा समेत रुपाली समुदायमा होली सुरु भइसकेको बताए ।

उनले अनेक चाडपर्व र कला संस्कृतिको भीडमा रुपाली होलीको पनि महत्व रहेको बताए । दशकौँदेखि महेन्द्रनगरमा रुपाली होली समिति नै बनाएर हरेक वर्ष एकादशीदेखि पूर्णिमासम्म होली मनाउँदै आएका रुपाली समुदायका स्थानीयले होलीमा सहभागी सबैको घरमा पालोपालो गरी खेल्न पुग्छन् । फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको हुन्छ ।

देउडाजस्तै पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान श्रीकृष्ण र रामको महिमा तथा चरित्रको बारेमा गुणगान गाइँन्छ । यो होलीका बेला काम विशेषले घर बाहिर गएका पनि विदा वा समय मिलाएर घर आउने गर्छन् । सुदूरपश्चिम प्रदेशमा पनि समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन ।

उनले महेन्द्रनगर र आसपासका क्षेत्रमा मात्रै करिब २५० परिवार रुपाली समुदायको बसोबास रहेको बताए । रुपालीको घरमा होली खेल्दा ढोला, तवलाको धुनमा भगवानका गीत गाएर घरपिच्छे अबिर लगाउँदै पर्व मनाउने गरिन्छ । ‘बिहे र सन्तान भएको घरकाले फगुवालाई होलीका मौकामा विशेष भोजनसमेत गराउने चलन पनि छ’, जोराले भने, ‘परम्परागत होलीलाई संरक्षण एवं सम्वद्र्धनका लागि जोड दिनुपर्छ ।’

यो पनि…
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली
लाग्यो ‘होेली’ लागेन फागु गीतको धुन



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०