English

होली मनाउनुस्, संयमित हुनुस्



होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोर होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको बताउँछन् ।

३५ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौं जिल्लामा मात्र एक हजार ७०० को संख्यामा प्रहरी परिचालन गरिनेछ । त्यस्तै, ललितपुरमा ६०० भन्दा बढी र भक्तपुरमा ४०० भन्दा बढी प्रहरी परिचालन गरिने प्रवक्ता एसपी राठोरले बताए ।

उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा परिचालन गरिनेछ । ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उनको भनाइ छ ।

प्रत्येक प्रहरी वृत्त, प्रभाग, प्रहरी चौकी, बिट लगायतमा समेत आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन् ।

प्रत्येक जिल्लाले आ-आफ्नो सुरक्षा योजनासमेत बनाएको उनको भनाइ छ । ‘प्रत्येक प्रहरी वृत्त, प्रभाग, प्रहरी चौकी, बिट लगायतमा समेत आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन्,’ एसपी राठोरले भने, ‘त्यसका लागि महानगरीय प्रहरी कार्यालयसँगै प्रत्येक परिसरबाट पनि प्रहरी परिचालन हुनेछन् ।’

त्यस्तै तीन सयभन्दा बढी ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिनेछन् । यो नियमित परिचालन गरिने प्रहरीभन्दा थप संख्यामा होली लक्षित गरेर मात्र खटाइने उनको भनाइ छ ।

अभद्र व्यवहार गरे मुद्दा

विगतका केही वर्ष कोरोना महामारीका कारण होली पर्व पनि खुम्चिए पनि यो वर्ष भने सबैले हर्षोल्लासका साथ मनाउने हुँदा त्यही आधारमा सुरक्षा योजना तयार भएको एसपी राठोरले बताए ।

सबै जिल्लाका प्रहरी प्रमुखसँग बसेर सुरक्षा योजना तयार पारिएको र प्रत्येक जिल्लाले छुट्टा छुट्टै सुरक्षा योजनासमेत तयार पारेको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाई सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्नेछ । गत वर्ष होली पर्वको बेला मात्र काठमाडौं उपत्यकामा ४७ सवारी दुर्घटनामा परेका थिए । यो वर्ष भिडभाड बढी हुने र सोही आधारमा बढ्ने सक्नेतर्फ लक्षित गरेर ट्राफिक प्रहरीले समेत योजना बनाएको उनको भनाइ छ ।

गत वर्षकाे होलीमा होहल्ला गर्ने, उच्छृङ्खल गतिविधि गर्ने १ सय ९८ जनालाई नियन्त्रण लिइएको थियो । यो वर्ष त्यस्ता गतिविधि थप बढ्ने सक्नेतर्फ सचेत हुँदै सोही आधारमा सुरक्षा योजना तयार पारिएको उनको भनाइ छ ।

सामुदायिक प्रहरीमार्फत माईकिङ गर्ने, कोरोना महामारीको प्रकोप कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्ने जस्ता काम पनि गर्छौं ।

पारिवारिक हिसावमा होली पर्व मनाउन सबैमा अनुरोधसमेत गरे । होलीको नाममा होहल्ला गर्ने, जबरजस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारवाही गरिने बताए । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने उनको भनाइ छ ।

प्रहरीले यसका साथै जनचेतना फैलाउने काम पनि गरिरहेको उनले बताए । सामुदायिक प्रहरीमार्फत जनचेतना फैलाउने काम पनि भइरहेको उनको भनाइ छ । ‘सामुदायिक प्रहरीमार्फत माईकिङ गर्ने, कोरोना महामारीको प्रकोप कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्ने जस्ता काम पनि गर्छौं,’ उनले भने ।

यो पनि…
खुसी साटासाट गरी मनाइँदै होली
होली पर्व सुरु



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।