English

शरीर मोटो बनाउन जहाँ पिउँछन् रगत



संसारका विभिन्न जंगलमा यस्ता धेरै जनजाति बस्छन्, जसले आफ्नो पुरानो परम्परालाई जोगाएर राखेका हुन्छन् ।

कुनै परम्पराहरू यति अनौठो हुन्छन् कि उनीहरूको बारेमा थाहा पाएर मानिसहरू अचम्ममा पर्छन् ।

इथियोपियाको जङ्गलमा बस्ने एउटा अनौठो जनजातिको बारेमा बताउन गइरहेका छौँ तपाईं यो सुन्दा छक्क पर्नुहुनेछ । कि यहाँ मोटो पेट भएका पुरुषलाई सबैभन्दा बढी सम्मान गरिन्छ ।

इथियोपियाको ओमो उपत्यकाको भित्री जङ्गलमा बसोबास गर्ने जनजातिका पुरुषहरूले आफ्नो पेट बढाउनका लागि गाईको रगत पिउने गर्छन् । यहाँका पुरुषहरूले बोसो बढाउन र आफ्नो पेट बढाउन कडा परिश्रम गर्छन् ।

मोटो पुरुषहरूलाई यो जनजातिमा सुपरस्टारको दर्जा पाउँछन् ।

यहाँका मानिसहरले गाईको दूधसँगै गाईको रगत पिउने गर्छन् । गाईको रगत पिउनका लागि गाईलाई मार्दैनन् तर शरीरको कुनै नसा काटेर त्यहाँबाट रगत निकाल्छन् ।

यहाँ बेला बेलामा प्रतियोगिता पनि हुने गर्छ । उनीहरूले ६ महिना अगाडिदेखि नै यस प्रतियोगिताको तयारी शुरु गर्छन् । यस अवधिभरि उनीहरूले कुनै पनि महिलासँग अवैध सम्बन्ध राख्न पाउदैन् ।

यस प्रतियोगितामा सारा दिन गाउँका अगाडि आफ्नो मोटो शरीर देखाउँछन् । जसको मोटो शरीर र तौल बढी हुन्छ, उसले प्रतियोगिता जित्छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको