English

बालबालिकाको इम्युनिटी पावर बढाउन यी कुरामा ध्यान दिनुहोस्



इम्युनिटी सिस्टमको कुरा गर्दा खाना, व्यायाम, उमेर र मानसिक तनाव लगायत धेरै कुरा जोडिन्छ । जीवनशैली तथा खानपानको प्रत्यक्ष प्रभाव इम्युनिटी सिस्टममा पर्छ ।

बालबालिकाको इम्युनिटी पावर बढाउनको लागि अभिभावकहरूले धेरै कुरामा ध्यान दिन जरुरी देखिन्छ । बालबालिकालाई कस्तो खाना दिने, कति समयको फरकमा दिने र कति मात्रामा दिने भन्ने कुरा ध्यान दिनुपर्छ ।

ठूला व्यक्तिको तुलनामा बालबालिकाको इम्युनिटी पावर कम हुन्छ । जस कारणले गर्दा बालबालिका बढी बिरामी हुने गर्छन् । बालबालिकालाई हामीले खाना त खान दिइरहेका छौं तर उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको छैन भने उनीहरूको शरीरलाई चाहीने पोषण तत्त्व नपुगेको पनि हुन सक्छ ।

एकै प्रकारको खानेकुरा धेरै मात्रामा दिनुभन्दा पनि धेरै प्रकारका खानेकुरालाई समेट्न सकियो भने बालबालिकाको शरीरलाई चाहीने पोषण पुग्न सक्छ । शहर बजारमा बस्ने बालाबालीको रोग प्रतिरोधात्मक क्षमता गाउँको बालबालिकाको भन्दा कमजोर हुन सक्छ । किनकि शहरका बालबालिकालाई धेरै जंकफुड र मैदा जस्ता एउटा खाद्य वस्तुको प्रयोग गरेर धेरै भेराईटी बनाएको खानेकुरा दिन्छौं ।

इम्युनिटी पावर बढाउने उपाय
बालबालिकाको इम्युनिटी बलियो बनाउनको लागि बच्चाले ६ महिनासम्म खाएको आमाको दूधको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । यो अवधिमा आमाको दूधको साटो प्रशेस्ड दूध पिएको छ भने उसको इम्युनिटी पावर आमाको दूध पिएको बच्चाको तुलनामा कम हुन्छ ।

त्यसैले ६ महिनासम्मको शिशुलाई आमाको दूध मात्र दिनुपर्छ । शिशुलाई चाहिने सम्पूर्ण पोषण तत्त्व र रोगसँग लड्ने क्षमता आमाको दूधमा नै हुन्छ । स्तनपान ले आमालाई स्तन क्यान्सरको जोखिमबाट बचाउनुको साथै तौल नियन्त्रण गर्न पनि मदत गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले खानालाई अन्न तथा कन्दमूल, गेडागुडी, दूध तथा दुग्ध पदार्थ, माछा र मासु, अन्डा, भिटामिन ‘ए’ पाइने पहेँला फलफूल र हरिया सागपात, अन्य फलफूल तथा तरकारी गरी सात समूहमा विभाजन गरेको छ ।

हरेक छाकमा यी सात समुहको खाना मध्ये कुनै चार समूहका खाना खाँदा आवश्यक पोषण पूर्ति हुने सुझाएको छ । त्यसैले बच्चाको दैनिक खानामा कम्तीमा पनि चार समूह समावेश हुनु पर्छ ।

खानाको प्रकारसँगै खानाको मात्रामा पनि ध्यान दिन जरुरी छ । त्यसैले ६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधका साथै दिनमा कम्तिमा ३ पटक थप खाना खुवाउनु पर्छ । ९ देखि १२ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा कम्तिमा ३ पटक पूरक वा थप खाना र एकपटक खाजा खुवाउनु पर्दछ । खाजामा फलफूल र अण्डा जस्ता खानेकुरालाई समावेश गर्नु पर्दछ ।

१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा कम्तिमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ । त्यसको साथै बालबालीकाको दैनिक खानामा प्रसस्त मात्रामा फलफुल तथा हरियो सागसब्जि पनि समावेस गर्नु पर्छ ।

ध्यान दिनुपर्ने कुराहरू

आजभोलि अभिभावकले बालबालिकालाई खाजाको रूपमा धेरै जङ्क फुडहरू दिइरहनु भएको छ जसले बालबालिकाको इम्युनिटी सिस्टममा प्रत्यक्ष असर गरिरहेको हुन्छ । त्यसैले बालबालिकालाई जंकफुडको साटो खाजामा फलफूल तथा घरमा बनाएको खाजा दिनुपर्छ ।

बालबालिकालाई पोषणयुक्त खानेकुरा मात्र दिएर हुँदैन उनीहरूलाई उचित मात्रामा शारीरिक गतिविधिमा संलग्न पनि गराउनु पर्छ । उनीहरूको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । यसका साथ साथै बालबालीकालाई उमेरअनुसार सम्पूर्ण खोप पनि दिनु जरुरी हुन्छ ।

यो पनि…
जान्नुहोस् बिहान उठ्ने सही समय र यसका फाइदाहरू
चिन्ता कम गर्न व्यायाम प्रभावकारी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।