आज कुन फलफूल र तरकारीको मूल्य कति ? [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज चैत ३ गते बिहीबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ ५० पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ३९ रूपैयाँ २० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २३ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य १३ रूपैयाँ, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ६६ रूपैयाँ ६७ पैसा, मटरकोशा ४६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १३० रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
यो पनि…
चिन्ता कम गर्न व्यायाम प्रभावकारी
यसरी बढ्दै छ हृदयाघातको जोखिम


